सरकारविरुद्ध दैलेख काँग्रेस सडकमा (फोटोफिचर)

          |   प्रकाशित मितिः सोमवार, माघ २१, २०७५     ::: 61 पटक पढिएको   |  

दैलेख माघ २१ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसले सरकार विरुद्ध सोमवार दैलेखमा विरोध प्रर्दशन गरेको छ । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको निणर्य अनुसार दैलेखमा पनि विरोध प्रर्दशन गरिएको हो । ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शन र विरोधसभा गर्ने कार्यक्रम तय भए अनुसार नेपाली काँग्रेस जिल्ला कार्यसमिति दैलेखको आयोजनामा दैलेख जिल्ला सदरमुकाममा विरोध प्रर्दशन र सभा गरेको हो । दैलेखमा गरिएको विरोध प्रर्दशनमा नेपाली काँग्रेस दैलेखका नेता कार्यकर्ता सहभागि थिए । प्रर्दशनकै क्रममा काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेको छ । दैलेखको स्थानीय गणेश चोकबाट सुरु भएको विरोध प्रर्दशन देवकोटा चोक नजिक सडकमै सभामा गरेको थियो । विरोध प्रर्दशनमा उनिहरुले निर्मलालाई न्याय देउ, महँगी, भ्रष्टाचार रोक जस्ता नाराहरु लगाएका थिए ।

विरोधका एजेन्डा
७७ वटै जिल्लामा काँग्रेसले गरेको विरोध प्रदर्शनमा निर्मला पन्त हत्या प्रकरणको निष्पक्ष छानबिन, वाइडबडी खरिदमा भएको घोटाला, ३३ किलो सुन काण्ड जस्ता विषयलाई प्राथमिकतामा राखेको थियो । साथै बूढीगण्डकी बहुउद्देश्यीय परियोजना विना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णय,भेनेजुएला प्रकरणमा सरकार र नेकपाले गरिरहेको अमेरिकाको विरोध, महँगी, भ्रष्टाचार तथा अनेकौँ जनविरोधी निर्णय विरोध प्रदर्शनको मुद्दा बनाएको थियो ।

भातृ सङ्गठन पनि सडकमा
काँग्रेसले आफ्ना भ्रातृ संगठनलाई पनि सडकमा उतारिसकेको छ । यसअघि नेपाल तरुण दलले सातै प्रदेशमा विरोध प्रदर्शन गरिसकेको छ भने नेपाल विद्यार्थी संघ र नेपाल महिला संघले पनि सरकारको विरोधमा प्रदर्शन गरेका छन् । आइतवार साझँ दैलेख सदरमुकाममा नेपाल विद्यार्थी संघले सरकारको विरोध स्वरुप राके जुलुस गरेको थियो । अन्य स्थानमा गरिएको प्रदर्शनका क्रममा नेविसंघले प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनेदेखि सरकारी गाडीमा तोडफोड र आगजनी समेत गर्दै आएको छ । यसअघि काँग्रेसले पहिलो पटक गत साउनको पहिलो साता सरकार विरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको थियो । त्यसबेला कानुनी शासनको खिल्ली उडाउँदै केन्द्र र प्रदेश सरकार मनोमानी ढंगले अघि बढेको काँग्रेसको आरोप थियो ।





Leave a comment

Your email address will not be published.


*