नवलपरासीमा बिध्यार्थीहरु माध्यमिक शिक्षा बाट बन्धित हुदै ।

          |   प्रकाशित मितिः मङ्लबार, चैत्र १२, २०७५     ::: 121 पटक पढिएको   |  




नवलपरासीमा मदरसामा अध्यनरत बिध्यार्थीहरु उच्च शिक्षा बाट बन्चित हुदै गएका छन । जिल्लामा अधिकासं मदरसाहरु संचालनमा रहेपनि हाँल सम्म ति मदरसाहरुमा आधारभुत तह कक्षा १ देखी कक्षा ५ सम्म मात्र पठन पाठन हुन सकेको हुदाँ मदरसाका बिध्यार्थीहरुले माध्यमिक शिक्षा सम्म प्राप्त गर्न सकेका छैनन। परम्परागत शिक्षा सम्बन्धि ब्यवस्था अनुसार पाठ्यक्रम विकाश केन्द्रले कक्षा १ देखी ५ सम्मको लागी मदरसा शिक्षाको लागी पाठ्यक्रम विकाश मात्र भएको र कक्षा ६ देखी १२ सम्मको पाठ्यक्रमको प्रस्तावित संरचना तयार भएको हुदाँ हाल सम्म संचालनमा आऊन नसकेपछि आधारभुत शिक्षा प्राप्त गरेपछि थप शिक्षाको लागी विध्यार्थीहरुले भारत तर्फ जाने एक मात्र बाध्यात्मक परिस्थिति रहेको मदरसा मदिनतूल ओलुम गुठी परसौनीका प्राधानाध्यापक अमिर आजमले बताऊनु भयो। धार्मिक प्राकृतिका सामुदायिक विध्यालयमा माध्यमिक तह सम्मको कक्षा संचालन गर्नको लागी सो विध्यालयमा त्यस तह तर्फ करिब १५ जना विध्यार्थीहरु अनिवार्य हुनु पर्ने ब्यवस्था रहेको हुदाँ आऊने शैक्षिक सत्र सम्म आफु संग संख्या पुरा हुने साथै मा.वि. तह सम्मको कक्षा संचालन गर्नको लागी गाऊपालिकामा अनुमति प्रतिबेदन समेत बुझाएको आजमले बताए । शैक्षिक वर्ष २०७३ सालमा जिल्लामा कुल संचालित ४४ मदरसाहरुमा करिब २५६३ विध्यार्थीहरु अध्यन गर्दै आएका छन ।

Leave a comment

Your email address will not be published.


*