अपडेटः लुक्ला विमान दुर्घटना, घाइतेकाे उपचार काठमाडाैँमा

          |   प्रकाशित मितिः आइतवार, बैशाख १, २०७६     ::: 106 पटक पढिएको   |  

काठमाडौँ, वैशाख १ गते । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ ।नागरिक उड्यन कार्यालयका अनुसार समिटि एयरको 9NAMH (L410) विमान लुक्का विमानस्थनलबाट रामेछापको लागि उड्ने क्रमममा धावन मार्गबाट दाहिने पट्टी मोडिई हेलिप्याडमा रहेको हेलिकप्टरमा ठोकिइ दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा उक्त विमान र मनाङ्ग एयरको हेलिकप्टर 9N-ALC पुर्णरुपमा क्षतीग्रस्त भएको छ । यस दुर्घटनामा परी श्री एयरलाइन्सको हेलिकप्टर 9N-ALK लाई सामान्य क्षति पुगेको छ ।

त्रिभुवन विमानस्थल नेपाल नागरिक उड्यन कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार दुर्घटनामा समिट एयरका कोपाइलट र हेलिप्याड नजिकै रहेका नेपाल प्रहरकिा एक जना असईको घटनास्थलमै मृत्यु भएको छ । यस्तै विमानका मुख्य चालक, मनाङ्ग एयरका चालक तथा विमानस्थल सुरक्षा गार्ड एक जना असईलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्दार गरी ग्राण्डी अस्पतालमा ल्याइएकोमा विमान स्थल सुरक्षा गार्ड असईको निधन भएको ग्राण्डी अस्पतालले जानकारी दिएको छ ।

त्रिभुवन विमानस्थल नेपाल नागरिक उड्यन कार्यालयका अनुसार दुर्घटनास्थानमा मृत्यु भएका दुबैजनाको शब हेलिकप्टरबाट शिक्षण अस्पताल महाराजगञ्जमा ल्याईएको छ । समिट एयरको उक्त विमानमा दुई जना चालक र एक जना विमान परिचारिका सवार थिए ।





Leave a comment

Your email address will not be published.


*