मोबाइल बोक्ने सबै पत्रकार

          |   प्रकाशित मितिः शनिबार, फाल्गुन २५, २०७५     ::: 37 पटक पढिएको   |  

फणिन्द्र फुयाँल

जब सहरमा कुनै दुर्घटना हुन्छ, तब हरेक व्यक्ति हातमा मोबाइल लिएर फोटो र भिडियो खिच्न थाल्छन् । तस्बिर खिचेर सामाजिक सञ्जाल फेसबुक र युट्युबमा पोस्ट गर्ने सबैलाई हतार हुन्छ । मानौँ यहाँ सबै मोबाइलधारी पत्रकार हुन्, मोबाइल फोन पत्रकारिताको मुख्य आधार ।
कुनै स्थलमा दुर्घटनामा घाइते भएको व्यक्ति जीवनमरणको दोसाँधमा छटपटाइरहेको हुन्छ । छेउमा रमिता हेरेर बस्ने कसैलाई पनि दुर्घटनाग्रस्त व्यक्तिलाई उठाउने, पानी पिलाउने र बगिरहेको रगतमा हात लगाएर रगत थाम्ने चिन्ता हुँदैन ।
सवारी दुर्घटना भएको केही समयपछि ट्राफिक प्रहरी र अन्य सुरक्षाकर्मी घटनास्थलमा पुग्छन् तर उनीहरूलाई पनि घाइतेको यथाशीघ्र उपचार गर्नतर्फ र उपचारार्थ अस्पताल लैजानतर्फ ध्यान जाँदैन । उनीहरू पनि आफ्नो जागिर पकाउन अर्थात्, घटनाबारेमा मुचुल्का तयार पार्न लाग्छन् । mयदष्भि उबतचबपबच
यो कुनै काल्पनिक दन्त्यकथा होइन । यस्ता घटना काठमाडौँमा दैनिकजसो देखिँदै आएका छन् । डेढ महिनाअघि मात्रै ललितपुरको नख्खुमा रहेको एनसेलको कार्यालयमा भएको बम आक्रमणपछि पनि यस्तै परिघटना देखाप¥यो । जब एनसेलको मुख्यालयमा आक्रमण भयो, तब मानिस तत्काल घटनास्थलमा रमाइलो हेर्न मेला लागेझैँ भेला भए । उता बमको छर्रा लागेका घाइते भने छटपटाइरहेका थिए । राजधानीको अति व्यस्त स्थानमा भएको घटनामा प्रहरी करिब १५ मिनेटजति ढिला आइपुग्यो र कलम, कापी बोकेर थाल्यो मुचुल्का तयार पार्न । घाइते भने भुइँमा रगताम्य भई छटपटाइरहेका थिए । सोही घटनाका एक घाइतेको पछि उपचारक्रममा निधन भयो । यदि उनले समयमै उपचार पाएको भए र आमनागरिक फेसबुके पत्रकार बनेर भिडियो र फोटो खिच्न नथालेको भए सायद ती व्यक्तिको ज्यान बच्ने पो थियो कि १
विज्ञान र प्रविधिको आजको युगमा नेपाली समाज कतातिर जाँदै छ रु हामी नेपालीको मानवीयता के हो रु यो प्रश्न यतिबेला गम्भीर रूपले खडा भएको छ । प्रविधिको युगले मानिसलाई अल्छी बनाउँदै लगेको छ । यसको दुरुपयोगले गर्दा बौद्धिक चोरी ह्वारह्वारी बढेको छ । पत्रकारकै समाचार एउटा अनलाइनबाट अर्कोमा व्यापक चोरी ९कपी पेस्ट० भएको छ । मानिसमा नयाँ सिर्जनशीलता मर्दै गएको छ । सबैभन्दा ठूलो असर त प्रविधिले हरेकलाई भिडियोग्राफर बनाइदिएको छ, हरेकलाई पत्रकार बनाइदिएको छ र हरेकलाई विश्लेषक बनाइदिएको छ । प्रविधिले मानिसलाई मानवीय कार्यमा अभिरुचि होइन, अरूचि लगाइदिएको छ । यहाँ सेवाभाव मर्दै गएको छ ।
त्यसैले प्रविधिले हामीलाई चलाउने होइन, हामीले प्रविधिलाई चलाउने र मानवीयता र समाजिक कार्यलाई अझ उचाइमा पु¥याउँदै लैजानु आज हामी सबैको दायित्व बनेको छ ।
प्रविधिले गर्दा सहरिया मानिसमा मानवीयता कमजोर हुँदै छ । भनिन्छ, ‘गाउँमा घरहरू टाढा हुन्छन् तर सम्बन्धहरू नजिक हुन्छ । तर, सहरमा घरहरू नजिक हुन्छन् । तर, सम्बन्ध र मानवीयता निकै टाढा हुन्छन् ।





Leave a comment

Your email address will not be published.


*