निर्मला ! हामी बाँचेका नारीहरू सन्त्रस्त छौं !

        राधा पोखरेल   |   प्रकाशित मितिः शुक्रबार, कार्तिक १६, २०७५     ::: 42 पटक पढिएको   |  

प्रधानमन्त्रीज्यू ! हत्यारालाई कारवाही गर्दा सिंहासन संकटमा पर्छ ?

राधा पोखरेल

प्रिय बहिनी निर्मला ! पुनः एकपटक भावपूर्ण श्रद्धाञ्जली ! बलात्कारपछि तिम्रो हत्या भएको आज ठीक सय दिन पुगेको छ । तर, आजसम्म तिमीले न्याय पाउन सकिनौ । न्यायका निम्ति तिम्रो आत्मा भड्किरहेको छ । तिम्रा बा-आमा रूँदारूँदा सुकेर सिठ्ठो भइसक्नुभयो । सरकार आलटाल गरिरहेको छ । सरकारले कतै नमिता-सुनिता काण्डकै पुनरावृत्ति गराउन खोजेको त होइन रु सर्वत्र शंका चुलिएको छ ।

साउन १० गते घरबाट निस्केकी तिमी भोलिपल्ट ११ गते घर नजिकै उखुबारीमा मृत भेटियौ । घटना सामान्य थिएन । साक्षी कोही नभए पनि बलात्कारपछि तिम्रो हत्या भएको कुरा तत्कालै पुष्टि भयो । को होला बलात्कारी रु को होला हत्यारा रु खोजी हुनु स्वाभाविक थियो । खोजी भयो । ती बलात्कारी हत्याराको खोजी तिम्रा बा-आमाले गर्नुभयो, आफन्तजनले गरे, समाजले गर्‍र्यो र अन्ततः देशले नै गर्‍यो । गरिरहेको छ । तर, अचम्म ! अहिलेसम्म हत्यारा फेला परेको छैन ।

प्यारी बहिनी ! तिमीलाई बलात्कार गर्ने बलात्कारीलाई, तिम्रो हत्या गर्ने हत्यारालाई यो सय दिनमा सरकारले चाहेको भए यो लोक त के कुरा, बाँकी तीनै लोकमा खोजेर भए पनि कार्वाही गर्न सक्थ्यो । तर बहिनी, यो सरकार तिमीलाई बलात्कार गर्ने बलात्कारीलाई सायद लुकाउन चाहान्छ । तिम्रो हत्या गर्ने हत्यारालाई सायद छुपाउन चाहान्छ । यो सरकारको हर्कत देखेर मेरो शीर लज्जाले निहुरिएको छ । बहिनी, यस्तो देशको नागरिक बन्न अभिशप्त यो दिदी, तिमीसँग क्षमा माग्न चाहान्छे । कृपया मलाई क्षमा देऊ ।

तस्वीरहरूमा जब म तिम्रो १३ बर्षे कल्कलाउँदो शरीर देख्छु, निर्दोष अनुहारमा निश्चल मन्द मुस्कान हेर्छुस् तब म पागल हुन्छु । तिम्रा सरहरूले, तिमी असाध्यै अनुशासित, मिलनसार र लगनशील थियौ भन्नुभएको कुरा सम्झन्छु । २ कक्षादेखि एउटै बेन्चमा बस्दै आएकी तिम्री जिक्री जानकीले तिम्रो सम्झनामा बगाएको आँसु सम्झन्छु । जानकीले भक्कानिएर ‘उनी नहुँदा पढ्न मनै लाग्दैन, स्कूल पनि नआउँजस्तो लाग्छ’ भनेको कुरा सम्झन्छु । प्यारी निर्मला १ जब यी कुराहरू एकएक गरी सम्झन्छु, तब म साँच्चै पागल हुन्छु ।

निर्मला पन्त हत्याका सय दिनः न्यायको आशा जिवितै
प्यारी बहिनी १ दशैं भर्खरै सकियो । तिम्रो निधारमा रातो टीका र जमरा कति सुहाउँथ्यो होला ह कि रु तिम्रो छुनुमुनुले कति खुशी ल्याउँथ्योहोला घरमा रु कति रमाइलो हुन्थ्योहोला दशैं रु तिम्रा आमा-बा, आफन्त, साथी-सङ्गी कति खुशी हुन्थे होलान् रु सबभन्दा बढी त तिमी झन कति धेरै खुशी हुन्थ्यौ होली रु निर्मला ! आज हेरन, न त घरमा दशैं रु न त रातो टीका रु न त कुनै खुशी र उमंग रु मध्य दिनमा सूर्य अस्ताएजस्तै भएको छ बहिनी तिमी नहुँदा । तिम्रा आमा-बा आँशुमा डुबेका छन् । तिम्रो न्यायको निम्ति अहोरात्र भौंतारिएका छन् । हामी सबै तिम्रो शोकमा कान्तिहीन भएका छौं ।

तर, बिडम्बना १ देशका राष्ट्रपति, प्रधानमन्त्रीले चाहिँ महारानी र महाराज, साँच्चै आफूलाई राजा, रानी नै ठानेका हुन् कि रु मानौं देशमा केही भएको छैन । निर्मलाहरूले न्याय पाइसके । सब ठीकठाक भइसक्यो । हाय ! कति क्रुर हुँदोरहेछ मन रु आफ्नै सन्तानको हत्यामा पनि नदुख्ने रहेछ मुटु । नरसाउने रहेछन् आँखा । शासक हुनु भनेको मानवता गुमाउनु हो र रु कि अझ बढी मानवतावादी हुनु हो ?

तिम्रा साथीहरूको अनुसार भविश्यमा तिमी असल शिक्षिका वा नर्स बन्न चाहान्थ्यौ रे । तिमी आफ्नो सपनाअनुसार भविश्यमा शिक्षिका वा नर्स पक्कै बन्थ्यौ नै । तर निर्मला, बलात्कारी हत्याराले तिम्रो स्वणिर्म सपना सधैँका लागि समाप्त गरिदियो । समाजमा एउटा भयानक सन्त्रास पनि रोपिदियो । साँच्चै निर्मला १ यो समाजमा खरपाखोको डढेलोझैँ फैलिरहेको बलात्कार, हत्या, महिला हिंसा देखेर हामी बाँचेका सबै नारीहरू सन्त्रस्त छौं ।

अँ साँची १ तिमीले पढेको स्कूल सरस्वती उमाबि, खोल्टीमा तिम्रो कक्षा कोठा अगाडि तिमीले कोरेका केही चित्रहरू पनि छन् रे । कस्ता होलान् ती चित्रहरू रु मनैदेखि हेर्ने इच्छा छ । तर, हेर्न जान समयले साथ दिइरहेको छैन । मेरो अनुरोध छ स्कूलका सर, म्यामहरूलाई- कृपया निर्मलाको कला नष्ट नगरिदिनु होला । उनको हत्या भए पनि उनको कला बाँचिरहनुपर्छ ।

निर्मला नेपालकी नाइटिंगेल हुन सक्थिन् । मदर टेरेसा बन्न सक्थिन् । विश्वविख्यात भिञ्ची हुन सक्थिन्, पिकासो बन्न सक्थिन् । सरकार १ निर्मला अर्थात् नानीहरू देशका भविश्य हुन् । भविश्यको सुन्दर संसार श्रृष्टि गर्ने सर्जक हुन् । उनीहरूको सुरक्षा गर सरकार । उनीहरू बलात्कृत हुनबाट बचाऊ । उनीहरू अपहरण हुनबाट बचाउ । उनीहरू मारिनबाट रोक । उनीहरूमाथि एसिड आक्रमण हुन नदेऊ । सरकार १ नारी हिंसा हद भयो । नारी हिंसा रोक ।

प्रधानमन्त्रीज्यू १ निर्मलाको हत्यारालाई कार्बाही गर्दा के तपाईंको सिंहासन संकटमा पर्छ रु पर्छ भने पनि तपाईंले निर्मलालाई न्याय दिनैपर्छ । तपाईंले अपराधी पत्ता लाग्न बाह्र बर्ष लाग्नसक्छ भनेर गैरजिम्मेवार जबाफ दिन पाउनुहुन्न । यो न्याय र अन्यायको लडाईं हो । निर्मला एउटी पात्र हुन् । समाजमा अन्यायमा पिल्सिरहेका हजारौं( लाखौं निर्मलाहरू छन् । उनीहरूले राज्यबाट न्याय पाउनैपर्छ । राणाकालमा अरूणको जलराशीमा योगमाया र उनका सयौं अनुयायीहरूले जलसमाधि लिएझैं आज नेपाली नारीहरूले जलसमाधि लिनेवाला छैनन् । बरू एक्काईसौं शताब्दीको महाभारत लड्न तयार छन् ।

नागरिकलाई ढाँट्नु र ठग्नुको पनि त सीमा हुन्छ । घटना घट्यो साउन ११ गते । आन्दोलनको आँधी सामना गर्न नसकेर २५ दिनपछि भदौ ४ गते मानसिक सन्तुलन गुमाएको ब्यक्तिलाई अपराधी यही हो भन्दै सार्वजनिक गर्छ सरकार । नागरिकलाई भेडो सम्झेको कि भेडो बनाउन खोजेको रु कञ्चनपुरलगायत देशभरि ‘निर्मलाका निम्ति न्याय’ भन्दै सडकमा न्याय खोज्न आएका लाखौं नागरिकहरू पागल हुन् रु ‘निर्मलाका निम्ति न्याय’ भन्दै जीवन बलिदान गर्ने सन्नि खुना सन्काहा हुन् रु जवाफ चाहियो प्रधानमन्त्रीज्यू ।

सधैँ हामी सरकारको चटक हेर्न अभिशप्त छैनौं । गृहमन्त्रीज्यू १ जनताको कठघरामा उभिएर जवाफ दिनुस् बम दिदीबहिनीलाई समाउँदै छाड्दै किन गरेको रु प्रमाण नष्ट गर्ने प्रहरीलाई बेलैमा बर्खास्त किन नगरेको रु त्यति कमजोर उच्चस्तरीय छानविन समिति किन बनाएको रु

सरकार १ एउटा सामान्य मान्छेले पनि बुझ्ने कुरा के हो भने जसको घरमा १० गते निर्मला गइन्, उनीहरूलाई घटनाबारे केही न केही पक्कै थाहा छ । उनीहरू कहाँ छन् अहिले रु उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्दैन रु

प्रमाण नष्ट गर्ने प्रहरीहरूलाई जागिरबाट बर्खास्त गर्नु विभागीय कार्वाही हो । उनीहरूको विभागीय कार्वाहीले निर्मलाले न्याय पाउँछिन् रु के उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्दैन रु के दुईजना प्रहरीको जागिरसँग निर्मलाको न्याय साट्न खोजेको हो रु गम्भीर शंका उत्पन्न भएको छ ।

प्रधानमन्त्रीज्यू ! तपाईंको सात महिना आन्तरिक कचिङल र उखानटुक्कामै बिते । तपाईंको सात महिने कार्यकाललाई हामी नागरिकले कसरी सम्झने रु जस दिएन भन्नुहुन्छ । सहयोग गरेन भन्नुहुन्छ । गुनासाका गीत गाउँदै हिँड्नुहुन्छ । एकचोटि आफूले गरेका कामहरू सम्झिहेर्नुस् त !

तपाईं कहिले पञ्चायती शैलीमा प्रतिपक्षीहरूलाई ठेगान लगाउन खोज्नुहुन्छ, कहिले कालो अरिंगाल बनेर बिरोधीहरूलाई टोक भन्नुहुन्छ । संसार हल्लाउने स्वरमा ३३ किलो सुन तस्करी समाउने शंखघोष गर्नुहुन्छ । ठूलो माछा र सानो माछाको कुरा आएपछि एकाएक कुरबाट हात झिक्नुहुन्छ । सार्वजनिक यातायातको सिन्डिकेट हटाउने घोषणा गर्नुहुन्छ । तर, अन्त्यमा आफैँले निर्णय सामसुम पार्नुहुन्छ । कम्युनिस्ट हुँ भन्दै शिक्षा र स्वास्थ्यमा खुलेआम ब्यापार गर्नुहुन्छ । महंगी, कालाबजारी, कमिसन, भ्रष्टाचार, बलात्कार, हत्या, एसीड आक्रमण र महिलाहिंसाको त कुरै नगरौं । यी ‘महान काम’ अरू कसैले गरेका हुन् र प्रधानमन्त्रीज्यू ?

तपाईंले दिनदिनै सपनाको सूची थपेर देश समृद्ध हुँदैन । देशमा शान्ति सुरक्षा आउँदैन । कृपया, अहिले रेल र पानीजहाजको कुरा छाडिदिनुस् । घरघरमा ग्यास पाइपको कुरा पनि बन्द गर्नुस् । सबभन्दा पहिला कम्तिमा ढुक्कसँग बाँच्न त दिनुस् । त्यसपछि बाँकी कुरा गर्दै गरौंला । अब तपाईंको उखानटुक्काले देश बन्दैन । सुझाव छ प्रधानमन्त्रीज्यू तपाईंलाई- बोल्नुभन्दा अघि २० चोटि सोचेर मात्र बोल्ने गर्नुस् । आफूले बोलेको कुरा बिष पिएर भए पनि पूरा गर्नुस् ।

अन्तमा,

प्रिय बहिनी निर्मला ! नागरिकहरू सधैँ निम्छरो बनिरहँदैनन् अब । तिमीले न्याय पाउनु पर्छ । हामीले न्याय पाउनुपर्छ । राज्यले नागरिकलाई न्याय दिनैपर्छ । तिम्रो न्यायको निम्ति, हाम्रो न्यायको निम्ति हामी घर बाहिर निस्किसकेका छौं । हामी मैदानमा छौं । विश्वास गर बहिनी, अब हामी न्याय नलिई रित्तो हात घर र्फकदैनौं । तिम्रो साथमा हामी छौं । न्याय मर्न दिदैनौँ । हामी अन्तसम्म भनिरहने छौं । भन्ने मात्र होइन, लडिरहने छौं । निर्मलाको निम्ति न्याय ! हाम्रो निम्ति न्याय !! नेपालीको निम्ति न्याय !!!





Leave a comment

Your email address will not be published.


*