निधारमा कालो पट्टी, कलम बन्द !

          |   प्रकाशित मितिः मङ्लबार, पुस ३, २०७५     ::: 221 पटक पढिएको   |  

क्पाप्सन – कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिकामा कार्यरत कर्मचारीहरु ।

सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेश मार्फत पेशागत स्थायित्व नभएको भन्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । स्थानीय तहमा कार्यरत अस्थायी, करार, ज्यालादारी तथा सामाजिक परिचालकहरुले विभिन्न माग राख्दै आन्दोलित भएका छन् । मंगलबार विभिन्न स्थानीय तहका कार्यरत कर्मचारीहरुले कालो पट्टी बाँधेर विहान १० बजे देखि १२ बजे सम्म कलम बन्द गरेका थिए भने  भाेली विहान १० देखि २ बजे सम्म कालोपट्टी बाँधेर कलम बन्द गर्ने स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समिति दैलेखले जनाएको छ ।

तस्विर – ज्वाला संदेश





Leave a comment

Your email address will not be published.


*