छाउपडी प्रथा अन्त्य गर्ने हो ? महिला होइन, पुरुषको चेतना बढाऔं

        सोविता रिसाल   |   प्रकाशित मितिः शनिबार, असार २३, २०७५     ::: 33 पटक पढिएको   |  

सुर्खेतको छाउगोठमा फेरि अर्की किशोरी बलत्कारमा परिन् । देवताको बाहाना बनाएर छोरीलाई छाउ बार्न गोठ पठाएका बा-आमाको मनमा घटनापछि के चल्यो होला रु छरछिमेकले के भने होला रु समाजले के भन्यो रु जान्ने, सुन्ने भनिएका शिक्षक, नेता, समाजसेवीले के सोचे कुन्नी रु हुर्कंदी छोरीलाई जानीजानी नर्कमा पठाउनु पर्दाको पीडा महसुस गर्‍यो कि गरेन होला तिनको मनले रु

१७ दिन मात्रै भयो । अछामका एउटी किशोरीलाई छाउ गोठमा नै गुमाएको । एसईई दिएर बसेकी एउटी किशोरीका रहरहरु छाउगोठमा सकिए । सपनाहरु खरको सानो झुप्रो भित्रै बिलाए । लाग्नेहरुलाई त लाग्यो होला, यो त सामान्य कुरा हो । छाउगोठमा बसेका एकाध दुई बलत्कारमा पर्छन् । एकादुई मर्छन् । यो नौलो विषय होइन । नेता, गन्यमान्य, समाजसेवी, धामी यिनिहरुलाई सामान्य लाग्यो होला । सबैलाई नौलो नलाग्ने तर बारम्बार दोहोरिने यस्ता घटनाले मन पोलेको छ । साँच्चिकै पोलेको छ । तर मेरो मन पोलेर के रु जसको मन पोल्नुपर्थ्यो , उनीहरुको पोलेको भए पो ।

गत वर्षको मध्य माघको चिसोमा सुदुरपश्चिम पुगेकी थिएँ । घाम डाँडामाथिबाट झर्दै थियो । साँझ साँझको समय । स्यालाखेतको सानो बस्ती । बझाङको सदरमुकाम चैनपुरबाट मात्रै २ किलोमिटर टाढा । आएको बेला घुमौ न गाँउ १ त्यहि सोचर गाँउ पसें । ढुङ्गै, ढुङ्गाको गद्र्‍यान । बाटोमा आफ्नै बाटो बनाएर पानी बगिरहेको थियो । पहाडको काखैमा थुपुक्क बसेको बस्ती । बडो सुन्दर । तर, बस्तीको काखमा बसेका महिलाहरुको पीडा फुकाएरै नसकिने खालको ।

एउटी महिला लुसुक्क गोठमा पसिन् । कसैले देख्ला कि झैं गरेर । गुन्द्री तल झारिन् । सानो गोठ । झ्याल छैन । त्यहीमाथि गुन्द्रीको बारले छेकेपछि भित्र कति अँध्यारो भयो होला, उनै जानुन् । गोठभित्रका उनको जीवन र मनभित्रको जलन जान्ने इच्छा भयो । साथमा जिल्लाका केही क्रियाशील महिला पत्रकार साथीहरु हुनुहुन्थ्यो । गोठतिरको बाटो सोझ्याएका मात्रै थियौं, एउटी आमाले भनिन् कता हिँडेको रु छाउ गोठ भनिकन गया हौला, होइन रु

ती आमामात्रै होइन, अरु दुई महिला पनि पछिपछि आए । हिजोआज पहिलेजस्तो छैन, छोरी चेली गोठमा बस्दैनन् । घरैमा बस्छन् उनीहरुले यसै भने । अरे १ आँखै अगाडि किन झूटो बोले उनीहरुले रु मैले बुझिनँ । तर, यतिचाहिँ बुझें कि महिनावारीका समयमा गोठमा बस्नु राम्रो होइन भन्ने उनीहरुले राम्रोसँग बुझेका छन् ।

महिनावारी प्राकृतिक प्रक्रिया हो, योविना सृष्टि धानिँदैन । यो पनि थाहा छ । महिनावारीका बेला गोठमा बस्ने कुरा लज्जाको बिषय हो । अब पनि गोठमा बस्दा, छोरी, बुहारीलाई गोठमा बसाउँदा लाजैमर्नु हुन्छ भन्ने सबैलाई थाहा छ । त्यसैले उनीहरु आफूहरु गोठमा बसेको खुलेर सुनाउँदैनन् । तर, गोठमा बस्न पनि छोड्दैनन् ।

यस्तो अँध्यारो कोठमा एक्लै बस्न गाह्रो हुँदैन रु आगो फुक्दा, फुक्दै डल्ली धामीले भनिन् क्यार्नु चलनै यस्तो १ नबस्न पाए त हुनी हो धामीले मान्दैनन् । ३९ बर्षकी उनले झण्डै २५ बर्षदेखि महिनाको ५ दिन गोठमा बिताउँछिन् ।

बाटै छेउको सानो गोठमा भेटिइन् सम्झना धामी । उनको ९ महिनाको छोरा रै’छ । छोरालाई नै च्यापेर कयौं रात यही गोठमा बिताएकी छन् उनले । १२ कक्षा पास गरेकी छन् । शुरुमा त खुलिनन् । भनिनन् महिनावारी हुँदा गोठ जान्छु । तर, यर्थाथ कतिञ्जेल लुकोस् र रु

ओदो ९चिसो० आउने गोठमा रात गुर्जानको पीडा खोल्दै गइन् । कहिलेकाँही त त्यही गोठमा ३र४ जना हुन्छन् । कहाँ सुत्नु नि १ अनिँदो जान्छ रात १ टुसुक्क बसेरै । खोर जस्तो ठोमा बस्न नि काँही सजिलो हुन्छ रु पछि खुल्दै गइन् ।

गोठमा रात गुर्जान जति मुस्किल, गोठ जान्न भनेर बिद्रोह गर्न झन् गाह्रो । जमाना कहाँ पुगिसक्यो । यो वैज्ञानिक युगमा छुई हुँदा गोठमा बस्छु भन्न त अहो झन् मुस्किल । रेडियो, टीभीले महिलाहरुका संघर्ष र सफलताका कुराहरु सुनाइरहन्छ । आफ्नो बस्तीमा महिनावारी हुँदा घरसम्म बस्न पाइन्न । यस्तो लाजै मर्नु कुरा कसरी सुनाउनु बाहिरिया मान्छेलाई रु उनको कुरोबाट बुझे सत्य भन्न पनि मुस्किल लुकाउन त झन् मुस्किल ।

अछाम बान्नीगढी ६ जयगढका महिला सदस्य भेटिइन् मैसरा थापा । छाउपडीको गफ गर्न त गएकी थिइन् । प्रसंगवस सोधें । महिनावारी हुँदा कहाँ बस्नुहुन्छ रु घरमै बस्छु म त । वडाअध्यक्ष र अरु सहभागी मुसुक्क हाँसे । सायद पत्याएनन् । उनलाई पनि मुस्किल भयो । गोठमै बस्छु त कसरी भनौं रु झूठो बोल्दा सुहाएन ।

हिजो आज त फेरिएको छ । धेरै महिला घरै बस्छन् । खाना पकाउदैनन् । बाहिरको काम गर्छन् । देवता छुँदैनन् । गोठमै बस्ने पनि सफा सुग्घर भएर बस्ने गरेका छन् । उनले सकेसम्म छाउपडी हटिसकेको आभाष दिलाउन खोजिन् ।

जनप्रतिनिधिको यो ढाकछोप धेरैबेर टिकेन । जब सपना शाहले महिनावारीका हरेक रात गोठमा बिताउने गरेको सुनाइन् ।

कति दिन बस्नुहुन्छ नि गोठमा ?

५ दिन ।

कति टाढा छ गोठ ?

१० मिनेट ।

आम्मा‘। ९म आत्तिएँ० १० मिनेट ?

होइन ५र६ मिनेट लाग्ला ।

उनले पनि फेरि ढाँट्न खोजिन् । सोधें-घरमै बस्न मन लाग्दैन ?

लाग्छ त के गरौं रु देवीदेवता रिसाउँछ भन्छन् ।

१९ बर्षकी यिनलाई गोठमा जान मन लाग्दैन । कहिलेकाँही त लाग्दो रै’छ विद्रोह गर्दिम् । तर, फेरि डर लाग्छ । केही भयो भने रु देवीदेवता रिसाए भने ? धामीले के भन्लान् रु मुख्य डर त धामीको छ ।

टोल, टोल वा गाउँमा धामी हुने । उनले भनेको मान्नुपर्ने । स्यालाखेतको सानो बस्तीमा पनि भेटिए धामी ।

तपाईहरुको नि आफ्नो काम होला । हामी नि धर्मअनुसार आफ्नो काम गर्छौं । तपाईहरु आफ्नो काम गर्नुस् । तर, हाम्रा मूल्य मान्यता हाम्रै ठाँउमा छन् । उनले मीठो बोलीमा सिधै भने- छाउ हुँदा घरमा बस्न मिल्दैन । उनीसँग धेरै के गफ गर्नु रु के सोध्नु यो भन्दा ?

बल्ल बुझें दिदीबहिनीहरुको मुस्किलको जड । सरकारी, गैह्रसरकारी संस्था र सञ्चार माध्यमले दिनदिनै महिनावारीको महत्वका बारेमा जानकारी दिँदै छाउलाई कुप्रथाका रुपमा व्याख्या गरिरहन्छन् ।

किशोरी, महिलाहरुलाई बारम्बार तालिम दिइएको छ । महिनावारी प्राकृतिक प्रक्रिया हो । यो लाजको कुरा होइन, गर्वको विषय हो । बरु छाउगोठमा बस्नु लाज हो । फेरि उता धामीहरुले धम्कीसहित भन्छन्, महिनावारी हुँदा छोईछिटो गरे पाप लाग्छ । सत्यानास हुन्छ । सर्पले टोक्छ । बंशै सकिन्छ । कूलदेवता रिसाउँछन् । केके हो, केके । त्यसैले महिलाहरु धामीका अघि न छाउगोठको बिरोध गर्न सक्छन् । न हाम्राअघि छाउ बार्छु भन्न सक्छन् । किनकि बाँच्नु त फेरि उही समाजमा छ ।

छाउगोठमा बलात्कार र सर्पको टोकाइबाट मृत्यु भएका खबरहरु आएपछि लाग्न थाल्छ । महिनावारीको महत्व र सचेतना महिलाहरुलाई होइन । धामीहरुलाई दिनुपर्छ । न्यायाधीशजस्तै मानिएका धामीहरुको बिचार नबदलिएसम्म छाउपडी अन्त्य हुँदैन । होइन भने छाउमुक्त गाउँहरुमा किन फेरि छाउगोठ बनाइए रु छाउमुक्त भनिएका गाउँका छाउघरमा किन हाम्रा छोरीबुहारी बलात्कृत हुन छोडेनन् ?

किनकि त्यो गाउँका जान्ने(सुन्ने भनिएका धामीले कुरा बुझेनन् । उनीहरुले स्वीकार गर्न सकेनन् महिनावारी प्रक्रिया र यसको महत्व । छोड्न सकेनन् परम्परागत सोच । रुढीवादी परम्परा ।

महिलाहरु, जनप्रतिनिधि राति गोठमा अनिँदो बसेको आँखा लिएर बिहानै किन ढाँट्न बाध्य भए म छाउ बार्दिनँ भनेर रु किनकि उनलाई थाहा छ, छाउ बार्नु गलत हो भनेर । तर, गोठ जान किन छोडेनन् रु किनकि उनीहरुलाई यो पनि थाहा छ, छाउ हुँदा घरै बसे देवता होइन, धामी रिसाउँछन् । यसैले परिवारमा भाँडभैलो हुन्छ । धामीले के भन्छन् ? अनि छरछिमेकी र समाजले के भन्छ रु यसै पनि महिलाहरु चाहँदैनन् परिवारमा नराम्रो होस् ।

छाउपडी अन्त्यमा सरकारी, गैह्रसरकारी करोडौं रकम सकिएको छ । तर, समाज सोचे अनुरुपले सुधारिएन । कारण हामीले गन्यमान्य र पुरुषहरुलाई कम तालिम दियौं, उनीहरुको प्रतिवद्धता कम लियौ । जति महिलाहरुलाई दिएका छौं । त्यसैले अहिलेसम्म भएका गल्ती नदोहोरिन एउटा फरक अभियान चलाउनुपर्‍यो ।

नियममा बाँधेर हुन्छ वा कडा कानुन बनाएर वा चेतनाको स्तर बढाएर पहिले धामीहरुले मनैदेखि स्वीकार गर्नुपर्छ कि महिनावारी पापको विषय होइन । सायद समाजका गन्य मान्य र धामीहरुले यो कुरा स्वीकार गरे भने प्रत्येक महिना केही थान कपडाको पाको बोकेर गोठ दौडिने क्रम अन्त्य होला । र, आउन छोड्ला छाउगोठका दर्दनाक कथा । होइन भने अझै कति बर्ष हामीले यस्तै समाचार लेख्न र पढ्न पर्ला ?





Leave a comment

Your email address will not be published.


*