दैलेखमा हावाहुरी पीडितको सहयोगार्थ राहत संकलन

        अमर सुनार   |   प्रकाशित मितिः मङ्लबार, चैत्र १९, २०७५     ::: 476 पटक पढिएको   |  




दैलेख – बारा र पर्सा जिल्लामा आइतवार साँझ आएको हावाहुरीबाट पीडित परिवारहरुको सहयोगार्थ नागरिक समाज दैलेखले राहत संकलन अभियान थालेको छ । मंगलवार अपरान्हदेखि सुरु अभियानको क्रममा १४ हजार ७ सय ८० रुपैंयाँ संकलन भएको बताइएको छ । नागरिक समाज दैलेखका संयोजक अधिवक्ता खड्गबहादुर सिजापतिले अगुवाईमा गर्नुभएको अभियानमा पूर्व शिक्षक शेरबहादुर थापा, पत्रकार अमर सुनार, अधिकारकर्मी डिलकुमारी चन्द लगायतको सहभागिता थियो । तराईमा भएको प्राकृतिक प्रकोप पीडितहरुका लागि पहाडबाट सद्भाव सहयोग जनाउन उक्त राहत संकलन सुरु गरिएको नागरिक समाजका संयोजक सिजापतिको तर्क छ । अभियान भोलि पनि सञ्चालन गर्ने र जम्मा भएको रकम दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटा मार्फत प्रभावित जिल्लामा पठाइने बताइएको छ । राहत संकलन टोलीले एक सय भन्दा बढी दिन सक्नेहरुसंग मात्र स्वच्छिक सहयोग संकलन गरिरहेको छ । जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मीदेबी शाहले प्राप्त ५ सयबाट अभियानको सुरुवातमा भएको थियो । अभियानको जानकारी प्राप्त भएपछि हाल प्रवासमा रहनुभएका दैलेखका गोबिन्दसिंह ठकुरीले १० हजार र अहिले काठमाण्डौंमा रहनुभएकी समाजसेवी सुधा कोइरालाले १ हजार दिने फेसबुक स्टाटस मार्फत घोषणा गर्नुभएको छ ।

Leave a comment

Your email address will not be published.


*