सुख दुःख आफैंभित्र

          |   प्रकाशित मितिः मङ्लबार, चैत्र २६, २०७५     ::: 69 पटक पढिएको   |  

‘नियत बदल्न सके नियति आफैं बदलिन्छ’, अधिकांश मानिस ‘नियति’ लाई देखाएर आफू पन्छिन्छन्। आफू ठीक अरू बेठीक भन्छन्, भनिरहन्छन्। अरूको मात्र खोट देख्छन्, देखिरहन्छन् जबकि त्यही खोट आफूमा छ तर देख्दैनन्। अरूलाई पछि पारेर आफूमात्र माथि पुग्छु वा छु भन्ने साबित गर्न अनेक तर्कवितर्क गर्छन्, तर मानिस आफू सच्चिने प्रयास सोच्नसम्म सक्दैन। संसार हृदय र प्रेमले भरिए पनि नकारात्मक सोच राख्नेहरू सबै खालीखाली मात्र देख्छन्, देखिरहन्छन्। उसले आफूलाई यस्तै भ्रममा बचाएर ‘धनी र भव्य’ भन्ठान्छ, ‘भिखारी’ भइरहेको छु भन्ने बुझ्दैन, बुझ्ने प्रयाससम्म गर्दैन।

गोपीकृष्ण ढुंगाना

‘दुःखी मान्छेले जे गर्छ, दुःखै जन्माउँछ। हामीले जे लगानी गर्‍यौं त्यही प्रतिफल आउने न हो। मन सुखी छ भने सबैतिर रमाइलो अनि मन दुःखी छ भने सबैतिर नरमाइलो’, जीवन विकास विशेषज्ञ रमेश नेपाल भन्छन्, ‘अस्थिर मानिस अवगुणी हुन्छ। उसको विचार पनि अनियन्त्रित हुन्छ। सकारात्मक सोच बनाउन नसके उसले कुनै कार्यबाट पनि सुखको अनुभव गर्न सक्दैन।’ जसले आफू आफ्ना हरेक काम ध्यान ९सजगता० पूर्वक गर्न सक्दैन उसैले हो अरूलाई गलत देख्ने, उसैले हो अरूका कमजोरी खोतल्ने। उ केवल आफूमाथि पुगिरहेको छु भनेर भ्रमको खेती गरिबस्छ। भनिन्छ, ‘एकअर्काको राम्रो–नराम्रो दुवैलाई स्विकार्न सक्नु नै दिगो सम्बन्धको पहिलो सर्त हो।’

आत्मविश्वासले सफलता

मानिस जीवनको सुख वा दुःख दुवैको कारण अन्यत्रै खोज्छन्। दुवैको कारण आफैं हुँ भनेर कहिल्यै गहिरिएर चिन्तन गर्दैनन्। यसको बोध गर्नु दीक्षा हो। मानिस पीएचडीसम्मको सर्टिफिकेट लिन्छन्। शैक्षिक योग्यता आफैंमा ठूलो र भव्य हतियार पनि हो, योबिना धेरै कुरा असम्भव पनि छ, तर योग्यताले भरिपूर्ण मानिस पनि ससाना कुरामै चुकिरहेको हुन्छ। उसले अरूलाई सम्मान दियो सम्मान पाइन्छ भनेर पनि बिर्सन्छ। हात्ती जंगलको राजा हो तर पानीमा गोही मात्र शक्तिशाली हुन सक्छ। धुम्बाराहीनिवासी सुधा रायमाझी भन्छिन्, ‘मैले कति फरक अनुभव गरें भने बोध र लय विज्ञान लिनुअघि र पछिको ममा आएको परिवर्तन देखेर आफैं चकित छु।’

जीवनलाई योगको प्रयोगशाला मान्ने ‘जीवन विज्ञान’ को केन्द्रीय कार्यालय चाबहिल पुग्दा एउटा वाक्य पढ्ने अवसर पाएँ, ‘विवेकी र सजग व्यक्तिको क्षेत्रमा कुनै भीड या प्रतिस्पर्धा हुँदैन।’ हामी आफूलाई हरेकसँग प्रतिस्पर्धा गरिरहेका हुन्छौं। एउटै कार्यालयमा उही पदमा काम गर्दैछौं भने त अझ अनावश्यक प्रतिस्पर्धा गर्छौं तर सोच्दैनौं उसले जीवनमा त्यहाँसम्म आइपुग्दा कति मेहनत र परि श्रम वा लगानी गरेको छ भनेर। सबै मानिस ‘आशीर्वाद’ बाट मात्र यो वा त्यो अवस्थामा पुगेको हुँदैन भनेर बुझ्न नसक्नु पनि अर्को भ्रम हो। आत्मविश्वासको कमीले नै मानिस सधैं ‘भ्रम’ को खेती गरिरहन्छ। ‘अरूको खुसीमा आफ्नो खुसी हुन्छ, सेवाले स्वार्थभन्दा माथि लैजान्छ’, जीवन विकास विशेषज्ञ एलपी भानू शर्मा भन्छन्, ‘सेवा यज्ञ हो, प्रेमपूर्ण कर्म गर्नु सेवा हो। सेवाले डिप्रेसनलगायत कैयन् रोगबाट मुक्ति मिल्छ। आत्मविश्वास र आत्मसम्मानले कुनै मानिस भिखारी होला रु ’

दुःख ठाने दुःख सुख माने सुख

आफूलाई सच्याउन नखोज्नु समस्या हो। चल्दै आयो भनेर आफूलाई नसच्याउञ्जेल जीवनले दुःख पाइरहन्छ। ‘म जे छु ठिकै छु’ भन्ने भ्रमले आफू र अरूलाई दुःख हुने हो। धन, सम्पत्ति र योग्यता सबै भएर पनि आज मानिस किन सुखी छैन रु कहिल्यै आत्मचिन्तन गर्नुभएको छ रु दैनिक मनमा खेलाउने नकारात्मक सबै भाव त्यागेर ‘म शान्त छु, म सुखी छु, म समृद्ध छु’ भनेर दैनिक मनमा मन्थन सुरु गर्नोस्, परिणाम फरक हात पर्नेछ।

अधिकांश मानिसलाई दुई छाक खान, एकसरो लगाउन र वास बस्न समस्या छैन। यसभित्र यो तहका मानिसले सुख देख्दैनन्। कुनै कारणले कोही सडकमा पुगेको हुन्छ, उसले न राम्रो लगाउन पाएको हुन्छ न भनेको समयमा खान पाएको हुन्छ न न्यानो वास नै। सोच्नोस् त, त्यो बेवारिसे मानिसका लागि एक छाक खाना।।। १ मैलो, फाटेको अझ लगाउन नपाएको अवस्थामा एक जोडी लुगा।।।१ चिसो रातमा सडकमा बोराको सट्टा डसना, तन्ना र सिरक अनि घरको न्यानो कोठा।।। १ के त्यो गरिब र निरीह मानिसका लागि यी सबै सुख होइनन् रु

जब मानिसले ‘मूलबाटो’ रोज्दैन तब उसले दुःख पाउन थाल्छ। ‘लोभ’ र ‘मोह’ दुःखका कारण हुन्, सबैलाई थाहा छ तर हामी बुझेर÷नबुझेर यसकै पछि लाग्छौं र दुःख पाउँछौं। हामी आफूले पाएको ‘शिक्षा’ वा ‘ज्ञान’ लाई साधना गर्दैनौं र कुहाउँछौं अनि ‘दुःखको दुबो’ रोप्छौं। एक्काईसौं शताब्दी सूचना र प्रविधिको युग हो। समय बदलिएको छ तपाईं यस्ता सूचना÷ज्ञान जति बाँड्नु हुन्छ तपाईं त्यति नै धनी हुँदै जानुहुन्छ।

नदिएरै अधुरो छ जीवन

‘कमाउने’ एउटै धोको छ मानिसमा। अरूका लागि खर्च गर्नुपर्छ भन्ने कमैमा भावना होला। ‘लिने’ मात्र मनमस्तिष्कमा घुमिरहुञ्जेल उसले ‘दिने’ तिर सोच्नै सक्दैन। ‘आफू’ मा केन्द्रित बनाउञ्जेल मानिसले ‘अरू’ तर्फ न आँखा उघार्छ न त मन। ‘धन’ लाई सर्वेसर्वा ठानिरहँदा मानिस ‘मन’ भित्र पस्नै सक्दैन। ‘सुख’ मा मस्त हुनेले ‘दुःख’ को संसार महसुस गर्दैन। ‘निरोगी’ ‘रोगी’ नहुञ्जेल वा आफन्त ‘रोग’ ले थिलथिलो नहुञ्जेल त्यसको पीडा बुझ्दैन। गट्ठाघर केन्द्रकी प्रशिक्षिका सरस्वती भट्टराई भन्छिन्, ‘मैले जीवन विज्ञानका कोर्सहरू लिएपछि अनुशरण गरेकी छु, दिएर धेरै पाएकी छु।’

धेरैले बुझ्दैनन्, ‘सुख र दुःख’, ‘लिनु र दिनु’, ‘आफू र अरू’, ‘धन र मन’, ‘कमाउनु र खर्च गर्नु’, ‘निरोगी र रोगी’, ‘सफल र असफल’ आदि शब्दका अर्थ १ या त बुझेर पनि चुप छन् १ धेरैलाई ‘जानेको÷बुझेको’ भ्रम मात्र पनि हुनसक्छ। धेरै कुरा नदिएरै ‘लोभी’ बनिरहेका छौं। सद्गुणी व्यक्तिले दिन्छ र त ऊ खुसी र सुखी छ। रमेश नेपालले लेखेको एउटा गीतले भने झैं बनेर त हेरौं, ‘निर्मल, दयालु र पे्रमल स्वाभाव, शुद्ध चित्त, दृढ विश्वास, आनन्ददायक, सफलतादायक, सहयोगी भाव, सन्तोषी मन, क्रियाशील तन, रसपूर्ण बोली, मधुर मुस्कान, प्रसन्न चित्त, अटल विश्वास, सेवाभाव।’

योग र ध्यानबाट पूर्णजीवन

सुखका लागि मानिस अनेक प्रयत्न गर्छ, गरिरहन्छ तर पनि परिणाममा उसले दुःख हात पार्छ। ‘दुःखभित्र सुख’ देख्न सके मात्र जीवन सुखी हुन्छ। तर कसरी रु ‘योग’ र ‘ध्यान’ बारे अधिकांशको बुझाइ सीमित छ। जसरी दिनहुँ खाइन्छ त्यसरी नै शरीरका लागि ‘योग’ चाहिन्छ। शरीर सक्रिय नबनाए मन पनि निस्क्रिय हुन्छ। क्रमशः रोगहरू बढ्दै जान्छ। रोगी शरीरले सिर्जनात्मक काम गर्न सक्दैन।

सात दिन सातै खालका वैज्ञानिक योग पद्धति अपनाएर जीवन विज्ञानले प्रयोगमा ल्याएको छ। योगसँगै प्राणायाम पनि हुनेछन्। सातै दिन पूर्ण अनुशरण गरी योग र प्राणायाम गरे क्यान्सरजस्ता रोगबाहेक अन्य रोगले हत्तपत्त आक्रमण नगर्ने विशेषज्ञको भनाइ छ। प्रत्येक दिन ‘योग’ पछि ‘ध्यान’ मा जाने गरिन्छ। ‘जसले पसिना काढ्दैन, उसले आँसु काढ्नुपर्नेछ’, भानू शर्मा भन्छन्, ‘दैनिक योगबाट पसिना काढ्नोस्, ध्यानबाट तपाईंले नसोचेको सुख, शान्ति र समृद्धि प्राप्त गर्नु हुनेछ।’ हो, किनकि यी सातदिने अभ्यासले जीवन पूर्णतः स्वस्थ्य बनाउन सकिन्छ।

जीवनमा जे गर्छौं बुझेर गरौं, योग र ध्यान बुझेर गरेपछि तपाईंले फरक संसार अर्थात् सुखको संसार पाउनु हुनेछ। लिन होइन, दिन जान्नु हुनेछ। सुरु ‘मुस्कान’ बाटै गर्नोस् यो पनि ‘दिनु’ हो, ‘सेवा’ हो। त्यसपछि आफू ‘योग’ र ‘ध्यान’ बाट ‘स्वस्थ’ हुनोस् र अरूलाई पनि ‘स्वास्थ्य’ दान दिन थाल्नोस्, दुःख हराउँदै जानेछन् अनि आफूलाई सुखी र खुसी महसुस गर्न थाल्नुहुनेछ। Annpurnapost.





Leave a comment

Your email address will not be published.


*