सपनाको ‘मादलु बज्यो’ तिज गित सार्वजनिक

          |   प्रकाशित मितिः आइतवार, असार २४, २०७५     ::: 59 पटक पढिएको   |  

दैलेख असार २४ ।
छोटो समयमै निकै चर्चामा आएकी दैलेखी गायिका सपना शाहीको यसपालिको तिज गित ‘मादलु बज्यो’ सार्वजनिक भएको छ । नेपाली तिज गितहरु बजारमा सार्वजनिक हुने क्रम जारिरहेको बेला गायिका शाही र उनकी बहिनी नवगायिका प्रतिमा शाहीको प्रस्तुतीमा गित सार्वजनिक भएको हो । ‘रुनपरेपछी’ एल्वमको मार्मिक गितबाट सांगितिक क्षेत्रमा पाईला टेकेकी सपनाले अहीलेसम्म तीन दर्जन जति लोकप्रिय गितहरुमा आवाज दिईसकेकी छन् । यस भन्दा अघिपनि चर्चित तीज गितु ‘दामि दामि मैयाँको, झक्कास झक्कास नाचो’ गित मा पनी चर्चा बटुलेकी थिइन ।
त्यस्तै उनले धिरेन्द्र शाहीको सहकार्यमा देउडा गित ‘तीनचुलीका अग्ला शिर’, ‘रातै भयो कर्णालीको बाटो’ एल्बमका गित सार्वजनि भएका छन् । यस्तै गित सार्वजनिकको क्रममा उनले दैलेखलाई चिनाउन सफल लोक पारखि गितहरु बजारमा ल्याएको उनको दावी छ । सत्यवति फिल्म मिडियाद्वारा निर्मित उदितराम खड्काको निर्देशन, सपना शाहीको सम्पादनमा रहेको उक्त गितमा निरुता शाही र रुविना अधिकारीको कम्मर मर्किएको छ ।





Leave a comment

Your email address will not be published.


*