जीप दुर्घटनामा पाँच जनाको मृत्यु

          |   प्रकाशित मितिः बुधबार, मंसिर १२, २०७५     ::: 39 पटक पढिएको   |  


दैलेख मंसिर १२ ।
दैलेखको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिकामा आज जीप दुर्घटनामा भएको छ । सुर्खेत देखि ठाँटिकाँध गाउँपालिकको बाहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप सोहि गाउँपालिकाको वडा नं.३ सुईया विशालामा दुर्घटना भएको थियो । जीप दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जीपमा सवार ८ मध्ये ठाँटिकाँध गाउँपालिका वडा नं.३ का राजेन्द्र शाही, वडा नं. १ का निर्मल बम, वडा नं. २ का चालक रमेश शाही, वडा नं. ४ की रत्ना शाही, वडा नं. ४ का दिलिप शाहीको मृत्यु भएको ठाटीकाँध प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक तिलक शाहले बताउनुभयो ।
दुर्घटनामा परी ठाँटिकाँध गाउँपालिका वडा नं. १ का जुध सुजी, वडा न. २ का शमशेर बम र वडा नं. ३ का मनिसा राष्कोटी घाइते भएको ठाटीकाँध प्रहरी चौकीले जनाएको छ । जीप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरी सहायक निरिक्षक शाहले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएका तीन जनालाई थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ । शाहका अनुसार जीप दुर्घटनाको मुख्य कारण खुल्न नसकेपनि उकालो सडकमा जीप अगाडी बढ्न नसकेर पछाडी तर्फ गुडेकोका कारण दुर्घटना भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीप स्थानीय मटेलामा रहेको होटल पञ्चकोशीका संचालक मिन बहादुर शाहीको हो । दुर्घटनामा मृतकहरुको शव पोष्टमार्टमका लागि दुल्लु अस्पताल पु¥याइएको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले बताउनुभयो ।





Leave a comment

Your email address will not be published.


*