हावाहुरी, भूकम्प र चट्टयाङ्ग संगसंगै !

        अमर सुनार   |   प्रकाशित मितिः मङ्लबार, चैत्र १९, २०७५     ::: 177 पटक पढिएको   |  

विधुत आर्पुति वन्द

दैलेख – गएराति दैलेखमा हावाहुरी, भुईचालो र चट्टयाङ्ग एकै पटक आएको छ । साँझ साढे ८ बजेतिर सुरु भएको हावाहुरी आधा घण्टा चलेको थियो, हावाले धेरै ठाउँ विद्यालयका छाना उडाएको सूचना प्राप्त भएको छ । राति ८ बजेर ४७ मीनेट तिर करिब डेढ मीनेटसम्म भूकम्पले जमीन हल्लाउदा जनजीवन त्रसित बनेको थियो । बाहिर हावाहुरी भित्र बसौं भुइचालो हल्लायो । दैलेखको भवानी केन्द्र बिन्दू बनाएको भूकम्प ४ दशमलव १ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । करिब भूकम्प गएकै समयमा गैडाबाजमा परेको चट्टयाङ्ग लागेको महाबु गाउँपालिका वडा नं. ४ का वडासदस्य नरेन्द्र शाही सख्त घाइते हुनुभएको छ । ढाड र दाहिने खुट्टा चल्न नसकेको भए पनि अहिले उहाँको होश खुलेको बताइएको छ । राति हावाहुरीले बाटोमा रुख ढलेर सडक अवरुद्ध भएको आशंकामा उपचार गर्न बाहिर लिन नसकिएको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जानकारी दिनुभयो । हावाहुरीले विद्यालयको छाना उडाएको खवर आए पनि मानवीय क्षति कतै नभएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले जानकारी दिनुभयो । भौतिक क्षतिको विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । हावा हुरीको कारण दैलेखमा हिजो साँझदेखि विधुत आर्पुति वन्द भएकोछ ।





Leave a comment

Your email address will not be published.


*