छोरी–नातिनीको संरक्षण

          |   प्रकाशित मितिः मङ्लबार, अशोज २३, २०७५     ::: 109 पटक पढिएको   |  

रुकु कार्की

बाबुको साथी र साथीको बाबु मात्र होइन, अाफैले  जन्माएको छोरी र आफ्नै बहिनीलाई बलात्कार गर्ने “दाजु र बाबुका नाममा कलङ्क” बढिरहेका छन् । नेपालको कानुनले आफ्नै छोरी र बहिनी बलात्कार गर्ने बाबु र दाजुलाई कडा कानुनको सजाय तोकेको पनि छ ।
अब हाम्रा छोरी–नातिनीहरूलाई आफन्तबाटै कसरी जोगाउने रु कहाँ छ खै उनीहरूको सुरक्षा रु आफ्नै बाबु, दाजु, आफ्नै काका, नातेदार, छिमेकी आदि जो कोहीबाट पनि बालिकाहरू सुरक्षित हुन सक्दैन भने यो भन्दा घृणित, अमानवीय र लज्जाजनक कुरा के हुन सक्छ ? विद्यालय, घर, गल्ली, सडक, गोठलगायतका ठाउँमा अबोध बालिकामाथि घटना बढ्न थालेपछि आमाहरू चिन्तामा डुबेका छन् ।

सन्तानलाई ढाँट्नु हुन्न, चोर्नु हुन्न, सत्य बाटोमा हिँड्नुपर्छ भनेर बाल्यकालभरि सिकाइन्छ, पढाइन्छ तर हामीले छोराहरूलाई बलात्कार गर्नु अमानवीय कार्य हो, ठूलो अपराध हो भनेर शिक्षा र चेतना गर्नेतिर कहिले सोचेका छौँ रु किशोर अवस्थामा प्रवेश गरेका छोरालाई यो यस्तो कुकर्म हो, बलात्कारजस्तो जघन्य अपराध गर्नु हुन्न भनेर सिकायौँ रु आखिर बलात्कारका घटना त कसै न कसैको छोराबाटै हुनु कटु यथार्थ   हो ।
इन्टरनेट चलाउने र अनलाइनमा बस्ने किशोरीलाई समेत गलत धारणा राखेर चरित्र हत्यासमेत गरिन्छ । समाजमा जब पुरुषको विभेद छ भने फेसबुकजस्ता ठाउँमा सुरक्षित हुने प्रश्नै उठ्दैन । समाजमा रहेका सबै विभेदकारी व्यवहारहरूले महिलालाई पछाडि पारेका छन् । सामाजिक संरचनाले निम्त्याएको अनेक यौनजन्य हिंसा वा गोप्य फोटो भिडियो च्याट सार्वजनिक भएका घटना छन् । त्यस्तो अपराधिक र नैतिकहीनताका घटनाहरू हेर्दा आत्महत्याका शिकार हुने नारी अस्मिताका अवशेषहरू हुन् ।
बालिकामाथि यौन अपराधका घटना नियन्त्रणको सट्टा लगातार बढिरहनुमा अनुसन्धानमा कमजोर, सामाजिक जनचेतनामा कमी र स्वास्थ्य परीक्षण नगर्नाले दोषी उम्किरहेका छन् । बलात्कारका घटना हेर्दा धनी, गरिब, शिक्षित–अशिक्षित, गाउँले, शहरीया, वृद्ध, बालक सबै मुछिएका छन् ।

अभिभावकहरू स्वयम् यसबारे सचेत नभएका कारण अधिकांश बालिका आफन्त तथा परिचित पुरुषद्वारा बलात्कृत हुने गरेको पाइएको छ । अब हाम्रा छोरी–नतिनीलाई कसरी जोगाउने रु घरमा, स्कुलमा, कलेजमा, सार्वजनिक यातायातमा सुरक्षित छैनन् बालिकाहरू । आमाको गर्भबाट छोरीको रूपमा जन्मिएर यस धरतीमा आउन गरेको लडाइँदेखि बाँचुञ्जेल कति लडाइँ लड्ने रु
विद्यालयको पाठ्यक्रममा नै महिला र पुरुष समान मानवीय अस्तित्व हो भन्ने शिक्षा दिनुपर्छ । किनकि जबसम्म बलात्कृत बालिकाहरूले परिवार र समाजमा शिर ठाडो पारेर हिँड्न र आपूmमाथिको अन्यायको विरोध गर्न सक्दैनन्, तबसम्म समाजमा बलात्कारी प्रवृत्ति नै मौलाइरहन्छ । जसरी हालसालै भएको कञ्चरपुरको घटनालाई लिन सकिन्छ ।
अदालतको रेकर्डअनुसार तीन चार वर्ष पहिलाको तुलनामा बलात्कारका घटनाहरू ६ गुणा वृद्धि भएको छ । नेपाल प्रहरीका अनुसार गएको तीन वर्षमा महिला र बालबालिकामाथि भएको बलात्कारको तथ्याङ्क बर्सेनि बढ्दै गएको देखिन्छ । २०७०÷७१ सालमा ९८१ बलात्कारका घटना भएका थिए भने ०७२÷७३ मा आएर त्यो एक हजार ८९ पुगेको छ । त्यसैगरी २०७३÷७४ मा बलात्कारको घटना एक हजार १३१ पुगेको छ । यो त प्रहरीलाई रिपोर्ट गरेको आधारमा तयार पारिएको तथ्याङ्क मात्रै हो । हाम्रो मुलुकी ऐनमा जबर्जस्ती करणीमा २० वर्षदेखि माथिको भए ६ देखि ७ वर्ष जेल सजाय १६–२० वर्षसम्मको भए ५ देखि ८ वर्ष र १० वर्ष मुनिको भए १० देखि १५ वर्षको जेल सजाय छ । श्रीमती बलात्कार गर्नेलाई ३ देखि ६ महिना कैद सजाय छ ।
नारीमाथिको बलात्कार र हिंसाको अवशेषले सीमा नाघेको छ । विवाहिता र एकल नारीमाथि सासू, नन्द, आमाजू, देवर, जेठाजू परिवारभित्रैबाट उत्पीडित र हिंसा हुने गरेको सर्वविदितै छ । साना नानीहरू घरभित्रै बलात्कृत हुन्छन् । भोलि जसका छोरा नाति पनि अपहरण हुन सक्छन्, जसका छोरी र नातिनी पनि बलात्कारको शिकार हुन सक्छन् । यो एउटा गम्भीर प्रश्न हो समाजका लागि ।
आखिर किन अस्मिता हरण हुन्छ रु मानिस किन यति असभ्य बन्दैछ रु बच्चादेखि वृद्धसम्म हरेक उमेरका पुरुष यसरी आपराधिक क्रियाकलापमा किन लागिरहेका छन् रु जसको परिणाम घर, क्याम्पस, सडक, गल्ली, बस, टेम्पो, सबैतिर नारीलाई नै हेप्ने, अपमान र दुव्र्यवहार गरेको देख्न र सुन्नु परिरहेको छ । यो त गरिबी र बेरोजगारकै अभावमा पिल्सिन बाध्य नारीको वर्तमान यथार्थ हो । यही समाज र संस्कृतिले नारीहरूलाई सधैँ झुक्ने अवस्थामा सोच्नै नसक्ने गरी कुण्ठित र विवश अवस्थामा हुत्याई म को हुँ रु मेरो अस्मिता के हो र यौवन के हो रु जस्ता प्रश्नहरू बनायो । गाउँगाउँमा छोरीचेलीका पीडा, ताडना, छटपटी र आत्मवेदना छ । गाउँ निर्जन, निराश्रय र निस्तेज छ, यस मामिलामा ।
बसपार्क, डान्स तथा क्याबिन रेस्टुरेन्ट, कलकारखाना, होटल, गेस्ट हाउसमा अनैतिक क्रियाकलाप र तस्कर गुन्डाहरूको राम्रै अड्डा जम्छ । नेपालमा गुन्डाको बिगबिगी हुनुमा धेरै कारण छन् । निर्माण व्यवसायीलाई पनि चुल्ठे, मुन्द्रे नभई वा नपाली सुखै छैन । अनि महिला बेचबिखन कसले रोक्ने रु वेश्यावृत्तिका मुहान नै यही बेचबिखनको संस्कार हो ।
समाजमा जुनसुकै समानताका वकालत भइरहेका भए पनि नारीहरूले सामाजिक र कानूनी न्याय पाउन सकेका छैनन् किनकि सामन्तवादी पितृसत्तात्मक सामाजिक मूल्य मान्यतामा राज्यले अपराधीमाथि कडा कारबाही र पीडितलाई न्याय दिलाउन नसकेकै कारण हिंसाले कहालीलाग्दो अवस्था सिर्जना गरेको छ । हाम्रो परम्परा, संस्कृति र जीवनशैलीले नारी अस्मिता लुट्ने अत्याचारलाई प्रश्रय दिएको छ ।
अपराधीहरू सधैँ आफ्नो दोषको ढाकछोप गर्न चाहन्छन्, ऊ सकभर आफ्ना जघन्य अपराधबोध र कमजोरीहरू कसैले थाहा नपाओस् भन्ने चाहन्छ । प्रहरी प्रशासनको काम अपराधीलाई समातेर सजायको दायरामा ल्याउनु र कानुनको कार्यान्वयन गर्ने हो । तर कानुनहरूको पनि सही सदुपयोग र कार्यान्वयन हुन सकिरहेको छैन । देशमा घटिरहेका हरेक प्रकारका समस्या समाधान गर्ने निकाय राजनीति नै हो । अहिले महिलावादी संस्था मात्र होइन, मानव अधिकारवादी सङ्घसंस्थाहरू, संविधानविद्, राजनीतिज्ञ र नागरिक समाजले समेत यही कुरा उठाइरहँदा पनि नारी अस्मिताका अवशेषहरू जस्ताका तस्तै छन् । हाम्रो समाजमा महिलाहरू जहिले र जहाँ पनि शक्तिहीन छन् । नेपाली समाज बहुसांस्कृतिक समाज हो । बुद्ध जन्मिएको देशमा महिला हिंसा र अस्मिता हरणले आज राष्ट्र नै कलङ्कित र निरीह बन्न पुग्यो । समाजमा देखिएका बलात्कारका घटनालाई हेर्दा हरेक सभ्य, शिष्ट र सौम्य नेपालीको शिर  लज्जाले झुकेको छ ।

गाेरखापत्र





Leave a comment

Your email address will not be published.


*