विपद् पूर्वतयारी तथा योजना निर्माण कार्यशाला सकियो

          |   प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५     ::: 37 पटक पढिएको   |  

दैलेख–लुथर्न वल्र्ड फेडेरेसन नेपालको सहयोगमा समुदायमा आधारित संस्था महासंघ दैलेखको आयोजनामा सञ्चालित २ दिने जिल्ला स्तरीय विपद् पूर्वतयारी तथा योजना निर्माण कार्यशाला दैलेख सदरमुकामकाममा सम्पन्न भएको छ ।
स्थानीय तहका प्रमुख, विपदको बेला उद्धार तथा राहतमा संलग्न हुने निकायका प्रतिनिधि र सरोकारवाला समेत ५० भन्दा बढीको सहभागिता रहेको कार्यशालामा विपद व्यवस्थापनका तवर तरिका, कानूनी व्यवस्था, पूर्वतयारी र प्रतिकार्य योजना विषयमा ऋतुवर्ण सिलवालले सहजीकरण गर्नुभएको थियो ।
जिल्ला स्तरीय विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा लुथर्न वल्र्ड फेडेरेसन नेपालका कार्यक्रम अधिकृत मानध्वज खत्री, चामुण्डा नगरपालिका उपप्रमुख तारा शाही र नेपाल रेडक्रस सोसाइटीका लिल्ला सभापति खेमराज केसीले कार्यशालामा सिकेको ज्ञान, सीप र यसको उपयोगिता विषयमा प्रकाश पार्नुभएको थियो ।





Leave a comment

Your email address will not be published.


*