कर्णाली प्रदेश सभाका सांसदद्धारा हावाहुरी पीडितलाई सहयोग

          |   प्रकाशित मितिः शुक्रबार, चैत्र २२, २०७५     ::: 36 पटक पढिएको   |  

सुर्खेत चैत २२- तराईको बारा र पर्सा लगायतका जिल्लाहरुमा असीना पानी सहित आएको भीषण हावाहुरी पीडितका लागि कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्ष दलका सांसदहरुले आर्थिक सहयोग उपलव्ध गराउनु भएको छ । जसमा दलका नेता जीवन बहादुर शाहीले सात दिन बराबरको पारिश्रमिकले हुन आउने ११ हजार ६६६, सचेतक हिम बहादुर शाहीद्धारा चार दिनको छ हजार ४००, लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठ चार दिनको छ हजार ४०० र प्रदेश सभा सदस्य यज्ञ बहादुर शाही, झोवा विक र अमृता शाहीले चार दिनले हुन आउने छ छ हजार गरि जम्मा ४२ हजार ४६६ रुपियाँ उपलव्ध गराउनु भएको छ ।

सो रकम दुई नम्वर प्रदेशका मुख्य मन्त्री राहत कोषमा पठाईएको छ । कर्णाली प्रदेशका नेपाली काँग्रेसका छ जना सांसदहरु रहनु भएको छ । आर्थिक रुपमा अन्य प्रदेशको तुलनामा कमजोर भए पनि प्रदेश सभाका प्रतिपक्ष दलका सांसदहरुको पारिश्रमिकबाट भए पनि पीडितको दुखेको घाउँमा मलम लगाउन थोरै भए पनि यसले सघाउ पुर्याउने नेता शाहीले बताउनु भयो । कर्णाली प्रदेशका एक जना सांसदहरुको एक दिनको पारिश्रमिक करिब एक हजार तीन सय हुन्छ । उक्त घटनामा ३१ जनाको ज्यान गएको थियो भने चार सय भन्दा बढी घाईते हुनु भएको छ भने करोडौंका धनमालका क्षती भएको छ । पीडितहरुका लागि चौतर्फी सहयोग प्राप्त भइरहेको छ ।





Leave a comment

Your email address will not be published.


*