विकास गतिविधिलाई दीगो, प्रभावकारी बनाउन आग्रह

          |   प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५     ::: 17 पटक पढिएको   |  

दैलेख– दैलेखका स्थानीय तहका विकास गतिविधिलाई दीगो, प्रभावकारी र पारदर्शी रुपमा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले विकास र समन्वय विषयमा आफ्नो कार्यकक्षमा बोलाउनुभएको बैठकमा यो कुरा छलफल भएको हो ।
बिकास बजेटको समुचित प्रयोग गर्न योजना निर्माण, कार्यान्वयन प्रभावकारिता, अनुगमन प्रणाली लगायतका काममा समन्वय विषयमा सहकार्य हुनुपर्ने स्थानीय तहका जनप्रतिनिधिहरुसंग प्रमुख जिल्ला अधिकारी बासकोटाले आग्रह गर्नुभयो ।
समृद्ध नेपाल सुखी नेपाली सरकारको नारालाई कार्यान्वयन गर्न विपन्न र पिछडिएको जाति, वर्ग क्षेत्र तथा लक्षित वर्गसम्म सेवा सुविधा पु¥याउन आफूहरु तत्पर रहेको आठबीस नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्यायले बताउनुभयो ।





Leave a comment

Your email address will not be published.


*