२०४६ ले खोलेको समाज

          |   प्रकाशित मितिः मङ्लबार, चैत्र २६, २०७५     ::: 70 पटक पढिएको   |  

किरण दहाल- काठमाडौं- वीपी सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले विसं। २०१७ सालमा सम्पुर्ण सत्ता आफूमा खिचे। राजनीतिक दलहरुलाई पाखा लगाइदिए। नेताहरुलाई थुने। देशमा पञ्चायती व्यवस्था लागु भयो। जहाँ राजाले निर्देशन दिन्थे, रैतीले आज्ञापालन गर्नुपर्थ्यो।पञ्चायती शासनमा जनताले आफ्नो भनाई स्वतन्त्रतापुर्वक राख्न पाउने अधिकार कुण्ठित भयो। यो संकुचन केवल राजनीतिक अभिव्यक्तिमा थिएन। राजनीतिक अभिव्यक्तिसँगै मानिसहरुको सांस्कृतिक र सामाजिक अभिव्यक्ति पनि कुण्ठित भएको थियो।यो स्थिती ३० वर्षसम्म रह्यो।

२०४६ सालमा भएको जनआन्दोलनले समाजलाई फरक दिशातिर उन्मुख गराइदियो। त्यसपछि पञ्चायतकालमा जनताले भोग्नुपरेका जटिलताहरु एकपछि अर्कोगर्दै धुमिल हुँदै गयो। समाजले नयाँ मोड लियो। मान्छेहरुले परिवर्तनको आभाष पाए। आर्थिक, सामाजिक, सांस्कृतीक, राजनीतिक लगायतका क्षेत्रमा ब्यापक परिवर्तन भयो।

मान्छेहरुले परिवर्तनको प्रत्याभुती गरे। खुला समाजमा उनीहरुले स्वतन्त्रताको अनुभुती गर्न पाए।

बहुदलीय प्रजातन्त्रको स्थापनासँगै देशमा केवल अर्थतन्त्र र राजनीतिको मात्र होइन सामाजिक जीवनको पनि उदारीकरण भयो। जीवनशैली र चिन्तनमा पनि खुलापन आउन थाल्यो।
०४७ सालको जनआन्दोलनले समाजलाई उदारीकरणतर्फ डोहोर्‍यायो। समाजका बिभिन्न आयामहरुमा एकसाथ परिवर्तन आउन थाल्यो। ती परिवर्तन सामाजिक जीवनका अनेक फलकहरुमा देखिनथाले। २०४६ को आन्दोलनपछि अत्याधिक फस्टाएको क्षेत्र हो, मिडिया ।

२०१९को संविधानले दलगत उद्धेश्यबाट प्रेरित प्रकाशनलाई नियन्त्रण गरेको थियो। प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतालाई नै छापाखाना तथा प्रकाशन सम्बन्धि ऐनलाई न्याक्ने काम गर्यो।

पञ्चायतकालमा सञ्चारमाध्यमको राम्रो अभ्यास हुन पाएन। गोरखापत्रलगायत थोरै सञ्चारमाध्यमहरु सञ्चालनमा थिए। २०१७ फागुन ७ गतेदेखि गोरखापत्रले नियमित प्रकाशन सुरु गरेको थियो। २०१७ चैत २१ गते देखी त गोरखापत्र विकास बोर्ड कै गठन भएको थियो। त्यस्तै समीक्षा, विमर्श, देशान्तर, दृष्टि, प्रकाश साप्ताहिक जस्ता पत्रपत्रिकाहरुपनि पञ्चायत कालमै खुलेका थिए। यी पत्रिका मुलतः मिसन पत्रकारिता थिए। पञ्चायतको विरोधमा लागेका वामपन्थी वा प्रजातान्त्रिक धारका विचार सम्प्रेषण गर्ने मिसनले ती पत्रिका प्रकाशन गरिएको थियो।

पञ्चायतकालमा अन्य पत्रपत्रिकाको स्थापना भए पनि त्यसले खासै प्रगति गर्न सकेन। पञ्चायत र पञ्चायतइतरबिच द्वन्द्व नै चलेको थियो। यसकारणले पनि खासै पत्रकारीताका क्षेत्रमा खासै सुधार हुन सकेन। सञ्चालनमा रहेका मिडियाहरुलाई पनि पञ्चायतको विरुद्धमा लेख्न÷बोल्न कठिन थियो।

प्रकाशित हुने पत्रपत्रिकाको लागि तथ्याङ्क राख्ने, पत्रकारका लागि आचारसंहिता जारी गर्ने उदेश्यले २०२७ सालमा प्रेस काउन्सिलको स्थपना भयो।२०४७ सालपछि नेपालमा व्यवसायिक पत्रकारिता सुरु भयो। मिसन पत्रकारीकारिताको अन्त्य भएर व्यवसायिक पत्रकारिताको थालनी नै ०४७ सालको परिवर्तनपछि भएको हो।

२०१७ मा गुमेको प्रजातन्त्र स्थापनपछि पत्रकारीताले मौलाउने अवसर पायो। नीजिप्रकाशन गृहहरु खुल्न थाले। पत्रपत्रिका, रेडियो, टेलिभिजन च्यानहरुको वृद्धि हुन थाल्यो। नेपाल टेलिभिजनहरुमात्र हैन, नीजि स्तरमा पनि टिभी खुल्न थाल्यो। सामुदायिक रेडियो स्टेसनहरुमा वृद्धि हुन थाल्यो।

आन्दोलनपछि सञ्चारमाध्यमले ठुलो फड्को मार्यो। मान्छेहरु पनि रेडियो, टेलिभिजन, पत्रपत्रिकाको नजिक रहन थाले। युवा जमात मिडिया क्षेत्रमा लागे। सञ्चारमाध्यम नै आफैमा रोजगारीको स्रोत बन्न पुग्यो। यो प्रभाव २०६२÷६३ को जनआन्दोलनपछि झनै बढ्न थाल्यो।२०४७ मा आएको प्रजातन्त्रले ल्याएको अर्को महत्वपुर्ण परिवर्तन थियो– जीवनशैली।

पञ्चायतभरी बन्द जीवन गुजारीरहेका मानिसहरुको जीवनशैलीमा सुधार देखियो। उदारीकरणले प्रभाव पारेसँगै मान्छेहरु दैनिकी फेरिन थाल्यो। गीत÷संगीत, फेसन, लगाइखुवाई, घुमफिर लगायतका क्षेत्रमा मान्छेले सहजता महसुस गर्न थाले। पञ्चायतकालभरी मानिसलाई यि सबैमाथि मेसो थिएन।

मान्छेको जीवनशैलीमा परिवर्तन ल्याउन सञ्चार माध्यमले ठुलो भुमिका खेल्यो। टेलिभिजन, रेडियो सुन्न थाले मान्छेहरुले। त्यसको प्रभावले पनि उनीहरुको दैनिकी फेरिन थाल्यो। देशविदेशका कुरा हेर्न सुनन पाइन भएकाले मान्छेहरुले सिको गर्न थाले। बाहिरिया जीवनशैलीलाई मान्छेहरुले जीवनमा लागु गर्न थाले।

त्यस्तै, उदारीकरणमा गएसँगै मान्छेहरु कामका लागि घर छाडेर बाहिर आउन थाले। रोजगारीका क्षेत्रहरु पनि फैलिन थाले। मान्छेहरु कामका लागि शहर पस्न थाले। कामकै लागि देश÷विदेश पुग्नेहरु बढ्न थाले। घर छाडेर बाहिर आएपछि नयाँ जीवनशैलीसँग उनीहरु अभ्यस्त हुन थाले।

सहजता बढेसँगै आन्तरिक र बाह्य पर्यटनमा वृद्धि हुन थाल्यो। विदेशीहरुमात्र हैन, नेपालीपनि देश विदेश घुम्नजान थाले।मनोरञ्जनका लागि सिनेमा हलहरु खुल्न थाले। युवापुस्तालाई सिनेमा हलले खुबै आकर्षित गर्यो।पञ्चायतकालभरी फिल्मी क्षेत्रमा खासै प्रगती हुन सकेको थिएन। जति थिए ती पञ्चायती विचार अनुकुल नै थिए। त्यसो त नेपाली सिनेमा उद्योगको स्थापना नै दरबारको प्रत्यक्ष रुचीमा भएको थियो।

प्रजातन्त्र पुनस्र्थापनापछि मानिसका मनोरञ्जनका साधन फेरिन थाले।सहरी क्षेत्रहरुमा सिनेमा हलको स्थापना हुन थाल्यो। काठमाडौंमात्र हैन, काठमाडौं बाहिरका मानिसहरुपनि सिनेमासँग जोडिए। गाउँका मानिसहरुपनि फुर्सद मिलाएर हलसम्म धाउन थाले।

युवा पुस्तालाई फिल्मले विशेष रुपमा तान्यो। नेपाली, हिन्दी सिनेमा हेर्नेहरुको जमात बढ्दै गयो।सुन्दरी प्रतियोगीताहरु सुरु हुन थाए। ब्युटिपिजेन्ट सुरु हुन थाल्यो। अहिलेसम्म आउँदा त नेपालमा सयौं सुन्दरी प्रतियोगीता हुने गर्छ।

गीत संगीतको क्षेत्रमा पनि व्यापक सुधार आयो। आधुनिक गीत संगीतमात्र हैन, युवापुस्ता पप गीतको प्रभाव बढ्न थाल्यो। नीजि कम्पनीका क्यासेट सेन्टरहरु खुल्न थाले। डिजिटल प्रविधीहरुले पनि द्रुत रुपमा विकास हुन थाले। बिभिन्न स्टुडियो र अडियो म्युजिक कम्पनीहरु खुल्न थाले। ब्यापार पनि बढ्न थाल्यो।

गाउँगाउँसम्म अडियो क्यासेटहरु पुग्थे। बिक्रि हुन्थे। गायकगायिका, संगीतकारहरुलाई पनि पारिश्रमिक दिने चलन आयो।२०४७ पछिको अर्को महत्वपूर्ण परिवर्तन विविधताको स्वीकार थियो।

पञ्चायतकालभरी सरकारले आफ्नै देशको जातिय विविधतालाई स्वीकार्न सकेको थिएन। बरु ‘एक जाती एक भेष’ को नारालाई प्रयोगमा उतारिएको थियो। राष्ट्रिय गीत बनाइएको थियो। राष्ट्रिय पोषाक तोकिएको थियो। ‘नेपाली’ लाई राष्ट्रिय भाषाको रुपमा व्याख्या गरिएको थियो। राष्ट्रिय जनावरदेखी राष्ट्रिय पंक्षीसम्म घोषणा गरिएको थियो। राजा महेन्द्रको यो अभ्यासमा खस पहाडिया बाहेकका समुदायको अस्तित्वलाई स्विकारेको थिएन। बरु अन्य समुदायलाई पनि यही परिभाषाभित्र जबरजस्ती कोच्ने प्रयास गरिएको थियो।

नेपाली भाषालाई सरकारी कामकाजको भाषा बनाइयो। राष्ट्रियताको नाममा पञ्चायतले फरक समुदायको अस्तित्वलाई स्विकारेन। बरु सबैलाई एउटै डालोमा होलेर मिलेर बस्नुपर्ने बताइयो। पञ्चायतको ३० वर्षसम्म चलेको अभ्यास यही थियो।

पञ्चायतको यो चरित्र प्रजातन्त्र आएसँगै फेरिन थाल्यो। मधेशी, जनजाती, दलित, मुस्लिम, महिला, सीमान्तकृत समुदायले सन्तोषको शास फेरे। उनीहरुले पनि आफूहरुलाई उत्तिकै अधिकारसम्पन्न महसुस गर्न थाले। बहुदलिय राजनीतिले उनीहरुको पक्षमा बोल्ने बाताबरण तयार पारिदियो।

बिभिन्न समुदायले खुसीयालीपुर्वक आफ्नो रितीरिवाज, चाडपर्व मान्न थाले। अधिकारका आवाज उठाउन थाले। संगठनहरु बनाउन थाले। राजनीतिमा आफ्नो भुमिका खोज्न थाले। सरकारी अड्डामा आफ्नो पनि सहभागीता हुनुपर्ने माग राख्न थाले। पञ्चायतकालभरी शिर निहुराएर बसेकाहरुले आफ्ना पक्षमा आवाज उठाउन थाले। हक अधिकारका कुरा गर्न थाले। नागरिकबाट





Leave a comment

Your email address will not be published.


*