बेरोजगार युवालाई मोटर ड्राइभिङ्ग तालिम

          |   प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५     ::: 142 पटक पढिएको   |  


दैलेख २७ पुस ।
बेरोजगार युवाहरुको आयआर्जन तथा जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले डुङ्गेश्वर गाउँपालिका वडा नं. २ लाँकुरीमा ४५ दिने मोटर ड्राइभिङ्ग तालीम शुरु भएको छ । डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीको सहयोग समन्वय र साझेदारी तथा घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय दैलेखको आयोजनामा उक्त तालिम सुरु भएको हो ।


तालिममा डुङ्गेश्वर–२ लाँकुरीका ९ जना दलित, ६ जना जनजाती र १५ जना अन्य जातीका युवा गरी ३० जना बेरोजगार युवाहरु सहभागी रहेको डुङ्गेश्वर गाउँपालिका २ का वडाध्यक्ष राजु कुमार खत्रीले बताउनुभयो । बेरोजगार युवालाई स्थानीय स्तरमै रोजगार सृजना गर्ने र उनीहरुको आयस्रोतमा समेत वृद्धि गर्ने लक्ष्यका साथ तालीम सञ्चालन गरिएको वडाध्यक्ष खत्रीको भनाई छ ।





Leave a comment

Your email address will not be published.


*