संस्कार भित्रकि कैदी ‘सानी’

        कमला अधिकारी   |   प्रकाशित मितिः मङ्लबार, फाल्गुन २८, २०७५     ::: 416 पटक पढिएको   |  

घरदेशको माटो, बाटो र सपनाहरु अधुरै छोडेर परदेश भासिएकी म । नौलो ठाउँमा नयाँ सपनाको बिज रोपेको धरै बर्ष पो भै सकेछ । उडेका बचेराहरुले गुँड खोजे जस्तै म धेरै बर्ष पछि उही मेरो घरदेश को गोरेटो खोज्दै छु । म अलमल्ल पर्छु, खै त मेरो प्यारो ढुंगे सिंढी को बाटो ? उकालिको टुप्पामा रहेको चौतारी र संगैको चिसो पानिको कुवा ? जहाँ हरेक दिन सयौ बटुवाहरुले कटुसको पात खोचे परेर अमृत समान त्यो चिसो पनि पिउथे । ल केहि पनि छैन त ? छ त केवल फुङ्ग उडेको धुले बाटो र धुलो ले ढाकेको मेरो प्यारो डाँडो, कुवा र चौतारी । म कतै गलत ठाउँ मा त छैन ? बिल्कुल हैन । अब कसैलाइ सोध्न पर्ने भयो मेरो गुँड पत्ता लगाउन । यस्तै सोच्दा सोच्दै मेरो मौनता भंग गर्छ एउटा आवाज ले ।
दिदी ? बटाघरे ठुल्दिदी हैन ? कैले आउनु भो परदेश बाट ? यो मैले चिनेको आवाज हो, म फरक्क फर्किन्छु आवाज आए तिरै । एक अधबैशे महिला मेरो बस्ति जस्तै फुङ्ग उडेको अनुहार, छाला बाहिर बाटै हड्डी गन्न मिल्ने पाकलो शरीर र लामो सुस्केरा लिएर ठिङ्ग उभिएकी थिई । म आश्चर्य जनक मुद्रामा एकोहोरो हेरी रहन्छु उसलाई । मलाई चिन्नु भएन ? म निशब्ध हुन्छु, म सानी के त, तपाई कि प्यारी सानी । म उसलाई घप्लक्क अंगालो हाल्छु ,तर धरै बेर बोल्न सक्दिन । बल्ल बल्ल हिम्मत निकालेर सोध्छु –सानी के भो ? के हालत बनाएकी एस्तो ?
उ अलिकति आक्रोश र अलिकति ब्यंग्य मिश्रित आवाजमा भन्छे – दिदी म परिवर्तन भाको, हेर्नु त यो बस्ति र बाटो जस्तै । बिकाश को नाममा यो सुन्दर बस्ति ले कैले हिलो त कैले धुलो खेपेर आफुलाई कुरुप बनाउन बाध्य भय जस्तै कथित कुल, खान्दान र संस्कार ले कुरुप बनायो मेरो जिबन । उ भन्दै गइ मल जल गरेर फक्रर्दै गरेको कोपिलालाई टपक्क टिपेर अर्काको शिरमा सजाई दिदैमा अझै फक्रिन्छ भनेर विश्वास गर्ने मेरा अभिभाबक देखेर टिठ लाग्छ ।।कुनै पनि किताबमा न लेखीएका मेरा जिन्दकीका भोगाईहरु र कुनै पनि अदालतले फैसला गर्न न सक्ने घर भित्रका संस्कारी मुद्दाहरुले मेरो समाजलाई अन्धो पारेको छ ,म तेस्कै उपज हुँ ।
मध्यम बर्गीय परिवारमा जन्मेकी एक मात्र छोरी हो सानी उसका दुई जना भाइहरु थिए । उ सुन्दर र शुसिल थिई । पढाई मा पनि उस्तै तेजिली । म हिउँदे बिदामा घर जाँदा उसको आँगन तामझाम का साथ जन्ती ले भरियको थियो । जति बेला उ १० मा पढ्दै थी । मेरा हात खुट्टा गले, पैताला लार्बराए, म सरासर आफ्नै घरतिर लागें । न मैले उसलाई भेट्नु को अर्थ रह्यो, न शुभकामनाको महत्व नै ।
दुलही अन्मेर गई सक्दा पनि काकाको घर मा खुशी नै खुशी छाएको थियो जसको कारण थियो सानी को दुलाहा र सहरका खानदानी परिवार, अझै शिक्षित परिवार । ससुरा मालपोतका शुब्बा, सासुले उही जमाना मा दश पास गरेकी , एउटा जेठानी कलेजकी लेक्चर र अर्की राजनीतिमा । अझै आमाजू त महिला र बालबालिका समन्धी ठुलै संस्था कि हाकिम छिन रे । अझै दाइजोको नाममा एक पैसा नि लिएनन् रे ।
काका रकाकीले केराको पातमा गोडा धोएर छोरी अन्माका रे, सानीलाइ स्कुल पनि पठाउने भनेका छन् तर सानी का दुलाहा ले के काम गर्थे कसै लाइ थाहा थिएन । मलाई सानीको निर्दोष आनुहार सम्झेर धरै पिडा हुन्थ्यो, तर दिन बित्दै जाँदा उसको खुशी नै खुशी सुनेकी मलाई सबै कुरा भुलायो । धेरै बर्ष पछाडी मैले सानीलाई सहरतिर सागको डोको बोकेर हिंडेको देखेको हो, उसले अनुहार न चिन्ने गरि छोपेकी थिइ, मैले सोचें मलाई भ्रम भयो । मेरा लागि कसैले सागको डोको बोक्नु कुनै आनौठो कुरो थिएन , तर उनका परिवारको तामझाम संग त्यो पटकै मिल्दैन ।
फेरी २÷३ बर्ष पछाडी उही सानीलाई सानो नानी काखमा चेपेर रुँदै गरेको अबस्थामा कान्ति बाल अस्पतालको गेटमा भेट भयो । उ बच्चा बिरामी भएर आएकी रैछे । रुँदै भनि ओ.पी.डी बन्द भईसकेछ, अब के गर्ने ? म छु नि सानी किन पिर मानेकी ? अब अरु सोध्ने कुनै कुरा थिएन, सानीको हालतले सबै कुरा अनुमान गर्न गारो भएन मलाई । म उसलाई लिएर सरासर मेरै कार्यालय आकस्मिक कक्ष तिर लागे । मेरो अनुरोधमा मेरा सहकर्मी डाक्टरले नानीको जाँच गरेर औषधी लेखिदिए । म उसलाई लिएर सरासर चमेना घरतिर लागे । चमेना घरको भाई सिस्टर छुट्टी हैन र ? किन फर्किनु भो ? मन मनै रिस पनि नउठेको हैन । उसलाई कति चासो लागेको होला भनेर । तैपनि मुसुक्क हाँसेर भने बाबु २ कप मिठो चीया र एक प्लेट समोसा ।
बल्ल सानीसंग भलाकुसारी गर्ने मौका पाएँ । सानी बिहे गरेर गए पछि न त उ स्कुल जान पाई, न त माइत नै । सम्पन्न परिवारका उसका श्रीमान कुलतमा फसेको रहेछन, परिवारले उनको घर परिवारको मात्र न भएर तरकारी बारी र गाइको समेत रेख देख गर्न गाउँ कि सिधा केटि बेहे गरेका रहेछन । सानी ले मात्र उनीहरुको खन्दानी संस्कार धान्न आफ्नै घर भित्र खुल्ला कैदी को जस्तो जिबन बिताउन पारेको रहेछ ।
सानी म तिमीलाई कसरि सयोग गरौ ? दिदी आज मनको भारि बिसाउने मौका पाए, यो नै काफी छ, माइत तिर यो कुरा न गरि दिनु होला, जे भएनी खान, लाउन देका छन्, बच्चा छ, यसकै लागि भएपनि म अझै कैदी बन्न तैयार छु । अब एस्तो हालत मा के गरौ ? यो कसैले थुपारेको संस्कारको नासो लिएर कसरि माइत जाउ ? बरु गरिबको छोरो लाइ दे को भएनी दिन भरि काम गरेर संगै सुस्ताउने मौका मिल्दो हो । हामी भारि मन लिएर आआफ्नो बाटो ततायौं ।
२÷४ महिनामा परदेशतिर म, घर परिवारबाट मात्र हैन सानी बाटपनि बेखबर । अर्को पल्ट नानी लियर अस्पताल आउँदा उसले थाहा पाई छ मा विदेश गएको, मेरो नाम लिएकै हुनाले मेरा साथीहरुले उसलाई धेरै सयोग गर्दा रहेछन् । आज फेरी एस्तो हालत कि सानी देखेर फेरी मुटु फुटेर आयो, सानी के भयो ?
उ भन्दै गई ‘दिदी परिवर्तन भयो, समाज हैन मेरो मन, अब रुन लाई आँसु नि छैन, मन त ढुंगा भै सकेको छ, छोरी दशमा पढ्ने भै सकी, जेठानीको बच्चा भएन, मैले उसलाई मेरी छोरी जिम्मा लगायो भने, राम्रोसंग कलेजसम्म पढाई दिने रे नत्र बिहे गरेर पठाउने रे । कम्ति मा म मेरी छोरीको मेरो जस्तो बेहाल बनाउन सक्दिन मुटु भरिको मायाको तिलान्जली दिएर संस्कारको कैद आफै तोडेर भागेकी ।’





Leave a comment

Your email address will not be published.


*