मदिरा नियन्त्रण गर्न सामूहिक प्रतिबद्धता

          |   प्रकाशित मितिः सोमवार, कार्तिक १२, २०७५     ::: 32 पटक पढिएको   |  

दैलेख कात्तिक १२ ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाका राजनीतिक दलहरुहरुले गाउँमा मदिरा नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका छन । आज चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादु्र शाहीको अध्यक्षतामा बसेको सर्वदलिय बैठकमा चामुण्डाविन्द्रासैनीलाई मदिरा सेवन र बेचविखन तथा जुवातास नियन्त्रण गर्ने सामुहिक प्रतिवद्धता गरिएको हो ।
बैठकमा राजनीतिक दलका नेताहरुले सामाजिक रूपान्तरण अभियानमा चामुण्डाविन्द्रासैनी नगरपालिकाले शुरु गरेको अभियान सकारात्मक भएको बताएका छन् । यसले मुलुकलाई समृद्ध बनाउने लक्ष्यमा ठूलो सहयोग पु¥याउने बैठकका सहभागीहरुले बताएका छन् ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाकाले गत असार ३१ गते नगरसभाबाट मदिरा नियन्त्रण कार्यविधि पास गरि मातहतका सबै वडामा मदिरा नियन्त्रण सम्बन्धि अभियान सञ्चालन गर्ने तयारी गरेको छ । गाउँगाउँमा भेला र बैठकको माध्यमबाट मदिरा नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गर्दै नगरलाई मदिरा र जुवातास नियन्त्रण क्षेत्र बनाउने तर्फ अघि बढ्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले बताउनुभयो ।

तत्काल नगरपालिकाका सबै वडाहरुमा पनि मदिरा र जुवातास नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिने उहाँको भनाई छ । ‘अभियानलाई सुरुमै निषेधित रुपमा नभई नियन्त्रित अभियानका रूपमा अघि बढाउनेछौँ’ नगर–प्रमुख शाहीले भने, ‘अभियानलाई सुरुमा नै निषेधित रूपमा अघि बढाउँदा सफलता पाउन नसकिने देखिएकाले नियन्त्रित अभियानका रूपमा घोषणा गरेर बिस्तारै निषेधित क्षेत्रका रूपमा अघि बढाउनेछौँ ।’





Leave a comment

Your email address will not be published.


*