महिलासँग आफ्नो योनीमाथि पनि अधिकार छैन

          |   प्रकाशित मितिः आइतवार, फाल्गुन २६, २०७५     ::: 114 पटक पढिएको   |  

महिलाको अधिकारको लागि सुरुवात गरिएको विश्व महिला आन्दोलनले १०९ वर्ष पूरा ग¥यो। यसैको अवसर पारेर हामीले फागुन २४ अर्थात मार्च ८ का दिन १०९ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनायौँ ।यतिका वर्षमा हामीले के कती उपलब्धि हासिल गर्यौ त्यो आफ्नो ठाउँमा छ।तर अब भने फेरि बुक गरिन्छन् महिलाका अधिकारका विषयमा वकालत गर्नलाई तारे होटलहरु र त्यहाँ भित्र सन्चालाम गरिन्छन् ठूला ठूला गोष्ठी, सेमिनाहरु जुन जुम्ला हुम्ला दार्चुला र डडेल्धुराका महिलाका नाममा केन्द्रित हुन्छन् तर उता ती महिलाहरु भने टाउकोमा घाँस दाउराको भारी बोकेर उकाली ओराली गरिरहेका हुनेछन् जसलाई न महिला दिवससँग सरोकार छन् महिला अधिकारको विषयमा चासो नै बस उनीहरुलाई आफ्नो जीवन धान्न पाए त्यही ठूलो कुरा हुन्छ।

वर्षौँदेखि हामी महिला पुरुष सरह नै हुन, महिलाहरुले पनि ती सबै अधिकार पाउनु पर्छ जसको उनी हकदार छिन् भन्दै र लड्दै आइरहेका छौँ।तर आज हामी २१ औँ शताब्दीमा आइसक्दा पनि न महिलाको जीवनस्थरमा कुनै फरकपन आएको छन् महिलालाई हेर्ने दृष्टिकोणमा नै।आज पनि हाम्रो समाजमा महिला सन्तान जन्माउने मेसिनको रुपमा हेरिन्छन्, छोरा जन्मनु र नजन्मनुमा समाजले उनैको दोष देख्छ।यस्तो भन्दै गर्दा म दशैमा घर गएको बेलाको कुरा सम्झन्छु घर नजिकैको ठूलो बाबाको घरमा धुमधाम नाचगान चलिरहेको थियो के को नाचगान रहेछ भनेर बुझ्दा थाहा भयो घरमा छोरा जन्मिएको रहेछ।त्यसपछी म ठुलोममी र भाइलाई भेट्न गए।

जब ठूलोममीको अनुहारमा हेरे तब मैले उहाँको अनुहारमा छोरा जन्मिएको खुशी भन्दा पनि बढी अब अरु सन्तान जन्माउनु नपर्ने सन्तोष भेटे।र मलाई जहाँ सम्म थाहा थियो उहाँको पहिला नै आठजना छोरीहरु छन् र दुई चार वटा त उहाँले गर्भपतन पनि गराइ सक्नु भएकेको थियो।जब जब उहाँ र उहाँ जस्ता महिलाको स्थिति सम्झन्छु मलाई बेकार लाग्छ महिला आन्दोलन।अनि महिलाको अधिकारको कुरा।जबकी एउटा महिला स्वयम् आफू आफ्नो योनिको मालिक्नी भएर पनि उनलाई आफ्नै योनीमाथिको अधिकार छैन भने के औचित्य छ हामीले आजसम्म गरेको आन्दोलनको, हामीले लामो समय लडेर बनाएको नीति नियमको।एर्कातिर महिलालाई आफ्नै यौनीमाथि अधिकार नहुनुको पीडा अनि अर्कोतिर हामीले महिलालाई अधिकार दियौ भन्दै जोड जोडले नारा लगाउदै र आवाज ठूलो पार्दै आफैमा गमक्क परेर बसेको राज्यको देखावटिपन हेर्न र सहन बाध्य हुनु परेको अवस्था।

यो भन्दा दुस्खको कुरा के हुनसक्छ र हामी महिलाको लागि।अनि अर्को कुरा आज हाम्रो समाजमा निर्मला र उनी जस्ता हाम्रा कयौं छोरी, बुहारी दिदी बहिनिहरु दिनप्रतिदिन बलात्कृत भैरहेका छन्।उनीहरुको चित्कारको आवाज हाम्रो कानमा घन्किरहेको छ।निर्मला त हाम्रो बिच छैनन् तर उनको मधुर मुस्कानसहितको तस्बिर यतिबेला हामी सबै बिच हाम्रा स्मृतिमा सलबलाइरहेको छ।जसले हाम्रो देशको पुलिस प्रशासनको कमजोर छबीमाथि व्यंग्य प्रहार गरिरहेको छ।निर्मला र उनी जस्ता ति तमाम छोरीहरुको त्यो मुस्कान राज्यमाथि नै कडा प्रश्न हो।तर प्रश्न भएरमात्र के गर्नु यसको जवाफ राज्यसँग न हिजो थियो न आज छ थाहा छैन भोलिका दिनमा पनि यसको जवाफ हुन्छ कि हुन्न् ।

कहिलेकाहि साह्रै दुस्ख लाग्छ जब महिलामुत्तिको आन्दोलन लडेर आएका र लडिरहेका धेरै महिलाहरु वैवाहित सम्बन्धमा गासिएपछि एकाएक हराएको र गुमनाम भएर जान्छन्।तब सोच्छु कहाँ जान्छन् ती महिलाहरु किन हुन्छन् ती त्यसरी गुमनाम के कहिल्यै हामीले गम्भीर रुपमा सोचेका छौ ? निर्मला त हाम्रो बिच छैनन् तर उनको मधुर मुस्कानसहितको तस्बिर यतिबेला हामी सबै बिच हाम्रा स्मृतिमा सलबलाइरहेको छ।जसले हाम्रो देशको पुलिस प्रशासनको कमजोर छबीमाथि व्यंग्य प्रहार गरिरहेको छ।अझ आजभोलि त मार्च महिनालाई नै नारीको महिना मान्ने र यसैका मुद्दालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने भनिन्छ।तब रिङ्गटा लागे झै हुन्छ के अब हामीले महिलाका मुद्दा उठाउन र महिलाका विषयमा कुरा गर्न मार्च महिना नै कुर्नु पर्ने हो यदि यसो हो भने खै त्यो शदियौ देखि लड्दै आएको लडाइँको औचित्य अनि आफैमाथि प्रश्न गर्छु के हामिले हाँसिल गरेको भनेको उपलब्धिको सार्थकता यहि हो त ?

यदि हामीले हाम्रो नेपाली समाजलाई गहनता पूर्वक अध्ययन गरेका छौ भने हामीलाई पक्कै थाहा होला।आज पनि हाम्रो समाजमा महिलालाई घरदेखि आगनसम्म निस्कन छोरीलाई बाबुको, श्रीमतीलाई श्रीमानको अनि आमालाई छोराको अनुमति चाहिन्छ।यस्तो छ हाम्रो समाजमा महिलाको स्थिति तर संविधानमा लेखिन्छ स्वतन्त्रता पूर्वक बाँच्न पाउने हक सबैलाई हुन्छ भनेर।हरपल हर समय बन्धनमा बस्नु परेपछि, डरमा बाच्नु परेपछि कसरी हुन्छन् महिला स्वतन्त्र ।कहाँ छ महिलाहरुको स्वतन्त्रता पूर्वक बाँच्न पाउने हक र अधिकाररु भन्दा त भन्यो राज्यले पारिश्रमिक आयमा १० प्रतिशत र औद्योगिक आयकरमा ३३ प्रतिशत छुटने दिने,उद्योग दर्ता९३५प्रतिशत०, सम्पत्ति पेटेन्ट २० प्रतिशत कर छुट, घरजग्गा रजिस्ट्रेसन दस्तुरमा छुट ।तर के साच्चै ती लागु भएका छन् त ब्यवहारमा अनि के यति नै यथेष्ट छन् त महिला सशत्तिकरणका लागि रु साच्चै आज यो जान्नै पर्ने र गम्भीर विषय बनेको छ हाम्रो लागि।

आज हामी विश्व सामु गर्व गरिरहेका छौँ कि हामिले महिला राष्ट्रपति,महिला प्रधानन्यायाधीश र महिला सभामुख पाएका छौ र बनाएका छौँ भनेर।तर के हामिले कहिल्यै सोचेका छौ यि तीन जना महिला सशत्तिकरण हुँदैमा हाम्रो महिला आन्दोलन पूर्ण हुन्छ त, होला हाम्रो लागि त्यो अवसर तर भोलिका दिनमा यो नै हाम्रा लागि बिकराल चुनैतिको विषय बन्नेछ।एकातिर आफूलाई प्रमाणित गर्नु पर्ने छ पुरुषका अगाडि, यो पितृसत्ताले जरा गाडेको समाजको अगाडि अनि अर्को तिर ती तमाम महिलाहरुलाई अगि सार्नु पर्ने छ जसकालागी हामिले यो आन्दोलन लडिरहेकाछौँ।

आज हामि सबैसँग प्रश्न त धेरै छ्न् तर जवाफ दिनेहरु मौन छन्।यस्तो लाग्छ उनीहरुले मौन रहेने कसम नै खाएका छन्।मेसो आउँदा महिला आन्दोलनका ठूला ठुला कुरा गरेपनि,कागजमा चिल्ला अक्षर पारेर जति नै नीति नियम बनाए पनि मेरो मन बेचैन हुन्छ।म सोच्न विवश हुन्छु हामि महिला कहिलेसम्म सोपिसको रुपमा मात्र देखिने,नामको मात्र अधिकारमा रमाउने, तर मेरो वरिपरि जवाफमा म शून्यता शिवाय केही पाउँदिन।

म चुपचाप प्रश्न सोधिरहेकी छु।जवाफ कताबाट,कसरि र कहिले आउँछ म आफैलाई थाहा छैन।बस मलाई यति थाहा छ मेरा असंख्य प्रश्नहरु जस्तै यो प्रश्न पनि कतै हराउनेछ यो सुनेर पनि नसुने जस्तो गर्नेहरुको भिडमा।जब जब समाजमा हाम्रा आमा दिदी बहिनी या छोरीहरुको नाम भगवति, दुर्गा, लक्ष्मि, सरस्वति, यमुना र सावित्री आदिआदि राख्छौ तब मलाई भन्न मन लाग्न हामीलाई देवीदेउताको नाम हैन।हामीलाई त ढुक्कसँग बाच्ने अधिकार चाहिएको हो। हामीलाई त्यस्तो संसार चाहिएको हो जहाँ हामी महिला भएकै कारण दबिनु नपरोस, असुरक्षित हुनु नपरोस् बरु छाती फुलाएर शिर ठाडो पारेर निर्धक्कका साथ हिँड्न सकियोस्।





Leave a comment

Your email address will not be published.


*