दैलेखमा तीन दिन विद्युत अवरुद्ध हुने

          |   प्रकाशित मितिः बिहिबार, कार्तिक १५, २०७५     ::: 14 पटक पढिएको   |  

दैलेख कात्तिक १५ ।
दैलेखमा तीन दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दैलेखले दिएको जानकारी अनुसार आज भोली र पर्सि (१५,१६ र १७ गते) गरि तीन दिन सम्म विद्युत सेवा अवरुद्ध हुने भएकोे हो । कोहलपुर सुर्खेतको बिचमा मर्मत कार्य गर्नुपर्ने भएकोले विद्युत सेवा अबरुद्ध हुने वितरण केन्द्र दैलेखले जनाकारी दिएको हो । तीन दिन सम्म विहान ९ बजे देखि साँझ ५ बजे सम्म विद्युत अवरुद्ध हुने कार्यालयले जनाएको हो । त्यसबाहेकको समयमा भने विद्युत सेवा नियमित हुने वितरण केन्द्र दैलेखले जनाएको छ ।





Leave a comment

Your email address will not be published.


*