सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने

          |   प्रकाशित मितिः शुक्रबार, अशोज १२, २०७५     ::: 53 पटक पढिएको   |  

–ज्वाला संदेश–

दैलेख असाेज १२ ।

यहाँको दुल्लु नगरपालिकामा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । यहि असोज १४ देखि १६ गते सम्म भलिवल प्रतियोगिता हुने भएको हो । शहिद पुर्ण स्मृती प्रतिष्ठानको आयोजनामा दोस्रो स्थानिय तह स्तरिय जिल्ला व्यापी खुल्ला भलिवल प्रतीयोगीता दुल्लुको पटाङगीनिमा हुने भएको छ । नेपाली कांग्रेसका पुर्व क्षेत्रीय सभापति शहिद पुर्ण बहादुर भण्डारीको १६ औँ स्मृति दिवशको अबसर पारेर उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले रु ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने शहिद पुर्ण स्मृति प्रतिष्ठान दुल्लुका अध्यक्ष रत्न बहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार दोस्रो हुने समुहले ३० हजार र तेस्रो हुने टिमले २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
जिल्लाका ११ वटै स्थानिय तहबाट एक÷एक वटा टिमले प्रतियोगितामा सहभागि हुन पाउने छन् । प्रतियोगितामा सहभागि हुन आउने प्रत्येक टिमका १० जना खेलाडी र एक जना प्रशिक्षकलाई खान र बस्नको व्यवस्था आयोजकले गरेको छ । सहभागि खेलाडीहरुले आ–आफ्नो परिचय खुेल्ने गरि नागरिकता वा जन्मदर्ताको आयोजकलाई उपलब्ध गराउनुपर्ने आयोजकले जनाएको छ ।





Leave a comment

Your email address will not be published.


*