शिविरमा १ सय ५१ जनालाई नागरिकता

          |   प्रकाशित मितिः शनिबार, बैशाख १४, २०७६     ::: 103 पटक पढिएको   |  

दैलेख वैशाख १४
दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ डाडापराजुलमा संचालित दुई दिने नागरिकता वितरण सम्बन्धि घुम्ती शिविरमा १ सय ५१ जनाले नागरिकता बनाएका छन् । जिल्ला प्रशासन कार्यालय दैलेखले शिविरको आयोजना गरेको थियो ।

शिविरमा ७२ महिला र ७९ पूरुष गरि १ सय ५१ जनाले नागरिकता बनाएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिनुभयो ।
शिविरमा १ सय ६२ जनाको फोटो सहितको मदताता नामावली संकलन गरिएको छ । नागरिकता वितरणसंगै जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने अन्य सेवा तथा सुरक्षा समन्वयका विषयमा सार्वजनिक सुनुवाई गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी बास्कोटाले जानकारी दिनुभयो । सार्वजनिक सुनुवाईमा मदिरा व्यवस्थापन, विकास योजनाको पारदर्शितामा प्रशासनले ध्यान जान नसकेको यहाँका नागरिकहरुले गुनासो गरेका छन् ।





Leave a comment

Your email address will not be published.


*