दलित महिलालाई कम्बल वितरण

          |   प्रकाशित मितिः बुधबार, चैत्र २७, २०७५     ::: 95 पटक पढिएको   |  

सिमकोट चैत्र २७ गते । दलित एकल महिलाहरुलाई कम्बल वितरण गरिएको छ । लक्षित वर्ग अन्र्तगतको कार्यक्रम अनुसार सिमकोट गाउँपालिकाले गाउँपालिका सबै एकल दलित महिलाहरुलाई कम्बल वितरण गरेको हो ।
न्यून आयश्रोत भएका गाउँपालिका सबै दलित एकल महिलाहरुलाई एक एक थापन कम्बल निशुल्क रुपमा वितरण गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताउनु भयो । यसबाट पैतालीस जना एकल दलित महिलाहरु लाभान्वित भएको उहाँले बताउनु भयो । यो ललित महिलाहरु कै मागका आधारमा गत बर्षको तर्जुमा भएको योजना अन्र्तगतको कार्यक्रम रहेको उहाँले बताउनु भयो । सधै चिसो भइ रहने हिमाली जिल्लाका दलित महिलाहरुलाई कम्बल किन्न आर्थिक अभाव हुने देखिए पछि गाउँपालिकाले यस्तो सहयोगको कार्यक्रम संचालन गरेको अध्यक्ष लामाले बताउनु भयो । यसरी कम्बल पाउने दलित एकल महिलामा तीस देखि ७० बर्ष उमेर समुहका रहनु भएको छ । गरिबलाई गाउँपालिकाले सहयोग गरेर स्थानीय सरकार गाउँगाउँमा भएको महशुस भएको उहाँले बताउनु भयो ।





Leave a comment

Your email address will not be published.


*