न्यायिक काम सहज भएको छैन् – मुख्य न्यायाधिवक्ता मानन्धर

          |   प्रकाशित मितिः मङ्लबार, अशोज २३, २०७५     ::: 42 पटक पढिएको   |  

दैलेख असोज २३ ।
कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले स्थानीय तहका न्यायिक समिति अधिकार पाए जति सजिलो नभएको बताएका छन् । दैलेखका ११ वटै स्थानीय तहका न्यायिक समितिका पदाधिकार र कर्मचारीहरुको १ दिने क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रममा उनले सो विचार राखेका हुन् ।

मुख्य न्यायाधिवक्ता मानन्धरले न्यायिक समितिको क्षेत्राधिकार, कानूनी प्रक्रिया र समितिका सदस्यहरुको न्यायिक ज्ञानको आधारमा मात्र समितिको प्रभावकारिता हुने बताए । त्यसबखत जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले निर्वाचित भएको डेढ वर्षमा पनि न्यायिक समितिको क्रियाशीलता, जनशक्तिको व्यवस्थापन जस्ता काम गर्न नसकेर दैलेखका स्थानीय तहहरुले कामको सुरुवात गर्न नसकेको टिप्पणी गरे ।

कर्णाली प्रदेश स्तरीय मुख्य न्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता उत्तमराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्का, दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटा, अधिवक्ताहरु यामराज थापा, सुरेन्द्र अधिकारी, दिपेन्द्र थापा लगायतले तालिमको महत्व विषयमा बोलेका थिए । तालिममा दैलेखका ४ नगरपालिका र ७ वटै गाउँपालिकाका न्यायिक समितिका ३ जना पदाधिकारी र १–१ जना कर्मचारी समेत ४४ जनाको सहभागिता थियो ।





Leave a comment

Your email address will not be published.


*