तरकारी खेतीले ल्यायो परिवर्तन

          |   प्रकाशित मितिः बुधबार, भदौ २७, २०७५     ::: 48 पटक पढिएको   |  

हिक्मत बहादुर नेपाली
दैलेख– जिल्लाको पश्चिममा पर्ने राकमकर्णालीका धना विश्वकर्मालाई ४ वर्षअघि छाक टार्ने समस्याले निकै पिरोलिरहन्थ्यो । बारीमा वर्षभरि अन्न बाली लगाउँदा ३ महिनालाई राम्ररी खान नपुग्ने भएकाले उनी परिवार पाल्नै धौ धौ पथ्यो । एका तिर एकल महिला, अर्को तिर आर्थीक अभाव । घर परिवार र समाजबाटै अपहेलित हुनु र आर्थीक अभावले जिवन गुजार्नु उनका लागि त्यति सजिलो थिएन् ।

रोजगारीको लागी भारत हानिएका उनका श्रीमान घर फर्केर आएनन् । घरपरिवार चलाउनकै लागि भएपनि ससुरा भारत जाने आउने गर्छन् । आफना छोराछोरीलाई राम्रो स्कुलमा पढाउन नसकेकोले उनका मनमा पिडाको थुप्रो त्यतिकै थियो ।
उनले बारीमा धान, गहँु र मकै मात्रै लगाउने गर्थीन । तरकारी खेति गर्नुपर्छ भन्ने भावना नभएपनि मौसमी तरकारी लसुन, प्याज, खुर्सानी, करेला जस्ता तरकारी परम्परागत तरीकाले लगाउदै आएकी धनालाई तरकारी खेति सम्बन्धि ज्ञान सिप र प्रविधिको बारे जानकारी थिएन् ।
गाउँमा कुनै पनि समुहमा आबद्ध नभएका कारण नयाँ मान्छे आएमा बोल्नै समेत डराउथिन् । स्थानीय स्तरमा रहेको एग्रोभेटहरुसँग राम्रो सम्बन्ध नभएका कारण परम्परागत रुपमा लगाउदै आएको स्थानिय बिउको मात्र प्रयोग गर्ने गरेको धनाले बताइन् । थोरै मात्रामा उत्पादित तरकारी पनि बिक्रि गर्न बजार नभएको उनको भनाई छ । आफु संग कुनै व्यवसाय संचालनका लागि रकम थिएन, उनले भनिन “गाउँमा साहुहरु संग ऋण माग्दा पनि दिदैनथे ।

दुई वटा छोराहरु सरकारी स्कुलमा पढाउने गरेको धनाले बताइन् ।
सोहि विचमा डिसिए (आइसिसिओ) एल.डब्लुएफ तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सरल र हाल साकार परियोजनाले उनलाई सहयोग ग¥यो । परियोजनाले २०७१ सालमा समुह गठन गरि तरकारी खेति सम्बन्धि घरदैलो कार्यक्रमहरु ग¥यो । त्यसपछि धनापनि समुहको सदस्यको रुपमा समुहमा आबद्ध भइन् । परियोजनाले मौसमी तथा बेमौसमी तरकारी खेति सम्बन्धि तालिम, प्रविधि लगाएत विउ विजनहरु उपलब्ध गराएको थियो । त्यसपछि २०७३ पौष देखि साकार परियोजना संचालनमा आएको थियो ।
आफुले बेमैसमी तरकारीबाली सम्बन्धी तालिम पाएको धनाले बताइन् । घरेलु विषादी बनाउने विधी पनि उनले सिकिन् । तरकारीको बजारीकरणमा सहयोग र सहजिकरण पनि उनले पाइन् । बेमौसममा लगाउने तरकारीका जातका बारेमा जानकारी पनि धनाले पाइन् । दैविप्रकोपका र विपदका बारेमा जानकारी प्राप्त भएको उनले बताइन् । बेमौसमी तरकारी खेती बारे पाएको थुप्रै सिपहरुले उनलाई तरकारी खेतीमा होमिने जाँगर पलायो । सोहि अनुसार परियोजनाले पोलीहाउस र सरलथोपा पनि सहयोग ग¥यो ।
परियोजनाले बजारिकरणको लागि हाटबजार र संकलन केन्द्र स्थापना ग¥यो ।

दैलेख बाहेकमा अछाम, कालिकोट र जुम्लाका व्यापारिहरुसँग सम्पर्क र समन्वय विस्तारका लागि सहजिकरण गर्दै आलु भटमास, बदाम, टमाटर, बन्दा, काउली, धान, मकै र गहुको बिउ उपलब्ध गराएको थियो । अहिले धनालाई समुहमा बस्नुपर्छ भन्ने भवना सिर्जना भएको छ । अहिले बसुन्धारा कृषक समुहको अध्यक्ष भई समुह सञ्चालन गर्ने गरेको उनि बताउछिन् । समुहमा मासिक बचत गर्ने गरेको र सहकारी र लघुबित बैंकहरुमा पनि बचत गर्ने गरेको उनि बताउछिन् ।

करिब ३ रोपनी जग्गामा व्यवसायिक रुपमा मौसमी तथा बेमौसमि तरकारीहरु काँक्रा, फर्सि, टमाटर बन्दा, काउली, तितेकरेला भेन्टा आदी उत्पादन गरी विक्रि वितरण गर्नै आएको धनाले बताइएन् । अहिले एक मौसममा ६० देखि ७० हजार सम्म आम्दानी गर्दै आएको उनले बताइन् ।उनले सहकारीमा मासिक ५ सय र समुहमा मासकि २० बचत गर्ने गरेकी छिन् । बैँकबाट रु २० हजार ऋण लिई तरकारी खेतिमा लगानी गरेको उनको भनाई छ । जिविकोपार्जनका लागि भारत जाने गरेका धनाका ससुरा हाल ब्यबसायिक तरकारी खेतिमा सहयोग गर्दै आएका छन् । अहिले २ वटा छोराहरु राम्रो बोडिङ्ग स्कुलमा पढाएको छु, धनाले भनिन ।





Leave a comment

Your email address will not be published.


*