दिगो विकासमा ध्यानदिन सुझाव

          |   प्रकाशित मितिः शनिबार, असार ३०, २०७५     ::: 11 पटक पढिएको   |  

दैलेख(चामुण्डा )
दिगो विकासमा ध्यानमा राखि बजेट विनियोजन गर्न एक कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन । चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखले जम्बुकाँधमा सुझाव संकलनका लागि आयोजना गरेको एक दिने अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सुझाव दिएका हुन ।

शिक्षा, स्वास्थ्य, विद्युतिकरण, खानेपानी, पुर्वधार निर्माण र कृषिलाई प्रथामिकतामा राखी बजेट ल्याउने नगर प्रमुख सुर्यबहादुर शाहीले बताए । पुर्वाधार निर्माण तथा साङ्गेतडा–राँगाजुदे सडक निर्माण कार्य दु्रत गतिमा भएको उनले बताए । कृषिमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमहरु अघि सारिएको उनले बताए ।

उनले भने,– सिंचाई भए मात्र कृषि हुन्छ प्रचलन छ । सिचांईले मात्र कृषि उत्पादनलाई बृद्धि गर्न सकिन्छ भन्नु गलत हो ।’ चिउरी र जडीबुटी भिरपाखा उत्पादन गर्न सकिन्छ । के भिरपाखामा चिउरी र जडीबुटी लगाउदा सिंचाईको आवश्यकता पर्छ रु समग्र नगरको विकासका लागि सोच परिवर्तन हुनुपर्ने उनको भनाई छ । ‘कृषकहरु सुनको सिरानी हालेर नुनको खोजी छन ।’ उनले भने–

यसैगरी नगर उप–प्रमुख ताराकुमारी शाहीत्र ९खत्री० ले नगर समग्र विकासका लागि सोच परिवर्तन हुनुपर्ने बताईन । ‘तबसम्म सोच परिवर्तन हुदैन, ‘तबसम्म विकास हुन सक्दैन ।’ संरचना परिवर्तन भएपछि हालसम्म सो पुरानै रहेको उनको भनाई छ । जनप्रतिनिधिहरुले मात्र विकास गर्न नसकिने भएकाले सबैको सहयोगको आवश्यकता पर्ने उनले बताईन ।

शिक्षा, स्वास्थ्य, विद्युत खानेपानी, सडक र पुर्वाधार नै दिगो विकासको प्रमुख आधारमा हो । अन्य स्थानीय तहको तुलनमा चामुण्डाविन्द्रासैनीमा दुत्र गतिमा विकास भएको प्रंसशा गर्दै आगामी दिनमा हाल भएको विकास कसरी दिगो बनाउन तर्फ ध्या दिन आग्रह गरे । दिगो विकासका लागि उपभोक्ता समितिलाई ८० प्रतिशत मात्र भुक्तानी दिने व्यवस्था कायम गरिनुपर्ने बताए । ‘२० प्रतिशत नगरपालिकाले राख्नुपर्छ, ‘तबमात्र दिगो विकासको अवधारणा आउँछ ।’ उनले भने– नगर प्रमुख शाहीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पुर्व गाविस अध्यक्ष, उपाध्यक्ष तथा वर्तमान नगर सभा सदस्य एवम् नगर स्थित शिक्षक बुद्धिजिवि, विभिन्न सञ्जालको प्रमुख एवम् प्रतिनिधिहरु आ–आफ्नो सुझाव दिएका थिए ।





Leave a comment

Your email address will not be published.


*