बलात्कार र सामाजिक मानसिकता

          |   प्रकाशित मितिः शुक्रबार, भदौ २२, २०७५     ::: 31 पटक पढिएको   |  

तातो तराई–मधेश यतिखेर अर्को बज्रपातका कारण अझ तातिएको छ । महोत्तरीकी आठ महिनाकी बालिकाले बलात्कारपछि ज्यान गुमाउनु परेको विषय अहिले चर्चामा छ । आठ महिनाकी ती बालिकाको प्रारम्भमा अपहरण गरिएको अनुमान गरिएको थियो । पछि बालिका मृत अवस्थामा भेटिइन् । सृष्टिकी अबोध नया“ सदस्य, संसार बुझ्नै नपार्ई देह त्याग्न बाध्य भइन् । यो घटनाले नेपाली समाजलाई एकपटक फेरि झस्काएको छ । यस्ता जघन्य अपराध रोक्ने उपाय अवलम्बन गर्न सरकारलाई जनस्तरबाट दबाब पर्नुका साथै दोषीलाई दिइने सजाय थप कडा बनाउन कानुन निर्माणको आवश्यकता बोध भएको छ ।
महोत्तरीको यो घटनाकै समयमा देशभरि बलात्कार र यौन दुव्र्यवहारका थुप्रै घटना सार्वजनिक भएका छन्् । अझ कहालीलाग्दो अवस्था त नेपालको तराई–मधेश क्षेत्रमा रहेको पाउन सकिन्छ । पूर्वी होस् या पश्चिमी तराई, यस्ता घटना सबैतिर बढेको पाइएको छ । यी घटनाका माध्यमबाट नेपाली समाजको कुरूप, विक्षिप्त अनुहार एकपटक फेरि उदाङ्गिएको छ । नेपाली समाज अझै पनि पुरातन, परम्परावादी र धेरै हदसम्म असहिष्णु छ । जानकारहरू समाजशास्त्रीय भाषामा यो प्रवृत्तिलाई ‘स्याडिस्ट’ भनेर पनि विश्लेषण गर्छन् । महिला सवालका सन्दर्भमा त हदैसम्मको कठमुल्लावादी दृष्टिकोण अपनाउँदै आएको छ— पुरुष नियन्त्रित नेपाली समाजले । महिला हिंसामा लगातार वृद्धि यसको प्रमाण हो ।
प्रदेश दुई ९मधेश० मा जहाँ बालिका शिक्षा, सुरक्षा र स्वास्थ्यमा जोड दिइएको भनिएको छ, त्यहीँ बलात्कार र यौन दुव्र्यवहारकाका घटना बढ्नु उदेकलाग्दो छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० का अनुसार यस वर्षको साउनदेखि भदौ १७ गतेसम्मको अवधिमा सप्तरी एउटा जिल्लामा मात्र बलात्कार र यौन दुव्र्यवहारका १२ वटा घटना भए । यस मामिलामा अछुतो पश्चिम तराई पनि छैन । कैलाली पनि लगभग यही हाराहारीमा छ । इन्सेकका अनुसार कैलालीमा यसै अवधिमा बलात्कार र यौन दुव्र्यवहारका आठवटा घटना सार्वजनिक भएका छन् । यो स्वयंमा भयावह अवस्था हो । कैलालीसँगै जोडिएको कञ्चनपुर जिल्लामा यसै अवधिमा बलात्कारका पाँचवटा घटना भए । निर्मला पन्तको बलात्कारपछि हत्याको घटना पनि यसै संख्याभित्र पर्दछ । निर्मला हत्याको सन्दर्भलाई लिएर स्थानीय वासिन्दा आन्दोलित भएको निकै लामो समय विते पनि हालसम्म दोषीको पहिचान हुन सकेको छैन । यसै गरी यसै अवधिमा रूपन्देहीमा सातवटा यस्ता घटना भएका छन् । प्रश्न उठ्छ, यस्ता घटनामा वृद्धि हुनुको कारण के हो रु उत्तर अपेक्षित छ । भूगोलका आधारमा अपराधलाई सामान्यीकरण गर्नु उचित हुँदैन तर कारण पहिचानका लागि प्रवृत्ति विश्लेषण गर्न भने यस्तो अध्ययन सहायक हुन सक्छ । यस क्षेत्रमा यस्ता घटनामा वृद्धि हुनुमा सम्भवतः एउटा कारण हो, अपराधीलाई राजनीतिक र प्रशासनिक संरक्षण ।
प्रहरी र अन्य सरोकारवाला संघ संस्थाको तथ्यांकले बलात्कार र यौन दुव्र्यवहारका घटना लगातार निरन्तर बढिरहेको देखाउँछ । यसतर्फ सबै सरोकारवालाको ध्यानाकर्षण हुनु स्वभाविक छ । यहाँ तराईका १४ वटा जिल्लामा साउनदेखि भदौ मध्यसम्म सार्वजनिक भएका यस्ता घटनाको तथ्यांक विश्लेषणको प्रयत्न गरिएको छ । इन्सेकको तथ्यांकअनुसार यस अवधिमा माथि उल्लेख गरिएका जिल्लाबाहेक बाँकेमा दुई, बर्दियामा दुई, कपिलवस्तुमा दुई, नवलपरासीमा चार, सुनसरीमा चार, मोरङमा पाँच, महोत्तरीमा दुई, धनुषामा एक, पर्सामा दुई र सिरहामा तीनवटा गरी ५९ वटा यस्ता घटना सार्वजनिक भएका छन् । यसमध्ये कतिपय घटनामा संलग्न आरोपितहरू हालसम्म प्रहरीको नियन्त्रणमा आउन सकेका छैनन् भने कतिपय घटनाको अनुसन्धान कार्य नै पूरा हुन सकेको छैन र थोरै मात्र घटना मुद्दाका रूपमा अदालतसम्म पुग्न सकेका छन् तर फैसला हुन सकेको छैन ।
यी घटनाहरूका आधारमा भन्नुपर्दा नेपाली समाज निरन्तर असहिष्णु बनिरहेको प्रमाणित हुन्छ । बलात्कारका बढ्दो घटनाले राज्य यसप्रति संवेदनशील नभएको गुनासो छ । समाधानका दिशामा राज्यले ठोस कार्यक्रम सञ्चालन गर्नैपर्ने देखिए पनि हालसम्म त्यसो हुन नसक्नु दुःखद छ । राज्यले बलात्कार गर्नेलाई हेर्ने दृष्टिकोणमा स्पष्ट फरकपन समाजले महसुस गर्नुपर्छ । राज्यको दायित्वको कुरा मात्र गर्नु पर्याप्त हुँदैन । यस्ता घटना नियन्त्रणमा समाजको दायित्व पनि महìवपूर्ण हुन्छ । नेपाली समाज पुरुषवादी समाज हो । पुरुषले विभिन्न बहानामा पुरुषत्व प्रदर्शन गर्ने सोच राख्दछ र आफ्ना सबै गतिविधि वैध बनाउने प्रयास गर्दछ । बलात्कार त्यस्तै मनोवृत्तिको परिणाम हो । तर वास्तवमा यो सोच विकृत मानसिकताको उपज हो जसलाई कुनै पनि हालतमा जायज ठह¥याउन सकिँदैन । राज्य अभिभावक संस्था भएकाले सबैले न्यायको आश उसैबाट गर्ने हो तर राज्यले अभिभावकीय दायित्व निर्वाह गर्न नसक्दा अराजकता र असुरक्षा निम्तिन्छ । विकृत मानसिकता र अपराधी मनोवृत्तिका व्यक्ति हौसिन्छन् । अहिलेको अवस्था यही नै हो भन्दा अस्वाभाविक हुँदैन ।
बलात्कार र यौन दुव्र्यवहार रोक्न देशमा कानुन नै नभएको होइन तर ती कानुन अर्पाप्त मात्र होइन, समस्याग्रस्त पनि छन् । पीडित महिलाले न्याय पाउन त्यति सजिलो छैन । न्याय पाउन कानुनी प्रक्रिया लामो र झन्झटिलो छ । पीडितको गोपनीयताको प्रत्याभूति पनि राज्यले गर्न सकिरहेको छैन । मुद्दा अदालतमा पुगेपछि लगातार सुनवाइको व्यवस्था पनि छैन । क्षतिपूर्तिको प्रक्रिया लामो र क्षतिपूर्ति पाउन गाह्रो छ । धेरैजसो प्रहरी कार्यालयमा महिला प्रहरीको अभाव छ । त्यस्तै धेरै अवस्थामा पीडित नै असुरक्षित भइरहेका हुन्छन् । उनीहरूको सुरक्षाको व्यवस्था गर्न सुरक्षा संयन्त्र गम्भीर हुन सक्नुपर्छ । पीडितको मात्रै होइन, मुद्दाका साक्षीको पनि असुरक्षा हुन सक्छ । यस्ता विषयमा सरकारले तत्काल तदारुकता देखाए सकारात्मक परिणामको अपेक्षा गर्न सकिन्छ । महिलाविरुद्धका अनेकन घटना सार्वजनिक भइरह“दा यस्ता विकृति रोक्न सरकारले के कार्यक्रम ल्याउँदैछ रु यो जनचासोको विषय हो ।
बलात्कारलाई कानुनले जघन्य अपराध मान्छ । यस्तो अपराधबारे हरेक समाज, हरेक व्यक्तिलाई कसरी बुझाउने रु मूल विषय यही हो । राज्यको भूमिकाले धेरै किसिमका असान्दर्भिक मूल्य मान्यता परिवर्तन गर्न, संशोधन गर्न, बन्देज गर्न सक्छ । समाजले सामान्य ढंगबाट बुझिरहेको विषयलाई राज्यले गम्भीर बनाइदिन सक्छ । बलात्कारको सवालमा पनि यही नियम लागू हुन्छ । कानुनले यसलाई गम्भीर अपराध त मानेको छ तर महिला तथा बालबालिकाको अधिकार र सुरक्षाबारेको आमधारणा हल्का छ । यसमा सुधार अपेक्षित छ ।
समाजको ठूलो तप्कामा अहिले पनि महिलालाई निजी सम्पत्तिका रूपमा प्रयोग गर्ने सोच विद्यमान छ र महिला प्रयोगका सामग्री मात्र हुन् भन्ने बुझाइ छ । माथि उल्लेखित घटनामा संलग्न पात्रहरूको मनोवृत्ति यस्तै बुझाइको परिणाम हो भन्दा फरक पर्दैन । सोचमा परिवर्तन आवश्यक छ । महिलाविरुद्धको हिंसालाई समाजले जबसम्म पूरै समाजको अपराधका रूपमा स्वीकार गर्दैन, तबसम्म समस्याको यथोचित समाधान सम्भव छैन । महिलालाई दुखेको घाउ जबसम्म पुरुषलाई पनि दुख्दैन तबसम्म समाज सकसमा परिरहन्छ । माथि उल्लेखित सबै घटनामा एक सामीप्य छ । त्यो के भने यी घटना काठमाडौं खाल्डाका होइनन् । दूरदराज क्षेत्रका हुन् । यसै आधारमा प्रश्न सोध्न सकिन्छ, यी घटनाको घाउ राजधानीका बासिन्दालाई किन चह¥याएन रु यस्तै घटना राजधानीमा भएको भए के यहाँका बासिन्दा यसरी नै चुप लागेर बस्थे रु बाहिरका जनताले पटकपटक आरोप लगाउने गर्छन्, राजधानीले हाम्रो आवाज सुन्दैन । राजधानीलाई हाम्रो दुःख पीडामा छटपटी हुँदैन । राजधानीले के जवाफ दिने रु
मधेशमा अहिले बेटी ९छोरी० बचाउ अभियान जारी रहँदा सप्तरीकी एक स्थानीय महिलाले टेलिफोनमा सोधेकी थिइन्, सरकारले हाम्रो कुरा सुन्दैन नै, हामीहरूको बेटी बचाउन काठमाडौंका कसैले किन बोलिरहेका छैनन् रु किन मिडिया पनि हाम्रो पीडालाई स्वर दिइरहेको छैन रु यो पङ्क्तिकारसँग कुनै जवाफ थिएन ।gorkhapatra.





Leave a comment

Your email address will not be published.


*