दीपकराजले भने– ʻछक्का पञ्जा ३ʼ ले यसअघिका सबै रेकर्ड तोड्छ

          |   प्रकाशित मितिः सोमवार, कार्तिक ५, २०७५     ::: 35 पटक पढिएको   |  

कात्तिक ५, २०७५
काठमाडौं–प्रदर्शनको १२ औं दिन हुँदा चलचित्र ʻछक्का पञ्जा ३ʼ हेर्न हलमा दर्शकको घुइँचो छ । दशैंको अवसर पारेर घटस्थापनाको दिनदेखि प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा ३ ले सोमबारसम्म झण्डै ११ करोड बढीको कमाइ गरेको निर्माण युनिटको दाबी छ ।

चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरी हलमा दर्शकको चाप देख्दा चलचित्रले यस अगाडिका सबै रेकर्ड तोड्ने संकेत देखिएको बताउँछन् । लोकान्तरसंगको कुराकानीमा उनले भने, –ʻआजसम्म पनि हल हाउसफूल छ, यसअगाडिका सबै रेकर्ड ब्रेक हुने संकेत छ ।ʼ चलचित्र ʻछक्का पञ्जाʼले १६ करोड कमाइ गरेको थियो, जुन नेपाली फिल्म उद्योगको अहिले सम्मकै धेरै कमाइ हो ।

ʻछक्का पञ्जा २ʼ ले १५ करोड कमाएकोे थियो । दीपाश्री निरौला निर्देशित ʻछक्का पञ्जा–३ʼ ले सामुदायिक विद्यालयमा हुने गरेको बेथितिलाई उदाङगो पारेको छ । चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे ९माग्ने बुढा०, जितु नेपाल ९मुन्द्रे०, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ ।





Leave a comment

Your email address will not be published.


*