आफ्नै संस्कृतिमा पर्यटकको स्वागत

          |   प्रकाशित मितिः बिहिबार, भदौ २८, २०७५     ::: 88 पटक पढिएको   |  

दैलेख भदाै २८ ।
राउटे समुदायको जीवन शैलीको बारेमा जानकारी लिन जापानबाट आएका पर्यटकहरुलाई राउटे समुदायले आफ्नो संस्कृतीमा आधारित नाच देखाएर स्वागत गरेका छन् । उनिहरुले अन्य पर्यटकहरुलाई पनि आकर्षण गर्न तथा आफ्नो संस्कृती विश्वभर चिनाउन नाचद्वारा स्वागत गरिएको प्रतिक्रिया दिए ।

राउटे समुदायका पूर्व महामुखियामैन बहादुर शाहीले राउटे समुदाय भनेको के हो ? उनिहरुको संस्कृती कस्तो हुन्छ ? त्यसको बारेमा जानकारी दिनको लागि नाचद्वारा स्वागत गरिएको बताउनुभयो । आफ्नो संस्कृतीको बारेमा पर्यटकहरुले सन्देश लिएको खण्डमा अन्य पर्यटकहरु आउनसक्छन्, पूर्व मुखिया शाहीले भने । राउटे नाचमा विदेशी पर्यटकहरुले पनि सँगै नाचेका थिए ।





Leave a comment

Your email address will not be published.


*