ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यू

          |   प्रकाशित मितिः शुक्रबार, कार्तिक ९, २०७५     ::: 17 पटक पढिएको   |  

दैलेख, कात्तिक ९ – दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ३ को भुवाटाकुरेमा विहीवार राति भएको ट्रयाक्टर दुर्घटनामा चालक सहित २ जनाको मृत्यू भएको छ ।
दुर्घटनामा मृत्यू हुने सो नगरपालिका वडा नं. ४ का २९ वर्षका चालक नरेश भन्ने नन्दबहादुर शाही र वडा नंं. ३ की १९ वर्षीया मनिषा शाहीको मृत्यू भएको प्रहरीले बताएको छ ।
चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ६ स्थित पादुका खोलाबाट बालुवा लिएर चामुण्डा माध्यमिक विद्यालयमा जाँदै गर्दा भे १ त ३७४२ नम्बरको ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
ट्याक्टरमा चालकको घटना स्थलमा र मनिषा शाहीलाई उपचारको लागि दुल्लू ल्याउदै गर्दा बाटोमा मृत्यू भएको स्थानीय खगेन्द्रबहादुर थापाले बताउनुभयो ।
दुर्घटनामा मृत्यू हुने चालक नरेश भन्ने नन्दबहादुर शाही चामुण्डाबिन्द्रासैनी नगरपालिका वडासदस्य हुकुमबहादुर शाहीका कान्छा छोरा हुन् । मनिषा शाही चाहिं हाडाकोटस्थित स्वास्थ्य चौकीमा कार्यरत अनमी हुन् ।
सहचालक चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का १८ वर्षीय दीपु बिकले भने दुर्घटनाकै बेला हाम्फालेर ज्यान जोगाएका छन्, उनी सकुशल रहेको बताइएको छ ।





Leave a comment

Your email address will not be published.


*