विद्यालयबाटै निकालिए यी दलित विद्यार्थी

          |   प्रकाशित मितिः बिहिबार, अशोज १८, २०७५     ::: 42 पटक पढिएको   |  

बर्दिवास, १८ असोज ।

महोत्तरीको भङ्गाहा नगरपालिकामा एक दलित विद्यार्थी विद्यालयबाट निष्काशित भएका छन् ।भङ्गाहा–९ हरिनमरीका सिकिन्दर मरिक डोमका १२ वर्षीय छोरा मुकेश आफ्नै बस्तीको किशोरी जनता माविबाट मङ्गलबार निष्काशन गरिएका हुन् । कक्षा ७ का मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले निष्काशन गरेको बताएका छन् । आफूलाई विद्यालय परिसरमा छरिएको फोहर सफा नगरेको निहुँमा निष्काशन गरिएको पीडितको भनाइ छ ।

विद्यालयमा यही असोज १० गते लेखापाल राकेश यादवकी हजुरआमाको क्रियाभोज खाँदा मिल्किएको फोहर सफा नगरेको भन्दै निष्काशन गरिएको पीडितले बताएका छन् ।

मुकेशका आमाबाबुले पनि आपूmहरुलाई नीच जातको भनेर प्रअले हेपेको बताएका छन् । पिता हरिनमरीले आफूलाई पनि प्रअले बारम्बार फोहर सफा गर भन्दै हप्काएको बताएका छन् । असोज १० गते विद्यालय नै बन्द गरेर परिसरमा खुवाइएको भोजका जुठा पात डोम भएकै कारण आफ्नो छोरालाई सफा गर्न लगाइएको उनका पिताको भनाइ छ ।

विद्यालयबाट निष्काशित मुकेश आपूmमाथि न्याय हुनपर्ने भन्दै अहिले बस्तीका भद्रभलादमी गुहारिरहेका छन् । प्रअ यादवले फोहर सफा गर्न आफूसमेत सरीक रहेको बताएका छन् । –रासस





Leave a comment

Your email address will not be published.


*