जनप्रतिनिधिको आत्मसमीक्षा

        हिम वली   |   प्रकाशित मितिः बुधबार, असार २७, २०७५     ::: 751 पटक पढिएको   |  

एक वर्ष भित्र ‘के पायौ, के गुमायौ’

–हिम बहादुर वली–

लामो प्रतिक्षा, नयाँ संरचना, उच्च महत्वकांक्षा, ठुल्ठुला सपना र अति क्रान्तिकारी भाषण अघिल्लो वर्ष अर्थात २०७४ वैशाख को शुरुवातसंगै चुनाव वर्ष भित्रीयो । यिनै हुकार बोकेर स्थानिय सरकारको अनुभूतिको “प्रारम्भिक चरण जनताको लहर” आफ्नो पोल्टामा कसरी पार्ने अनि त्यो लहर आफ्नो चुनावी वाकसमा कसरी सुरक्षित अवतरण गराउने मतको माध्यमवाट यहि दाउपेचमा थिए सवै राजनैतिक दल र उम्मेदवारको भुमिका । चरण–चरणमा तोकियो चुनाव, कोहिले लामो समय कुर्नु प¥यो कोहि वैशाख ३१ मै निर्वाचित भए, कोहि फेरि प्रयास गर्ने संकल्प साँचेर वाहिरिए, मानौ अहिले चलिरहेको विश्वकप फुटबस जसरी ।
यहि परिस्थितिको एउटा पात्र म केही नयाँ अनुभव केही नयाँ अनुभूति माथि उल्लेखित सवै प्रतिनिधिमुलक विषयको सार वोकेर उभिएको एक पात्र वैशाख ३१ को पहिलो चरणको स्थानिय वल्र्डकपमा शिल्ड उच्चाल्न उभिएको म । परिवर्तन विकास, सुशासन सहितको अग्रगामी एजेन्डालाई पास गराउने र आफ्ना महत्वकांक्षी सपनाको पोका खोल्दै यो स्थानिय तहको निर्वाचनको प्रत्यक्ष मैदानमा हुने दौडमा सामेल एक धावक । वैशाख ३१ पछि त्यो दौडमा जनताको वलवुताले पार लागेको पात्र हुनुका नाताले निर्वाचन प्रकियामा सामेल हुने ती सवै लोकतन्त्रका वफादार सिपाईप्रति सम्मानको स्यालुट अर्पण गर्दै यो एक वर्षको लामो अवधिमा आफुले अनुभव र अनुभूति गरेका कुरा सहित आत्म समीक्षा राख्न चाहान्छु ।

विषय प्रवेश

यो स्पष्टीकरणको आलेख होईन अनुभुतिको संगालो हो । यो कुनै सिद्धान्तको रटान होईन अनुभवको सुस्केरा हो । यो आरोप प्रत्यारोपको श्रृङखला होईन सामाजिक मनोविज्ञानको खण्डहरु मात्र हो । मानौ मेरो निजि विचार । म शुरुमै प्रतिवद्धता व्यक्त गर्न चाहान्छु र क्षमा याचना पनि । प्रतिवद्धता यस कारण कि म कुनै तुच्छ वाद विवादमा उत्रने प्रयास गर्ने छैन तथापि कसैलाई यस्तो लागेको खण्डमा माफ पाउँ । मैले सुरुमै भनिसके निर्वाचनमा हामी दुई प्रकारले सामेल भयौ । एक निर्वाचित हुने आशले र अर्को निर्वाचित गराउने ध्येयले । यसो किन ग¥यौ, यो समिक्षाको विषय बन्दैन यो त लोकतन्त्रको मुल मर्म हो । समिक्षाको विषय त हामी दुवै पक्षको ध्येय के कति पूरा गरिउ वा वाँकि छन् ? हामि दुवै ती पक्ष जो निर्वाचनमा सामेल भयौ । हाम्रो मनले के भन्छ अथवा आत्म सन्तुष्टिले मन भरियो या अन्तरकुन्तर खालि छ ।
्आज समिक्षा यहिबाट सुरु गर्ने एउटा समय प्राप्त भएको छ । हो म आज एउटा जनप्रतिनिधिको तर्फवाट जनताको अभिमतको कदर गर्दै जनप्रतिनिधिको नजर वाट जनप्रतिनिधिको काम अथवा आफ्नै आँखाले आफ्नो कामको समीक्षा स–विस्तार गर्न चाहान्छु । किनकि हामी जवाफदेहिताको एउटा नमुनाको सुरुवात गर्नै पर्ने मोडमा छौ आफ्ना कमजोरी लुकाएर वा आफ्ना कमजोरिको पोका अरुकै हो भनेर पार पाउने अवस्थामा छैनौ किन कि यो समय कमजोरिवाट पाठ सिक्ने र राम्रा पक्षको वढवा दिने महत्वपुर्ण समयको आँगनमा हामिले पाईला टेकेका छौ । म यिनै सन्दर्भहरु नागरिक अदालतकोे कठघरामा उभियर राख्न चाहान्छु । वहुत धेरै सुनियो, पढियो र भोगियो यो भएन उ भएन, यी धेरै कुरामा आंशिक सत्य पनि छ र त्यसको समर्थन गर्दै यी कुरा पेश गर्दछु ।

सम्मानको दौड, आलोचनाको अनसन ।

दुनियाँ सम्मानको भोको छ । मानिस सम्मानका लागि मरिहत्य गर्छ । यो मानव स्वभाव हो । भनिन्छ मानिसका दुई कान सम्मानका कुरा सुन्न लालायित            छन । तर तिनै कान आलोचनाको आ समेत सकेसम्म सुन्न चाहाँदैनन् । हो यो मनोविज्ञान हामी जनप्रतिनिधिको मानसपटलमा पनि चट्टान जस्तो गरि उभिएको छ । हामी प्रशंसा को भोको भयौ तर आलोचना पचायर शक्ति आर्जन गर्ने संस्कारको विकास गर्न सकिनौ । स्वस्थ्य आलोचनाले स्वस्थ काम गर्ने शैलीको विकास हुन्छ भन्ने सिद्धान्तको अनुसरण हाम्रा लागि बिष भयो । हामी प्रशंसाको प्राप्तिको दौडमा सामेल हुने हतारोले आलोचनाको पाटोलाई अनसन वसेसरि छोडेर हिड्यौ यो हाम्रो सुधार्नै पर्ने पक्ष हो ।

हामीले कार्ययोजना बनाउने प्रयास गरिनौ

एक बर्ष जबरजस्ती सिङौरी खेलेर बितायौ । हामी के गर्छौ, कसरी गर्छौ, कुनै योजनानै नबनाएर । म दाबस् गरेर भन्छु सायद कुनै स्थानिय तह नहोला हामी कुन महिना के काम गर्छौ, भनेर स्पष्ट योजना बनाएर अगाडि बढेको । कसैले गरेको भए त धन्यवाद । हो यसले पनि नागरिकको तहवाट हामी प्रति राखेका आपेक्षा पूरा नभएको हुन सक्छ । सँस्कृतमा एक श्वोकले भन्छ “ञअमन्त्रम अक्षर नास्ति नास्ति मुलो मनोधसौ अ योग्य पुरुष नास्ति योजक अस्त्र दुर्वलझ” मतलब के भने “कुनै अक्षर छैन जसबाट मन्त्र नबनोस कुनै बिरुवा जरो छैन कि जो औषधी नबनोस र मानिस पनि अयोग्य छैन सब योग्य सावित हुन सक्छन तर अयोग्य त एउटा कुसल योजनाको अभावमा मात्र हुन्छ ।” हो हामी यहि सेरिफेरिमा छौ र त नयाँ अनुभूति दिन सकेका छैनौ र त आज पनि मिडियामा आईरहेछन् असार सकिन लाग्दा विकास वजेट सकिने क्रम तिव्र छ । यो अर्को सुधार्नै पर्ने पक्ष हो ।

हामी सार्वजनिक बन्न सकेनौ दललाई प्रसय दिन खोज्यौ

निर्वाचनको बेला हामी दलका उम्मेदवार नै हौ तर अहिले सार्वजनिक पद धारण गरेका छौ । हाम्रो नजरमा अबको कुन पाटीको हो । को कुन पाटिको हो भन्ने धारणा मेटिनै पर्ने हो तर यसमा हामी ले परिवर्तन गर्न सकेनौ । हामी हाम्रा मन र व्यवहारमा परिवर्तन गर्न चुक्यौ । आफ्ना मान्छे भर्ति गर्ने, आफ्ना कार्यकर्ता बढी भएको ठाँउमा बजेट वढि हाल्ने, उपभोक्ता समितिमा आफ्ना कार्यकर्तालाई जिम्मा दिने परम्परागत राजनैतिक संस्कारमा परिवर्तन गर्ने हिम्मत गरेनौ । जसले आर्थिक तथा सामाजिक सुशासनमा खलल प¥यो । यसले सामाजिक द्वन्द्व बढ्ने खतरा छ । यो पक्ष हामिले सुधार्नै पर्छ । हामी हिजो कसैको थियौ अब साझा बनौ ।

हाम्रो पनि गुनासा छन् हामी भन्न चाहान्छौ

हामीसंग अन्य धेरै अपेक्षा राख्ने जमात छ, त यो स्वभाविक हो । आफ्ना साझा समस्या र सवालको पैरवी र समाधानका लागि आशा छ । आफ्ना प्रतिनिधिसंग यस्तै आशा र आपेक्षाको ओईरो लाग्नु अन्यथा होईन । तर समय अलि बदलिएको जस्तो लागेको छ । विकास कसको लागि ? कसैले भन्यो भने हाम्रो लागि भन्दा मेरो लागि भन्ने अभिमत वढ्दै छ । सडक मेरो घर छेउमै हुनु प¥यो । पानी मेरो आँगनमै हुनु प¥यो ।

उपभोक्ता समितिमा मै हुनु प¥यो । आज सामाजिक समस्या भन्दा व्यतिगत मागहरुको चाङ जनप्रतिनिधि टेबुलमा र कानमा गुन्जिरहन्छन । हामी व्यक्तिवाद भन्दा सामुहिकतामा विश्वास गर्छौ र गरौ । समाज परिवर्तनको दिशा साझा वनाउ । समाजमा परिवर्तनलाई अत्यन्त महत्व राखौ । तपाईं हाम्रा व्यक्तिगत रहर, चाहाना तथा ईच्छा गौण राखेर अगाडि वढौ एक आमा र श्रीमती चित्कार ठुलोकुरा होईन समाजमा हजारौ आमाका पीडा र दुःख उस्तै छन् ती पिडामा मलम लगाउने तपाईं हाम्रै दायित्व हो ।

आर्थिक पिरलो

समाज सेवाको ठुलो हुटहुटि वोकेर निर्वाचनमा सामेल हुने लहर समाज परिवर्तनका लागि रहर बनेर लागे । कोई जागिर छोडेर लागे कोहि व्यापार छोडेर लागे कोई रहरले लागे कोई अलिअलि आश वोकेर पनि लागे होलान तर सफेद मन वोकेर लागेकाहरुका हकमा यो पिरलो को कुरा गर्न मन लाग्यो । आर्थिक संकटवारे यो सन्दर्भ ती नपयत खराव मन वोकेर जनप्रतिनिधिको खोल भित्रवाट नकाम गर्नेहरुको पक्षमा होईन यो जनप्रतिनिधिको कारण परिवारिक जिन्दगीमा संकट व्यहोरेकाको हकमा मात्र हो ।

दशैमा आफुसंगका साथिहरुले सुटवुट ठोकेर घर आउँदा रिमझिम वाटा चप्पलमा फिता फेरेर दशै धान्ने हरुकोहकमा हो पीडा हो । नेता ज्यु चिया खाउ भनेर कसैले भन्दा पकेटमा रहेको पैसा सम्झेर भर्खरै चिया पिए अहिले नखाउ भन्ने अवस्थाको सामना गर्नेहरुको कथा हो । भलै उसले चिया पिएको २४ घण्टा वितेको होस । कसैलाई लाग्ला उसले किन पकेटको पैसा कसरी सम्झियो पकेटमा कति पैसा थियो । पकेटमा बिस रुपैयाँ थियो मानौ चियाको मूल्य प्रति गिलास १५, एक जना छ दुई जनाको पैसा तिर्दा ३० हुन्छ अब यस्तो बेला उ हिजो विहान खाएको चियालाई भर्खरै पिएको बाहाना किन नगराओस । यो उसको रहर होईन वाध्यता हो । यस्तो आर्थिक चंगुल एका तिर छ अर्को तिर जनप्रतिनिधिसंग कति न आर्थिक पोको छ भन्ने मनोविज्ञान छ । यस्तो मनोविज्ञानको अन्त्य हुनै पर्छ । म मेरो नजर ले भन्छु जनप्रतिनिधिसंग पैसाको पोका होईन नितिगत निर्णयको चाङ मात्र छ, भ्रममा नपरौ ।

अन्त्यमा

अन्त्यमा मेरो निष्कर्ष के हो भने सामाजिक हित तथा सर्वोपरि काममा विश्वास गरौ । विकास र सुशासनलाई मनवाटै प्रयोग गर्ने प्रयास सवैले गरौ सवैको साझा संकल्प, विश्वास, सकारात्मक काम र सुझाव र जनताका साझा समस्याको दिगो समाधान सहितको साझा विकासको रणनिति सहितको कर्म गरौ । बदलिनै पर्छ हाम्रा मन र व्यवहार, वदल्नै पर्छ सामाजिक कुरितिका तानावाना र तोड्नै पर्छ विकासका वाधा व्यवधानका चट्टान हरु, यहि पुस्ताले र यिनै प्रतिनिधि पात्रहरुले सहयोगको आवश्यक छ र त सवै एकताबद्ध बनौ । अनीमात्र वडा, गाउँ÷नगर, प्रदेश हुँदै समग्र मुलुक समृद्ध हुनेछ ।





Leave a comment

Your email address will not be published.


*