कम्युनिष्टको नीति र विधिलाई जसले तलमाथि गर्छ उसको ज्यान खतरामा पर्छ : झलनाथ खनाल

          |   प्रकाशित मितिः बिहिबार, कार्तिक २२, २०७५     ::: 48 पटक पढिएको   |  

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट पार्टीको नीति र विधि जसले तलमाथि गर्छ उसको ज्यान खतरामा पर्ने सुझाएका छन् ।  कम्युनिष्ट पार्टीको जीउ भनेको नै नीति र विधि भएको बताउँदै  खनालले यसलाई जसले तलमाथि गर्छ उसको ज्यान खतरामा पर्ने बताएका हुन् ।

खनालले नीति र विधिअनुसार पार्टी चल्नुपर्नेमा जोड दिए ।उनले अघि थपे,“एकता गर्ने कुराहरुमा ढिलाई भैरहेको छ । ६ महिनाअघि हामीले एकताको घोषणा गरेको हो । तर, ६ महिना पार हुँदापनि अझै एकताको प्रक्रिया टुँग्गिएको छैन् । यो ढिला भएको छ । चाँडोभन्दा चाँडो एकतावद्ध गरेर अघि बढ्नुपर्छ ।”

अहिले नेकपाभित्र अत्यन्तै नीतिनिष्ठ, सिद्धान्तनिष्ठ, विचारनिष्ठ, लक्ष्यनिष्ठ एकताको आवश्यकत्ता पनि उनले औंल्याए । उनले भने,“नेकपाभित्र मात्रै होइन, प्रतिपक्षी दल र सम्पूर्ण राजनीतिक शक्तिहरुकाबीचमा बृहत्त एकताको आवश्यकत्ता छ । सिँगो राष्ट्रमा एकताको आवश्यकत्ता छ । एकतावद्ध भएर गयौं भनेमात्रै यो देश विकास हुन्छ । समृद्ध हुन्छ । पहिलो आवश्यकत्तापनि एकता हो । दोस्रो आवश्यकत्ता पनि एकता हो । र, तेस्रो आवश्यकत्ता पनि एकता हो ।”

मुलुक अब विकास र समृद्धि हुने कुरामा शंका नगर्न खनालले आग्रह गरे । उनले भने,“विकास र समृद्धि विल्कुलै सम्भव छ । देश अहिले ऐतिहाँसिक चरणमा प्रवेश गरेको छ । देशमा क्रान्तिको युगलाई, संघर्षको युगलाई, हड्तालहरुको युगलाई पारत गरेर यहाँसम्म आएका छौं । नयाँ संविधान बनायौं । संविधानबमोजिम निर्वाचन गर्यौं । अहिले तीन तहको सरकार निर्माण गरेका छौं । तीनै तहका सरकारका मुख्य काम भनेको नै यो मुलुकको विकास गर्ने हो । आर्थिक रुपान्तरण गर्ने र देशलाई समृद्धितर्फ अगाडि बढाउने नै हो ।”

समृद्धिका पाईलाहरु भर्खर भर्खरै चल्न थालेको र ती पाईलाहरुमा अझै बेग थप्न जरुरी रहेको उनको भनाई छ । उनले भने,“अझै गति थप्न जरुरी छ । अझै प्रभावकारिता थप्न जरुरी छ । तर, हामी त्यो दिशातर्फ अगाडि बढ्न थालिसक्यौं ।”

अहिले देश र सम्पूर्ण जनताले चाँडोभन्दा चाँडो विकास र समृद्ध चाहेको सुनाउँदै उनले भने,’सिँगो राष्ट्र अहिले सरकारले समृद्धिको लागि चाँडो काम गरोस भन्ने चाहन्छ । हामी लामो समयदेखि गरिबीमा छौं । र, त्यो गरिबीबाट हामी मुक्त हुन चाहन्छौं । विभिन्न किसिमका बेरोजगारीहरु छन् । ती समस्याहरु हल गर्नुपर्छ । परनिर्भरताबाट हामी मुक्त हुन चाहन्छौं । विभिन्न किसिमका रोग, व्याधहरु छन् । तीबाट यो समाज मुक्त हुन चाहन्छ । चाँडो विकास होस् । नयाँ नयाँ परिवर्तनहरु ल्याओस भन्ने जनचाहना छ । जनचाहनाअनुसार काम गर्न र समृद्धि हाँसिल गर्नको लागि यो सरकारले अझै वेगका साथ काम गर्नुपर्छ । अहिलेको गतिले पुग्दैन् । त्यो भन्दा तिव्र गतिले अघि बढ्नुपर्छ । अझै तिव्रता र प्रभावकारिताका साथ काम गर्न सकियो भनेमात्रै युगले यो सरकारलाई बोकाएको उत्तरदायित्व पूरा गर्न सकिन्छ । हाम्रो खवरमा खवरछ  .





Leave a comment

Your email address will not be published.


*