आमाको नाममा नागरिकता

          |   प्रकाशित मितिः बिहिबार, चैत्र १४, २०७५     ::: 99 पटक पढिएको   |  

प्रदीप नेपाल

मान्छेको पहिलो परिचय भनेको आमा हो । त्यो भनेको संविधान, कानुन, मन्त्री, सांसदभन्दा माथिको कुरो हो । कसैको पनि नागरिकताको प्रमाणीकरण आमाबाहेक अरू कसैले गर्न सक्दैन । अहिलेको पुरुषसत्ताले नचाहिंदोे काम मात्रै गरेको छ नागरिकताको मामिलामा । आमाले जसलाई देखाउँछिन्, बच्चाको बाउ तिनै हुन्छन् सामाजिक न्यायप्रणालीको हिसाबमा । सन्तान भनेको यथार्थमा आमाको मात्रै हो । तिनै आमालाई अविश्वास गरेर बाउ खोज्ने जुन चलन चलाइएको छ – त्यो सम्पूर्णतामै गलत छ । गर्भ आमाको हुन्छ, बाबुको होइन ।
२०४७ साल यता नेपालमा बिहारी र उत्तर प्रदेशका मानिसलाई धमाधम नागरिकता बाँडिएको छ भन्ने भ्रम छ । के पहिले बाँडिएको थिएन रु राजेन्द्र महतोको नागरिकता २०४७ सालपछिको हो रु होइन उनको नागरिकता २०२७ सालको हो । के राजेन्द्र महतोकी आमा नेपाली नागरिक थिइन् रु थिइन् भने हल्ला गर्नुको कुनै तुक छैन । मधेसी नेताले नै भनेका छन्, राजेन्द्र महतोको घर बिहारको सोनवर्षातिर कतै पर्छ । उनका बा पनि नेपाली होइनन् । उनको नेपाली नागरिकता २०२९ सालमा बनेको हो । अर्थात् छोराको भन्दा दुई वर्षपछि बाउको नागरिकता बनेको सत्य उहिल्यै सार्वजनिक भएको हो ।
अहिले मात्र होइन, उहिल्यैदेखि आजको २ नम्बर प्रदेशमा भारतीयहरूले छलछाम गरेर नागरिकता लिने चलन छ । प्रमुख जिल्ला अधिकारीको कडा शासन चलेको पञ्चायती व्यवस्थामा पनि हजारौंले छलछाम गरेर नेपाली नागरिकता लिएका थिए । बहुदल आएपछि पनि यो प्रक्रिया रोकिएन । त्यो व्यवस्थामा पनि प्रमुख जिल्ला अधिकारी नै नागरिकता दिने प्रमुख अधिकारी थिए । सङ्घीयता आएपछि पनि यो प्रक्रिया रोकिएको छैन भने यो दुःखको कुरो हो । किनभने सङ्घीयतामा सत्ताको अधिकारी गाउँपालिका वा नगरपालिका हुन्छ । तिनले बुझ्नुपर्छ पाँच जना भारतीयलाई तिनले नागरिकता दिए भने तिनको गाउँ वा नगरपालिकाका १५ जना नेपालीको भाग खोसिन्छ । त्यसरी भाग खोसिनेमा सबैभन्दा पहिले तिनकै परिवार पर्छ । आफ्नो परिवारको हक मारेर कुनै पनि मान्छेले पराइलाई पोस्तैन । पोस्न थाल्यो भने उसैले दुःख पाउँछ । यसमा अरूले किन चिन्ता लिने रु
नक्कली बाउ हुन सजिलो हुन्छ तर नक्कली आमा हुन निकै गाह्रो हुन्छ । आमा भनेको कोख हो । बाबुलाई प्रसव पीडा थाहा हुँदैन । त्यसै पाँच हजार हातमा प¥यो भने ऊ जसलाई पनि छोरो बनाउन तयार हुन्छ तर आमाले आफ्नो कोख पाँच हजारमा बेच्दिनन् । यो आफ्नो रगत होइन भन्ने सन्त्रासले आमालाई पोलिराखेको हुन्छ । तेरो छोराका अंशभाग खाने अर्को पराइ आयो है, भन्ने कुरा कुनचाहिँ आमाले सहन सक्छे रु
आमा नै परिचयको अन्तिम अधिकारी हो भनेपछि लोग्ने विदेशी वा स्वदेशी हुनुको अर्थै के रह्यो रु दक्षिण एसियाको संस्कृतिमा ‘घर ज्वाइँ’ हुने कुरालाई राम्रो मानिंदैन । घर ज्वाइँ हुनेले ज्वाइँको मानमनितो पाउँदैन । छोरोजस्तो भएर उसले ससुराली घरमा सेवा गर्नुपर्छ । पुरुष सत्ताको हालिमुहाली चलेको आजको समाजमा, त्यो पनि नेपालको तराईमा आफ्नो स्वः बिर्सिएर लाखौं लाख भारतीयहरू नेपालको नागरिकता लिन आउलान् भन्ने चाहिँ मलाई लाग्दैन । जति लम्पट भए पनि ‘ओ, ज्वाइँ साहेब, गोठ सफा गर्ने काम सिध्याएर खाना खान आउ’ भन्ने शब्द कुनै ज्वाइँका लागि पनि सैह्य हुँदैन । हुतिहारा, महालम्पट नै रहेछ भने त कसको लाग्छ र १
त्यसैले आमाकोे नाममा नागरिकता दिने व्यवस्था कायम भएमा तराईमा लाखौं लाख भारतीयले नागरिकता पाए भन्ने आतङ्क नेपालमा फैलिँदैन । अलिअलि, अर्थात् हजारसम्मको सङ्ख्याको आगमन हुनसक्ला । किनभने बिहार र उत्तर प्रदेश दुवै भारतका गरिब राज्य हुन् । तुलनात्मक हिसाबले सीमापारि भन्दा नेपालतिर थोरबहुत राम्रो जिन्दगी भोग्न पाइने कुरालाई भारतीय सरकारले अन्यथा मान्नु हुँदैन । भारतजस्तो मुलुकमा भोकभोकै मर्नुभन्दा नेपाल छिरेर कम्तीमा एक छाक खान पाउने कुरामा विश्वास भएपछि कुनै पनि भारतीय नेपालको नागरिकता लिन खोज्छ नै । त्यसैले भारतीय घुसपैठलाई शून्यमा झार्नका लागि हामीले बिहार र उत्तर प्रदेश हाम्रो सीमान्तभन्दा धनी होउन्, सुखी होउन्, खान लाउन पुग्ने होउन् भनेर कामना गर्नु पर्छ । हुन सक्ने, नसक्ने चाहिँ हामीले ग्यारेण्टी गर्ने कुरो होइन ।
भारतमा नेपालीको परिचय भनेको गोर्खा, चौकीदार, बहादुर हो । यी तीनै शब्द नेपालीप्रति घृणाका सम्बोधन हुन् भन्ने सच्चाइलाई सबै भारतीयहरूले स्वीकार गर्नुपर्छ । यस्तो घृणाको सम्बोधनले भारतप्रति नेपाली जनमानसमा उग्रघृणा पैदा गर्छ भन्ने सच्चाइलाई उनीहरूले स्वीकार गर्नुपर्छ । हामी नेपाली हौं । स्वतन्त्र नेपाली । पहिले पहिले हामी भारत आश्रित हुँदा ९अर्थात् तीनतिरको सिमाना भारतले कब्जा गरेको समयमा० भारतको अतिलाई हामीले आँसु झार्दै भए पनि सहनु परेको थियो । अहिले त हाम्रा चीन र भारत दुवैतिर नाका छन् । हाम्रा लागि सबैसँगको सम्बन्ध बराबरको हुन्छ ।
यो चौकीदार, बहादुर र गोर्खा सन्दर्भ अरूले सोचेभन्दा मेरो सोच अलिक फरक छ । दिल्ली आपूmलाई दक्षिण एसियाको ‘वादशाह’ ठान्छ । त्यसैले माथिका तीनै शब्द उनीहरूका लागि स्वाभाविक हुन् तर तीनै शब्दले पुरुषार्थको परिचय दिन्छन् अर्थात् नेपाली नभए भारतीयहरूको सुरक्षा हुँदैन । चौकीदार भनेको रातभर ‘जागते रहो’ भनेर लाठी ठटाउने मानिस हुन् । आफ्नो नागरिकलाई सुरक्षित निद्राको अनुभूतिसमेत नदिने सरकारको हैसियत के हुन्छ रु हाम्रो भाषामा त्यसलाई लाछी भन्छन् । बहादुर, भारतीयहरूका लागि अपमानजनक शब्द होला तर यसको सही अर्थ के निस्कन्छ भने, भारतीयहरू स्वयं आफ्नो रक्षा गर्न सक्दैनन् । आपूmलाई बचाउन उनीहरूलाई नेपालबाट सुरक्षा गार्ड आयात गर्नुपर्ने हुन्छ । गोर्खाको बारेमा त मैले केही भन्नु नपर्ला । दिल्लीका गोरा हाकिमहरूले भनेका छन् – गोर्खा भनेका त्यस्ता बहादुर हुन् जो माइनस दश डिग्रीको चिसोमा हाम्रो सिमानाको रक्षा गरेर हामीलाई आनन्दको कफी खाने अवसर दिइरहेका छन् ।
दिल्ली कहिल्यै नेपालप्रति सकारात्मक रहेन । सेता दिल्लीवालाहरू पनि नेपालसँग चिढिएकै थिए, काला दिल्लीवालाहरू पनि नेपालसँग चिढिएकै छन् । मान्छे कोसँग चिढिन्छ रु जसले उसको भन्दा बढी प्रगति गरेको छ । दिल्लीले होच्यायो भनेर हामीले दुःख मान्नु पर्दैन । नेपालको स्वतन्त्रतासँग, नेपालको आत्मसम्मानसँग सबैभन्दा बढी चिढिने भनेको दिल्ली नै हो ।
अहिलेसम्म दिल्लीभन्दा हामी नै माथि छौं । यो कुनै आत्मरति होइन । तपाईंहरू युट्युब हेर्नु हुन्छ होला । छैन भने हेर्नुहोला । मैले हेरेको थिएँ एउटा –नेपाल के लोग भारतीयों से ज्यादा समृद्ध हैं । हम भारत में जिस गाडी को आठ से दश लाख रुपयें में खरीद करते हैं, उसी गाडी को नेपाल के लोग पैंतीस से चालीस लाख रुपयें मे खरिदते हैं ।
तर अरूले गीत गाइदिएर हाम्रो पौरख बढ्दैन । हामी आफैंले केही नगरी हाम्रो पौरख देखिँदैन । काश्मिरमा मारिएको नेपालीले नेपालको गौरव बढाउँदैन ।
चौकीदार, बहादुर र गोर्खा भनेर भारतीयले नहेपुन् भन्नुहुन्छ भने घरको काम गर्नुहोस् । बारीको काम गर्नुहोस् । पशुपालन गर्नुहोस्, चिनी, गहुँ, कोदो र मकैको उत्पादन बढाउनुहोस् । प्रत्येक गाउँपालिकामा स्थानीय कोलबाट उखु पेलेर गुँड उत्पादन गर्नुस् । नगरपालिकामा खाँडसारी खोल्नुहोस् । अनि फेरिन्छ अपमानको चौकीदार, बहादुर र गोर्खा सम्मानको भाषामा । अनि पहिचान खोजिन्छ आमाको नाममा ।
सांसद हो, कर्मचारी हो, आमाभन्दा माथि को छ रु के छ रु आमाले हिटलरलाई पराजित गर्ने बहादुर जन्माउँछिन्, आमाले देशको र छिमेकीको समेत रक्षा गर्ने चौकीदार जन्माउँछिन् । आमाको मान राख साथी हो । आमा रहे नेपाल रहन्छ, आमाको अपमान गरे नेपाल सधैंको परजीवी, अपमानित कीरो भएर बाँच्न बाध्य हुन्छ । लेखक नेकपाका नेता हुनुहुन्छ ।

गाेरखापत्र





Leave a comment

Your email address will not be published.


*