जीप दुर्घटना अपडेटः मृतकको संख्या चार पुग्यो

          |   प्रकाशित मितिः बुधबार, मंसिर १२, २०७५     ::: 25 पटक पढिएको   |  

दैलेख मंसिर १२ ।

दैलेखको ठाटीकाँध गाउँपालिकामा आज विहान भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको थियो । घटना स्थलमै मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका वडा नंं १ का ३० वर्षिया निर्मल बम, वडा नं.३ का ४७ वर्षिया राजेन्द्र बहादुर शाही र ठाटीकाँध गाउँपालिका वडा नं. २ का सवारी चालक रमेश शाही रहेका छन् । मृतक राजेन्द्र शाही नेपाली कांग्रेसका वडा सभापति समेत हुन् ।

दुर्घटनामा परी गम्भिर घाइते भएका चार जनालाई उपचारका लागि सुर्खेत लैजादैँ गर्दा विच बाटोमा थप एक जनाको मृत्यु भएको छ । उपचारका लागि सुर्खेत लैजादै गरेका मध्ये मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका वडा नं. ३ का रत्ना शाही रहेको ठाटीकाँध प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक तिलक शाहले जानकारी दिनुभयो । उनको उपचारका लागि लैजाँदै गर्दा मटेलामा मृत्यु भएको हो ।

मंगलवार सुर्खेतबाट आएर स्थानीय मटेला भन्ने स्थानमा बसेको भे १ च २२०७ नम्बरको बोलेरो जिप आज विहान मात्रै ठाटीकाँध गाउँपालिका –३ बाहाँकोट तर्फ जान लागेको प्रहरी सहायक निरिक्षक शाहले बताउनुभयो ।
शाहका अनुसार जीप दुर्घटनाको मुख्य कारण खुल्न नसकेपनि उकालो सडकमा जीप अगाडी वढ्न नसकेर पछाडी तर्फ गुडेकोका कारण दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । जीप करिब ३ सय मिटर तल खसेको प्रहरी सहायक निरिक्षक शाहले जानकारी दिनुभयो । ठाटीकाँध गाउँपालिका–३ का वडा सदस्य कर्ण बहादुर बोगटीका अनुसार जीप ठाटीकाँध गाउँपालिकाको पिपलचौतारा धामीगाउँ नजिक दुर्घटनामा परेको हो । बोलेरो जीपमा ८ जना सवार रहेको ठाटीकाँध प्रहरी चौकीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा ठाटीकाँध १ का २८ बर्षिया समशेर बम, ३० बर्षिया युद्ध सूची, ठाटीकाँध– ४ का दिलिप शाही र २८ बर्षिया मनिश राष्कोटी रहेका छन् । घाइतेहरुको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ ।





Leave a comment

Your email address will not be published.


*