लोभ लाग्दो व्यवसायिक तरकारी खेती

          |   प्रकाशित मितिः आइतवार, भदौ २४, २०७५     ::: 134 पटक पढिएको   |  

राकमकर्णाली (दैलेख)– राकमकर्णालीको स्थित वाडगडा टोलको टनेलभित्र तयार हुँदै गरेको मौसमी तथा बेमौसमी र घर वरिपरिका बारीमा लटरम्म फलेको टमाटर, खुर्सानी, फर्सि, सिमी, मुला, जस्ता तरकारी लहलहाउँदो छ । यस्तो दृश्य देखेर त्यहाँ पुग्ने जो कोही लोभिने गर्दछन । सदरमुकाम दैलेख बजारबाट पश्चिममा पर्ने आठवीस नगरपालिका ४ का किसानले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन् । वाडगडा टोलमै व्यवसायिक तरकारी खेती गर्ने मध्येकी एक हुन्, पदमकला माझी ।

उनको ५ जनाको परिवार छ । परम्परागत रुपमा स्थानिय जातका धान, गहुँ, मकै, कोदो, तमाखु लगाउदै आएकी पदमकलाले लगाएको बाली रोग किरा लागेर न्यून उत्पादन हुन्थ्यो । पदमकला भन्छिन “लगाएको बालीबाट ३ महिना मात्रै खान पुग्थ्यो, अरु महिना गुजार काट्न गाह्रो हुने गरेको थियो ।” उनका श्रीमानले स्थानीय स्तरमा मजदुरी गरेर बार्षिक २५ हजार आम्दानी गर्थे । छोरा छोरी बिरामी भएका बेला तुरुन्तै उपचार गर्न नसक्ने त एकातिर थियो नै अर्को तिर आर्थिक समस्याका कारण छोरा छोरीलाई विद्यालय पठाउन पनि निकै समस्या थियो । ऋण माग्दा कसैले पत्याउदैनथे, पदमकला भन्छिन ।
उनिसंग बेमौसमी रुपमा व्यवसायिक तरकारी खेती गर्ने ज्ञान भने थिएन । स्थानीय स्तरमा संचालन भएका कार्यक्रमहरुमा आबद्ध नहुनु उनका लागि एउटा कारण थियो भने तरकारीको बजारको माग नभएका कारण व्यवसायिक तरकारी खेतीमा उनको ध्यान गएको थिएन् । गाउँमा हुने कुनै पनि कार्यक्रममा आफ्नो परिचय दिन परे लाजले भुतुक्कै हुने पदमकला घरमा अलि अलि उत्पादन भएको तरकारी बिक्री गर्न जान समेत लाज लाग्थ्यो । उनलाई त्यहि विचमा डिसिए र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित साकार परियोजनाबाट तरकारी खेतीका लागि सहयोग प्राप्त भयो । परियोजनाले उनलाई एकिकृत शर्तु जिव व्यवस्थापन तालिमका लागि सहजिकरण गरिएको थियो । आफुले बेमैसमी तरकारीबाली सम्बन्धी तालिम पाएको पदमकलाले बताइन् ।

घरेलु विषादी बनाउने विधी पनि उनले सिकिन् । तरकारीको बजारीकरणमा सहयोग र सहजिकरण पनि उनले पाइन् । बेमौसममा लगाउने तरकारीका जातका बारेमा जानकारी पनि पदमकलाले पाइन् । दैविप्रकोपका र विपदका बारेमा जानकारी प्राप्त भएको उनले बताइन् । बेमौसमी तरकारी खेती बारे पाएको थुप्रै सिपहरुले उनलाई तरकारी खेतीमा होमिने जाँगर पलायो । सोहि अनुसार परियोजनाले पोलीहाउस र सरलथोपा पनि सहयोग ग¥यो ।अहिले बारीमा काउली, बन्दा, आलु, प्याज, टमाटर, खुर्सानी, फर्सि, सिमी, मुला जस्ता मौषमी र बेमौसमी तरकारी लटरम्म फलेका छन् ।

आफुले उत्पादन गरेको तरकारीले बजारको माग पुरा गरेको छु, पदमकलाले भनिन् । मौषमी र बेमौसमी जातका उन्नत जातका विउ विजन र प्राविधिक बारीमै पुगेर मौसम अनुसारको प्राविधिक सहयोग प्राप्त भएपछि उनलाई व्यवसाय गर्न सहज भएको छ ।उनका श्रीमानले तरकारी खेतीमा सघाउदै आएका छन् । तरकारी संकलन केन्द्रमा खरिद बिक्रि सम्वन्धी सम्झौता गरि उत्पादन र बिक्री गरेको बताउदै उत्पादित तरकारी हाट बजारमा विक्री गर्दै आएको उनि बताउछिन् ।
व्यवसायबाट आम्दानी भई बच्चाहरुलाई पढाउनका लागी सहज र बिरामी हुनसाथ उपचार गर्न आर्थिक कठिन भोग्नु परेको छैन, पदमकला भन्छिन “पहिले श्रीमानको कमाई घर खर्च टार्न धौ,धौ हुन्थ्यो, छोराछोरी सरकारी विद्यालयमा पढाएको थिए, एउटा बच्चालाई बोडिङ्ग स्कुलमा पढाएको छु ।” अहिले घरको सम्पुर्ण खर्च कटाएर मासिक महिला विकासमा १ सय र बाडगडा कृषि समुहमा २० रुपैयाँ बचत गर्छु ।
परम्परागत धान, मकै, कोदो खेती लगाएर बार्षिक रुपमा खान नपुग्ने बारीमा विभिन्न तरकारीहरु लगाएर आम्दानी भई स्वाथ्य, शिक्षामा सुधार हुनुका साथै सामाजिक प्रतिष्ठा बढेको उनि बताउछिन् । पहिले आफ्नो परिचय दिन समेत डराउथे, आजभोली समुहको बैठकमा नियमत उपस्थित हुन्छ ।” उनले भनिन । उनले बसुन्धरा कृषि सहकारी मा मासिक ५ सय बचत गर्ने गरेको बताइन् ।





Leave a comment

Your email address will not be published.


*