पेट्रोलियम खानी अन्वेषण टोली आउँदै

          |   प्रकाशित मितिः बिहिबार, बैशाख १९, २०७६     ::: 33 पटक पढिएको   |  

काठमाडौँ, वैशाख १९ – पेट्रोलियम पदार्थको खानी अध्ययन तथा अन्वेषणका लागि चिनियाँ टोली यसै महिनाभित्र नेपाल आउँदै छ । नेपाल र चीनबीच भएको पेट्रोलियम खानी अन्वेषणसम्बन्धी भएको द्विपक्षीय समझदारी अनुसार चिनियाँ अध्ययन टोली आउन लागेको खानी तथा भूगर्भ विभागले जनाएको छ ।
खानी तथा भूगर्भ विभाग र चाइना जीओलोजिकल सर्भेले गत फागुन १६ गते खानी अन्वेषण कार्यान्वयन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता गरेका थिए । वैशाख अन्तिम साता चिनियाँ अध्ययन टोली नेपाल आउने विभागका उपनिर्देशक एवं पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधीर रजौरेले जानकारी दिनुभयो ।
विभागका अनुसार टोलीले दैलेखको पादुका क्षेत्र, पाल्पा, दैलेख, सुर्खेत, उदयपुर, नेपालगञ्जलगायतका जिल्लामा चिनियाँ टोलीले अध्ययन गर्नेछ । चिनियाँ टोलीले पेट्रोलियम खानीको विस्तृत अन्वेषण, अध्ययन तथा ड्रिलिङको काम गर्ने उपनिर्देशक रजौरेले बताउनुभयो ।
अध्ययनले पेट्रालियम पदार्थ भण्डार कति मात्रामा छ भन्ने पत्ता लगाउनेछ । पत्ता लागेका खानीमा थप अध्ययनपछि पेट्रोलियम पदार्थको मात्रा र आर्थिक रूपमा सम्भाव्य भए÷नभएको पत्ता लगाउनेछ । रजौरेका अनुसार चिनियाँ टोलीले पहिलो चरणमा पूर्वतयारीको काम गर्नेछ । त्यसपछि प्राविधिक टोलीले ड्रिलिङको काम गर्नेछ ।
दैलेखको पादुका क्षेत्रमा बलिरहेको ज्वालाले पेट्रोलियम पदार्थ छ भन्ने देखाए पनि कति मात्रामा उपलब्ध छ रु पत्ता लगाउन थप अध्ययन गरी ड्रिलिङ गरिने भएको छ ।





Leave a comment

Your email address will not be published.


*