भारत र चीन मात्र नभई विश्व नै छिमेकी : प्रधानमन्त्री ओली

          |   प्रकाशित मितिः बिहिबार, अशोज १८, २०७५     ::: 21 पटक पढिएको   |  


काठमाडौं, १८ असोज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीन मात्र नभई विश्व नै छिमेकी भएको बताएका छन् । अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिएर स्वदेश फिर्ता भएका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा भएको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले समग्र विश्व नै नेपालको राम्रो छिमेकी भएको बताए । महासभामा नेपालको उपलब्धि, नेपालका आवश्यकता, नीतिमा अलमल नहुने गरी नेपाल अगाडीबढ्ने बाटोका विषयमा प्रष्ट पारेको आफूले प्रष्ट पारेको उनले बताए ।

नेता माधव नेपालसँगको पछिल्लो सम्बन्धका विषयमा प्रधानमन्त्री ओलीले भने, “२९ साल देखि हाम्रो सम्बन्ध धनिष्ट छ । यसको चिन्ता छोडेर ढुक्क हुनुहोस् ।” हावा चल्यो पात हल्यो खालको राजनीतिले देश नचल्ने उनले बताए ।

प्रधानमन्त्री ओली असोज ६ गते शनिबार अमेरिका प्रस्थान गरेका थिए । अमेरिकासँगै ओलीले कोस्टारिकाको पनि भ्रमण गरेका हुन् ।





Leave a comment

Your email address will not be published.


*