राउटे बालबालिका पनि पढ्छन् र ?

          |   प्रकाशित मितिः सोमवार, फाल्गुन ६, २०७५     ::: 111 पटक पढिएको   |  
निर्मल अधिकारी

झण्डै तीन दशक अगाडीको कुरा हो । जब म बालापनमा बाल विज्याई गर्थे त्यतिखेर राउटे आए भनेर मलाई मेरो बा आमा ले तर्साउने गर्नुहुन्थ्यो । मेरो घर नजिकै राउटे समुदायको वस्ति थियो । फोहरी मैलो कपडा, भाषा नबुझिने । काठबाट बनाइएका सामाग्री, कोसी, मधुस, ठेकी आदि बेच्दै उनीहरु हिड्ने गर्थे । त्यतिखेर उनीहरु पैसा छुदैन्थे र अन्न सँग साट्थे । पैसा छोयो भने पाप लाग्छ भन्ने जाती राउटे नै हो ।

म त्यतिखेर सुन्थे अन्य समुदायका बालबालिकालाई लियो भने हिंसा र काटमार गर्छ । उनीहरुसँग यस्तो जादु हुन्छ जुन मन्त्र लगाईसकेपछि मान्छे फेरी फर्केर घर आउदैन् । यती नानाधरी कुरा सुनेका हामी राउटेको नजिक कहिल्यै पर्दैन्थ्यौं । राउटेलाई देख्यो र राउटेको नाम सुन्यो भने कसैले नदेख्ने गरी घरको छेउको कुनामा लुक्ने बानी थियो ।
गत वर्षको कुरा हो म र मेरो साथी अमृत तिमेल्सेना पादुका फिल्ड अनुगमनबाट दैलेख बजार तर्फ फर्किरहेका थियौं । छामघाट खोलाको पुलमा एक दर्जन राउटे बालबालिका खेलीरहेका थिए । मलाई दया लागेर आयो । हामी बालअधिकारको कुरा गर्छौं जुन विद्यालय उमेर समूहका बालबालिका अहिले पनि विद्यालय बाहिर रहेर धुलोमाटोमा खेलीरहेका छन् । हो, उनीहरुको चेतनास्तर जंगली छ । हामी विभिन्न जनावरहरुलाई तालिम दिएर अपराध अनुसन्धानमा प्रयोग गर्न सक्छौं । र, प्रमाणीत पनि भएको छ विश्वका ठुला ठुला अपराधहरु तालिम प्राप्त जनावर बाट पत्ता लागेका छन् । आखिर उनीहरु जनावर त होइनन् । मानवनै हुन । यदी राज्यले लगानी गरेमा वा चाहेमा परिवर्तन गर्न सक्छ । किन हामीले यस्ता आदीवासी जनजातिको जीवन परिवर्तनका लागि काम गर्न सकेनौ । मेरो मनमा यस्तै प्रश्नहरुले खेलीरहे ।

लेखन र चित्रकला अभ्यास गर्दै राउटे वालवालिका

मलाई ति राउटे बालबालिकाहरुसँगै फोटो खिच्न मन लाग्यो । मैले फोटो खिच्छु भन्दा उनीहरुले पैसा मागे मैले दिन्छु भने । झोलामा राखेको मोबाईल झिकेर फोटो खिचेपछि एक सय रुपैया दिए । सायद उनीहरुले बाडेर केही खाए होलान् ।
फोटो खिचि सकेपछि हामी उकालो लाग्यो । पाली आईसकेपछि मलाई मोवाईलको याद आयो । ग्यालेक्सी सिक्स मोवाईल न मेरो झोलामा थियो न कुनै पकेटमा । हामीले अनुमान ग¥यौ ति राउटे बालबालिकाले लिए होलान भनेर । घाम अस्ताई सकेका थिए र झ्याउकीरीको आवाज सुनिन थालिसकेको थियो । हामीले सोच्यौ मोबाईल तिनै राउटे बालबालिकाले लिएको हुनुपर्छ ।
हामी सिधै राउटे वस्तिमा गयौ ।

लेखन र चित्रकला अभ्यास गर्दै राउटे वालवालिका

राउटे वस्ति सुनसान थियो । धिपधिपे वत्ति बलिरहेका थिए । तर, मान्छे कोही बोल्दैनथे । प्राय: उनीहरु बेलुकी सात बजेतिर नै सुतिसकेका हुदारहेछन् । एटा छाप्रोमा दाई दाई भनेर बोलायौ । उनी हल्लिदै उठे । सायद उनी मदिराले मस्त थिए । उनको आवाज सुनेपछि छिमेकका बालबालिका, महिला र अन्य सबै आएर हामीलाई घेरे । हामीले सोध्यौ उनीहरुले नाई छैन् भन्दै गए । ति बालबालिका हामी चिन्दैन्थ्यौ । मदिराले मत्त भएका ति राउटे समुदायको प्रतिप्रश्न र प्रतिकार देख्दा मलाई याद आयो बालविज्याई गर्दा राउटे आयो भनेर बालापनमा मेरा बा आमाले तर्साएको कुरा ।

लेखन र चित्रकला अभ्यास गर्दै राउटे वालवालिका

अहिले ति राउटे बालबालिकाले अक्षर लेखेको सुन्दा र देख्दा मलाई अनौठो लाग्छ । मैले सोचेको पनि थिईन् त्यसरी राउटे बालबालिकाले अक्षरसँग खेल्न सक्छन् र अक्षरलाई आफ्नो साथी सम्झन सक्छन् भनेर । उनीहरुको अहिले, त्यो पातलो र दुब्लो “क” सँग मितेरी गासिएको छ । मानौ उनीहरुले “क” सँग मितेरी गाँसेका छन् । उनीहरुले खेल्ने धुलोमा पनि “क” देखिन्छ र कापिमा पनि “क” देखिन्छ । “क” पछि आउने “ख” र “ख” पछि आउने “ग” सँग उनीहरु अभ्यस्त भईसकेका छन् । कसरी सिके राउटे समुदायका बालबालिकाले वर्ण अक्षर ।

लेखन र चित्रकला अभ्यास गर्दै राउटे वालवालिका

कसरी उनीहरुको वर्ण अक्षर सँग नाता गाँसियो । मैले सोचे निरन्तरको सिकाईबाट जनावरलाई त परिवर्तन गर्न सकिन्छ भने आखिर उनीहरु पनि त मान्छे हुन । केही नभए पनि उनीहरुसँग विवेक छ । उनीहरुको हृदय दया, माया र भावनाले भरिएको छ । चोट लाग्दा दुःख छ र उत्सव हुदाँ खुसी हुन्छ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा एईआईन लग्जेम्वर्गको सहयोग र गुराँस गाउँपालिका दैलेखको समन्वयमा सञ्चालित राउटे परियोजनाले लोपन्मुख आदिवासि राउटे समुदायको जीवनस्तर र चेतनामा परिवर्तन ल्याउन सहयोग गरेकोछ ।

लेखन र चित्रकला अभ्यास गर्दै राउटे वालवालिका

जब परियोजना सुरु भयो उनीहरुमा पनि विस्तारै परिवर्तन हुदै आयो । हिजो उपचार गर्न नमान्ने राउटेहरु अहिले उपचार गर्न सुरुवात गरे । हिजो कापि कलम छुन नमान्ने ति राउटे बालबालिका अहिले वर्णमालाका अक्षरसँग रमाईरहेका छन् । “क” सँग उनीहरुको साईनो गासिएको छ । “क” बाट कर्णबहादुर भन्न जानेका छन् । राज्यले यसरीनै लोपन्मुख आदिवासिको क्षेत्रमा लगानी गर्ने हो भने केही परिवर्तन गर्न पक्कै सकिन्छ । म देख्दैछु तीन दशक अगाडीको राउटे कुनै जंगली जनावर भन्दा कम थिएन् अहिलेकोे राउटे बुझेर पनि बुझ्पचाउने बुद्धिजीवि भन्दा कम छैन् ।





Leave a comment

Your email address will not be published.


*