‘दैलेख नेपालको खुला संग्राहलय’

        हिक्मत बहादुर नेपाली   |   प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५     ::: 303 पटक पढिएको   |  

 
दैलेख पुस २७ ।
दुल्लु राम्रो ति कृर्ति खम्ब, दैलेख राम्रो गढि
का पुगेर के फल खान्छौ, कठ्ठै मैना चरी,
भुर्ती राम्रो ति पञ्चदेवल, दैलेख राम्रो गढि,
आफ्नै देश बिरानो भयो खठ्ठै मैना चरी ।
माथीका यि लोकभाकाका हरफले दैलेख सांस्कृतिक ईतिहासका लागि महत्वपूर्ण जिल्ला हो भनेर पुष्टि गर्छ । सत्य युगमा यस क्षेत्रमा देवताहरुको वासस्थान रहेकाले देवलोक हुँदै दैलेख हुन गएको भन्ने जनविश्वास, दधिचि नामक महर्षीले तपस्या गरेको लेक भएकाले दधिचि लेक हुँदै कालान्तरमा अप्रभंस हुँदै दैलेख नामाकरण भएको मान्यता र यस क्षेत्रका किसानहरुले खेती किसानी गर्ने र गाईभैसी पालन गर्ने भएकाले दुःध दहिहरु प्रसस्त मात्रामा पाइने भएकाले दहिलेख हुँदै दैलेख हुन पुगेको हो भन्ने जनविश्वास रहेको दैलेखमा मात्र करिब ३ सय बढि सम्पदाहरु छन् ।
नेपालको काठमाण्डौ र लुम्बिनी पछि सर्वाधिक सम्पदाहरुको जिल्ला मानिने दैलेखलाई नेपालको खुला विश्वविद्यालय मात्र होइन् खुला संग्राहलय भनेर उपनाम दिने गरिन्छ । प्राचिन सिंजा साम्राज्यको शितकालिन राजधानी दुल्लु तथा खस सिंजा साम्राज्यको अवशेसहरु अझै पनि छन् । ढुंगे देवलहरु, ढुंगे खाँवाँहरु, रञ्जना लिपीका शिलालेखरु, अहिल्यै बोल्लान जस्ता मुर्ती र कलात्मक ढुंगे धाराहरु जस्ता सम्पदाहरुले विरताको गाथा बोकेको छ । जिल्लाको पञ्चकोशी क्षेत्रको निरन्तर बलिरहेको ज्वाला र यसै पञ्चकोशी तिर्थसंग जोडिएको १०८ शक्तिपिठहरुको छुट्टै धार्मीक महत्व बोकेको छ ।
२८ जातजातीको उद्गम थलोको रुपमा रहेको दैलेखमा युद्ध र युद्धको भव्यतालाई झल्काउनले गरी तयार गरिएको दैलेख सदरमुकामको पुरानो बजारमा रहेको कोतगढी अदुभत, अदम्यको सहास, सदियौ सम्म अडिक भएर ईतिहासलाई वर्णन गरी बनाइएको ढुंगै ढुंगाको कोतगढिले पुर्खाको बहादुरीलाई जिउँदो राखेको छ । कहिले र कसले निर्माण गरेको हो भन्ने एकिन तिथी मिति नभएपनि झण्डै २ सय मिटरको परिधिमा निर्माण गरिएको कोतगढी राज्य सुरक्षाका लागि निर्माण गरिएको किल्ला हो । पुतली आकारमा निर्माण गरिएको गढीको १३ वटा प्वाल र १३ वटै चुच्चाहरु छन् । तत्कालिन इन्जिनियरिंगको मात्र होइन दुरदर्शी झल्को दिने ऐतिहासिक कोतगढी न्यनतम् १ क्विन्टल देखि २० टन सम्मका ढुंगाको प्रयोग गरिएको छ ।

कोतगढीको ‘सुन्दरी र अर्गा’ तोप पुनस्र्थापनाको माग

दैलेख सदरमुकामको केन्द्रमै भएकाले पनि अन्तरिक तथा बाह्य पर्यटकहरुका लागि सजिलो छ । गढीको संरक्षण र संवद्र्धनको लागि पटक पटक आवाज उठिरहेको छ । त्यहि आवाज कोतगढिमै शुक्रवार आयोजित कार्यक्रममा पनि उठ्यो । नेपाली सेनाको स्वामित्वमा रहेको ऐतिहासिक कोतगढीमा पृथ्वी जयन्ती एंव राष्ट्रिय एकता दिवसको अबसरमा नेपाली सेना उत्तर पश्चम पृतना र ईन्द्रदल गुल्म दैलेखद्धारा आयोजित कार्यक्रममा दैलेखका स्थानीय नागरिकहरुले विभिन्न मागहरु राखे । राष्ट्रिय एकतामा प्रतिक पृथ्वीनारायण शाह र दैलेखको ऐतिहासिक कोतगढीलाई संरक्षण तथा सम्र्बद्धनका लागि भावी योजना तथा सम्भाव्यताबारे गरिएको कार्यक्रममा दैलेखका पत्रकार विशाल सुनारद्धारा प्रस्तुत प्रतिवेदनमा नेपाली सेनाको स्वामित्वमा रहेको कोतगढीलाई स्थानिय सरकार अथवा स्थानियलाई व्यवस्थापकिय जिम्मेवारी सहित हस्तान्तरण गरिनुपर्ने माग राखिएको छ ।
पुरातात्विक तथा कानुनि जटिलताहरु भए सानो आकारमा व्यवस्थापकिय समुह सहित सेनाकै रहोवरमा गढीको ऐतिहासीक ‘सुन्दरी र अर्गा’ तोपलाई पुन स्थापना गर्न माग समेत गरिएको छ । उक्त गढीमा परापूर्वकाल देखि नै ‘सुन्दरी र अर्गा’ तोप रहेको थियो । त्यसबेला वडादशै लगाएतका महत्वपूर्ण चार्डपर्वहरुमा तोपको बढाई पछि मात्र पुजाआजा तथा टिका थाप्ने कार्यको सुरुवात हुन्थ्यो । तत्कालिन अवस्थामा जिल्लामा रहेको ज्वाला दल गण दैलेखबाट सुर्खेत सरी जाने क्रममा उक्त तोपहरु सुर्खेत स्थान्तरण भएपनि हाल सम्म पनि दैलेख फिर्ता भएका छैनन् । ति तोपहरु तत्काल फिर्ता गरी कोतगढीको ऐतिहासिक गरिमा कायम गर्न तथा कोतगढिको पुरानो संरचना निर्माण गरी ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्ने नागरिक समाज दैलेखका अध्यक्ष खड्गबहादुर सिजातीले माग गर्नुभयो ।
यस्तै सुरक्षा तथा संरक्षण सहित कोतगढीको हप्ताको सातै दिन खुलाउनुपर्ने माग समेत राखिएको थियो । नेपाली सेनाको स्वामित्वमा रहेको ऐतिहासिक कोतगढीको गेट बन्द हुँदा आन्तरिक तथा बाह्य पर्यटकहरुले कोतगढी हेर्न पाउँदैनन् । यस्तै गढि क्षेत्रको ऐतिहासीकता, मौलिकताको मर्मलाई सम्मान गर्दै जिर्णोद्धार गरिनु पर्ने माग समेत राखिएको छ । जानकारहरुसंगको समन्वयमा गढीमा रहेका पुराना ३ वटा भवन, कोत गढिबाट रानिधारा सम्म जाने गुफा अथावा पदमार्ग स्थापना गरिनुपर्ने, लथालिंग तारवार र आस पास बन्ने कुरुप संरचनाहरुले गढिको सौन्दर्यमा ह्रास ल्याइरहेकाले त्यसको व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग छ ।
राष्ट्रिय एकता दिवसको अबसरमा नेपाली सेनाद्धारा आयोजित कार्यक्रममा उत्तर पश्चिम पृतनाका निमित्त पृतनापती अर्जुन श्रेष्ठले कोतगढी जुनसुकै निकायको स्वामित्वमा रहेपनि संरक्षण हुनुपर्ने बताउनुभयो । कोतगढीको गेट खुलाउन समस्या नरहेको बताउँदै निमित्त पृतनापती श्रेष्ठले भन्नुभयो ‘नेपाली सेनाले मात्रै रेखदेख गर्नुपर्ने हो भने हप्ताको दुई दिन गेट खुलाउन सकिन्छ, यहाँको स्थानीय तह नारायण नगरपालिकाले एक जना कर्मचारीको व्यवस्थापन गरेको खण्डमा हप्ताको सातै दिन विहान १० देखि साँझ ५ बजे सम्म कोतगढी खुलाउन सकिन्छ ।’ उहाँले नारायण नगरपालिकाले ल्याउने योजनामा सहयोग र समन्वय गर्न नेपाली सेना तयार रहेको बताउनुभयो ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले कोतगढीको संरक्षण तथा सम्र्बद्धनका लागि केन्द्र र प्रदेश सरकारलाई अनुरोध गरे पश्चात भौतीक संरचना निर्माणका लागि कर्णाली प्रदेश सरकारले चालु आर्थीक बर्षमा ४५ लाख रुपैयाँ विनियोजन गरेको बताउनुभयो । उहाँले नारायण नगरपालिकाले विनियोजन गरेको १० लाखले यसको गुरुयोजना निर्माण गर्ने र कर्णाली प्रदेश सरकारले विनियोजन गरेको ४५ लाख बजेटले जिर्णोद्धार गरिने धारणा राख्नुभयो । नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले कोतगढीको मर्मत सम्भार र पुननिर्माणको योजना सुनाउँदै कोतगढीमा आन्तरिक तथा बाह्य पर्यटक भित्याउन सके नगरको आन्तरिक आय बृद्धि हुने बताउनुभयो । त्यसअघि कार्यक्रमको उदेश्यबारे जानकारी गराउँदै ईन्द्रदल गुल्म दैलेखका गुल्मपति सुनिल कुमार मल्लले कोतगढी नजिकै रहेको बारुदखानामा बृक्षारोपण गर्ने योजना रहेको बताउनुभयो । उत्तर पश्चिम पृतनाका प्रमुख सेनानी राम बहादुर थापाले ऐतिहासिक सम्पदा संरक्षण र प्रर्वद्धनका लागि कानुन बाधक नहुने बताउनुभयो । ‘कोतगढीको संरक्षण तथा सम्र्बद्धनका लागि नगरपालिकाबाट गुरुयोजना निर्माण गरेर अगाडी बढ्नुस्, नेपाली सेना सहयोग र सहकार्य गर्न तयार छ, प्रमुख सेनानी थापाले भन्नुभयो ।’





Leave a comment

Your email address will not be published.


*