रेडक्रस कर्णाली प्रदेश अध्यक्षमा थापा

          |   प्रकाशित मितिः शुक्रबार, चैत्र २२, २०७५     ::: 85 पटक पढिएको   |  

दैलेख- परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश समितिको अध्यक्षमा दैलेखका भेषबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । लामो समयदेखि रेडक्रसमा सक्रिय थापा कर्णाली प्रदेशको पहिलो भेलाबाट अध्यक्षमा निर्वाचित भएका हुन् । यही चैत १९ गते सुर्खेतमा सम्पन्न रेडक्रस कर्णाली प्रदेशको भेलाले १३ सदस्यीय कर्णाली प्रदेश रेडक्रस सोसाइटी गठन गरेको छ ।

अध्यक्षमा थापा, उपाध्यक्षमा विजया बुढा, महासचिबमा कृष्ण बहादुर थापा, कोषाध्यक्षमा नरबहादुर नेपाली, उपमहासचिबमा बीरबहादुर बस्नेत र उपकोषध्यक्षमा नन्दलाल रावत विजयी भएका छन् ।यस्तै सदस्यहरुमा खम्बजंग शाह, रामबहादुर बुढा, कृष्णाकला पाण्डे, कटकबहादुर शाही, सुमन बस्नेत र गणेश विसी रहेका छन् । यस्तै वरिष्ठ अधिकृतमा गोविन्द आचार्य रहेका छन् । कर्णाली प्रदेश अध्यक्षमा निर्वाचित थापालाई रेडक्रस दैलेख शाखाले एक कार्यक्रमका बीच स्वागत गर्दै शुभकामना दिएको छ ।





Leave a comment

Your email address will not be published.


*