सकियो टि–२० क्रिकेट प्रतियोगिता

          |   प्रकाशित मितिः आइतवार, अशोज १४, २०७५     ::: 37 पटक पढिएको   |  

ज्वाला संदेश
दैलेख असोज १४ ।
दैलेखमा जारी टि–२० क्रिकेट प्रतियोगिता सकिएको छ । दैलेख क्रिकेट संघ द्धारा आयोजित टि–२० क्रिकेट प्रतियोगिताको उपाधी दैलेख सदरमुकामको पुरानो बजार वारियर्सले हात पारेको छ । अन्तिम खेलमा टस जितेर व्याटिङ्ग सुरु गरेको पुरानो बजार वरियर्सलको ८ विकेटको क्षतीमा २० ओभर सकेर १ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष पछ्याउदै त्रिभुवन माध्यामिक विद्यालयले १८ ओभरमा १ सय ७ रनमा अलआउट हँुदै दोस्रो भएको छ ।

प्रतियोगितामा प्रथम हुने समुहले २५ हजार सहित कप तथा मेडल र दोस्रो हुने समूहले १५ हजार सहित कप र मेडल प्राप्त गरेको छ । प्रतियोगितामा वेस्ट वलर अफ द म्याच गोपाल बिसी भएका छन् । उनले खेल अवधीमा १० विकेट गुमाएका थिए । त्यसै गरि रनर अफ द म्याच नरेन्द्र नाथ पाण्डेय भएका छन् । खेल भर उनले ८ विकेट गुमाएर १ सय ३७ रन जोडेका थिए । गत असोज ७ गते बाट सुरु भएको उक्त प्रतियोगिता जिल्ला भर बाट ५ वटा टिम सहभागि भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा दुल्लु नगरपालिका स्थित कालभैरव यूवा क्लव, नारायण नगरपालिकाको पुरानो बजार वारियर, त्रिभूवन माध्यामिक विद्यालय, महावु गाउँपालिका, राईजिङ स्टार यूवा क्लव सहभागि थिए । जिल्लामा आयोजना गरिएको क्रिकेटका लागि उचित खेल मैदान नभएपनि नारायण बहुमुखि क्याम्पस रामपुर दैलेखको खेल मैदानमा खेल खेलाइएको थियो । प्रतियोगिताको उपाधि जित्न सफल समूहलाई जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले पुरस्कार प्रदान गर्नुभयो ।





Leave a comment

Your email address will not be published.


*