हिसाव माग्दै राउटे समुदाय

          |   प्रकाशित मितिः बिहिबार, भदौ २८, २०७५     ::: 184 पटक पढिएको   |  

टेकराज केसी

दैलेख भदाै २८ ।
कर्णालीको गहनाको रुपमा चिनिएको लोपोन्मुख राउटे समुदायले आफुहरुलाई आउने सहयोगको हिसाव माग्न थालेका छन् । फिरन्ते जीवन बिताउदै आएका राउटे समुदायका व्यक्तीहरुले आफ्नो लागि आएको सहयोगको हिसाव माग्न थालेका हुन् । पढाईलाई महाशत्रु ठान्दै अनपढ रहेको राउटे समुदायले आफुहरुलाई नपढेको भन्दै झुक्याउने गरिएको भन्दै हिसाव माग्न थालेका हुन् ।

उनिहरुले आफ्नो समुदायमा सरकारी तथा गैरसरकारी निकायहरुबाट आउने रकमको लेखाजोखा आफुहरुलाई दिनुपर्ने बताएका छन् ।
राउटे समुदायको रहनसहन तथा रितिरिवाजको अध्ययनका लागि जापानबाट आएका पर्यटकहरुलाई स्वागत गर्दै राउटे मुखिया सुर्य नारायण शाहीले आफुहरुको लागि आउने रकमको लेखाजोखा हुनुपर्ने बताउनुभयो । ‘मेरो जनताको लागि सरकारी तथा गैर सरकारी संस्थाबाट रकम आउने गरेको छ, तर राउटे समुदायसम्म आईपुग्दा त्यसको आधा रकम पनि आउँदैन, अब देखि हामीलाई कति रकम हो त्यसको हिसाव दिनुपर्छ ’ उहाँले भन्नुभयो ।
उहाँले राउटेले पढ्न लेख्न नजानेको भन्दै झुट बोल्ने गरिएको समेत बताउनुभयो । आफ्नो समुदायको प्रयोजनको लागि आउने रकममा तलमाथी गर्न नपाउने बताउदै यस बारेमा गुरासँ गाउँपालिकालाई पनि जानकारी गराउने उहाँको भनाई छ ।

राउटेको जीवन शैलीको अध्ययन गर्न जापानबाट आएको टोलीले नेपालमा आएर यस्तो समुदायलाई हेर्न पाउँदा आफुहरुले आनन्द महसुस गरेको बताएका छन् । नेपालको गहणाको रुपमा रहेको राउटे समुदायको संरक्षण गर्न आवश्यक रहेको स्थानीय भक्त बहादुर केसी बताउनुभयो । राउटेको उत्थानको लागि आफ्नो वडाको सम्पूर्ण टिम र गुराँस गाउँपालिकाले प्रयत्न गरेका गुरासँ गाउँपालिका ८ का वडाअध्यक्ष पूर्ण बहादुर ओलीले बताउनुभयो ।

राउटे समुदायको लागि आउने रकममा कहीकतै हिनामिना नभएको भन्दै यस्तो भएको थाहा पाए आफुहरु त्यसको सजाय भोक्न तयार रहेको बताउनुभयो । वडाध्यक्ष ओलीले राउटे समुदायको संस्कृती जोगाउने भन्दै उजीवनशैली भने परिवर्तन हुन आवश्यक रहेको बताउनुभयो । आगामी दिनमा मदिराजन्य पदार्थ सेवन नगर्न र जथाभावी जंगल नमास्न वडाअध्यक्ष ओलीले आग्रह गर्नुभयो ।





Leave a comment

Your email address will not be published.


*