चामुण्डाको चौथो नगर–सभा उद्घाटन

          |   प्रकाशित मितिः बिहिबार, चैत्र ७, २०७५     ::: 56 पटक पढिएको   |  

चामुण्डा (दैलेख), चैत ७ ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाको चौँथो नगर सभा उद्घाटन भएको छ । विहिबार जम्बुकाँधमा एक समारोहका बीच नगर–प्रमुख सूर्यबहादुर शाहीको अध्यक्षतामा सभाको उद्घाटन भएको हो ।
सभामा चामुण्डाविन्द्रासैनी नगरपालिका विद्येयक समितिका संयोजक वीरबहादुर शाहीले नयाँ ऐन र नगरपालिकाले अघिल्लो बनाएका ऐनहरु संशोधनका लागि पेश गरेका थिए । आधारभुत तथा माध्यमिक शिक्षालाई व्यवस्थित , मर्यादित ,गुणस्तरीय तथा नगरवासीहरुको हित अनुकुल बनाउनका लागि नगर शिक्षा ऐन सभामा पेश भएको उहाँले जानकारी दिनुभयो । उहाँले चामुण्डाविन्द्रासैनी नसगरपालिको सँशोधित विनियोजन ऐन र चामुण्डाविन्द्रासैनी नगरपालिको सँशोधित आर्थिक ऐन पेश गर्नु पेश गर्नुभएको थियो ।
पेश भएका विद्येयक छलफल र अध्ययन गर्न यही चैत्र १७ गतेसम्मका लागि सभा स्थिगित भएको नगर–प्रमुख शाहीले जानकारी दिनुभयो ।





Leave a comment

Your email address will not be published.


*