नेकपाकै कार्यकर्ताबाट असहयोग भयो – पोखरेल

          |   प्रकाशित मितिः सोमवार, बैशाख ९, २०७६     ::: 80 पटक पढिएको   |  

नेपाल कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवसका अवसरका दैलेखमा आयोजित कार्यक्रममा मन्तब्य दिनुहुँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य लक्ष्मीप्रसाद पोखरेल । तस्विर ः हिक्मत बहादुर नेपाली, दैलेख

दैलेख वैशाख ९
नेकपाका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद पोखरेलले नेकपा सरकारमा हुँदा आफ्नै कार्यकर्ताहरुको असहयोगका कारण सोचे जति सफलता पाउन नसकेको बताउनुभएको छ । सरकारले गरेको राम्रा कामलाई ओझेलमा राखेर स–साना कमजोरीलाई उचाल्न विपक्षलाई बल पुगेको बताउनुभएको छ ।
नेपाल कम्यूनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा दैलेख सदरमुकाममा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै केन्द्रीय सदस्य पोखरेलले संघ, प्रदेश र स्थानीय तहमा समेत पार्टीको सरकार भएकोले कुनै लोभ वा मोह नराखी सरकारलाई सघाउन पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रतिनिनिधसभा सदस्य रबिन्द्रराज शर्माले पार्टी कमिटीहरु स्थानीय तहसम्म छिट्टै बिस्तार हुन लागिरहेकोले एकतावद्ध भएर संगठनमा जुट्न आग्रह गर्नुभयो । उहाँले दुई ठूला पार्टीबीच एकता भइसकेकोले अव गुटगत भावना सबै कार्यकर्ताले त्याग्नुपर्ने सुझाव दिनुभयो ।
त्यसबखत कर्णाली प्रदेश कमिटीका सदस्य प्रतिनिधिसभा सदस्य पार्वती बिशुन्केले स्थानीय तहमा आएको बजेट श्रोतलाई पारदर्शी र जवाफदेही तरिकाले परिचालन गरी आम नागरिकको जीवनस्तर उठाउन सके मात्र सुखी नेपाली र समृद्ध नेपाल बन्न सक्ने बताउनुभयो । कार्यक्रमको अध्यक्षता कर्णाली प्रदेश कमिटीका सदस्य टेकबहादुर खाँणले गर्नुभएको थियो ।





Leave a comment

Your email address will not be published.


*