गर्भ रुन्छ !

          |   प्रकाशित मितिः बुधबार, मंसिर २६, २०७५     ::: 291 पटक पढिएको   |  

सुनिता बस्रनेत

ठुला ठुला टाउकाहरु,
माला अनि खाकाले छोपेका गलाहरु ।
अविरले पोतेका अनुहारहरु देख्छु,
खै के का लागि हुन्, यी उत्सबहरु ?
नेपथ्यबाट मात्रित्व चिच्याउंछिन्,
खै किन जन्माएछु यी कपुतहरु ?
छोरी, बहिनी अनि भतिजीको,
अंगमा समेत खेल्न सक्ने पिपासुहरु ।
एउटी आमाको छोरी हरिंदा पनि,
नदेखेको नाटक गर्ने अरु आमाहरु ।
संगै खेल्ने दमली चुंडिदा पनि,
अनभिज्ञ भए जस्तो गर्ने अरु छोरीहरु ।
सायद कुनै दिन,
ति आमाहरु नै भोगिन नपरोस् ।
ति छोरीहरु शिकार बन्न नपरोस्,
ऑखामा पट्टी बॉधेर नै उभिने भो ।
न्यायमुर्तीको ढलपल तराजुहरु,
चसक्क कोख दुख्छ ।
धुरुधुरु गर्भ रुन्छ,
अनि बाचा गर्छ ।
अब जन्माउने छैन कुनै सिताहरु,
न त जन्माउने नै छु दुर्योधनहरु ।
साहसको विउ रोपेको छु,
जन्माउनलाई दुर्गा अनि कालिहरु ।
आफ्नो रक्षा आफै गर्छन् अब,
मेरा कोखबाट निस्कने चण्डीहरु ।





Leave a comment

Your email address will not be published.


*