भगवतीमाई गाउँपालिकाको विकास र समृद्धिको आधार

          |   प्रकाशित मितिः मङ्लबार, बैशाख ३१, २०७६     ::: 58 पटक पढिएको   |  

महेन्द्रराज अधिकारी
adhikari.mahen12@gmail.com

राज्य सञ्चालनका विभिन्न पक्रिया अनुसार नेपाल अहिले सघिंय सासन प्रणाली सञ्चालनको अवस्थामा रहेको छ । यसरी यो प्रक्रियाको धेरै र्चचा परिचर्चा चलीरहेको छ । संघीय ब्यवस्था अनुसार हाल नेपालमा ७७ जिल्ला ७५३ स्थानिय तह, ७ प्रदेश र १ सघिंय सरकार रहेको छ । यस्तै दैलेख जिल्ला मा पनि ११ वटा स्थानिय तह रहेका छन् । अहिले गाउँ बस्ती तथा सहरहरुमा सभा सम्मेलनमा जता ततै सघिंयताको विषयमा चर्चा चलीरहेको छ । यस्तै मेरो भगवतीमाई गाउँपालीकामा पनि चर्चा चलीरहको थियो । सन्दर्भ भगवतीमाई गाँउपालीकाको विकास थियो । सबैमा एउटै कुरा थियो भगवतीमाई गाउँपालीका कसरी विकास गर्नेे ? यस्तै कसैले विकास गर्न सकिन्छ, कसैले सक्न्नि, कसैले कसरी गर्ने जस्ता कुरा हरुले चर्चा गरीरहेका थिए । मलाई पनि यसको बारेमा जन्न र बुझ्न र बिश्लेषण गर्ने मन लाग्यो ।
यसरी मैले भगवतीमाई गाउँपालीका को पाश्र्वचित्र बनाउने अवसर पाएँ । यो पाश्र्वचित्र अनुसार यसको परिचय र यसको सुरुवाती अवस्था अनुरुप बि.सं. २०७३ साल फागुन २७ गते नेपाल सरकारले स्थानीय तहहरुलाई नेपाल राजपत्रमा सूचना प्रकाशित भए बमोजिम स्थानीय तह निर्धारण तथा सिफारिस आयोगको २०७३ सालको सिफारिसका आधारणमा नेपाल सरकारले देशभरी ७५३ र दैलेख जिल्लामा ११ वटा स्थानीय तह घोषणा गर्दा भगवतीमाई गाउँपालिकालाई ७ वटा वडामा विभाजिन गरिएको छ ।
भगवतीमाई गाउँपालीकाको चिनारी ः
यो गाउँपालिका सडक सुविधाको दृष्टिले सुगम मानिन्छ । यो गाउँपालिका वडा नं. १ को दुम्जी खोला देखि वडा नं ४ को मनघरचौर सम्म करिव १८ कि. मि. भू–भाग मध्यपहाडी लोकमार्गमा जोडिएको छ । दैलेख जिल्लामा रहेका ११ वटा स्थानीय तह मध्ये जिल्ला सदरमुकाम देखी करिब २२ कि.मि. पूर्वमा पर्ने भगवतीमाई गाउँपालिका कृषि, सलेट ढुङ्गा र बन सम्पदाका हिसावले अत्यन्त सम्भावना बोकेको गाउँपालिका हो । केही भु‐भाग बेशी, खोच, केही भु‐भाग मध्य पहाड र केही क्षेत्रहरु उच्च पहाडी क्षेत्रमा पर्ने भएकाले मिश्रीत खालको हावापानी यस गाउँपालिकामा पाईन्छ । यस गाउँपालिकाकोे सामाजिक रितिरिवाज र चाड पर्वमा वडा दशै, तिहार, चैते दशै, साउने संक्रान्ति, माघेसंक्रान्ती, जनैपूर्णिमा, कृष्ण जन्माष्टमी, स्थानीय देवीदेवताहरुको पैठ र लहरेपैसरी लगायतका स्थानीय कला संस्कृतिहरु रहेका छन् । यस गाउँपालिकाको वडा नम्वर नं. १ र नारायण नगरपालिकाको वडा नं. ११ को विचमा करिव २१०० मिटरउचाईमा रहेको मालिका लेकमा बाजुरा जिल्लामा रहेको वडिमालिका देवी कि बहिनीको बासस्थान रहेको संस्कृत बिद्हरु बताउछन् । यस गाउँपालिको वडा नं. ७ मा लोहोरेखोला देखी करिब २००० मिटर उचाईमा रहेको शिखरद्धारी मन्दिर र चमेरे गुफा पर्यटकिय हिसावले हेर्न लायक छन ।
यहाँका प्राय सबै जसो घरपरिवार कृषिमा आश्रित भए पनि निर्वाहमुखी परम्परागत खेती प्रणालीका कारण बर्ष भरी आफ्नै खेतबारीबाट खान पुग्नेको संख्या भने अत्यन्त न्युन छ । धान, गहुँ, मकै जौ आदि मुख्य अन्न बालीका रुपमा लगाईने यस क्षेत्रमा दलहन बाली (मास, भटमास, गहत, आदि) तरकारी बाली (आलु, बन्दा, काउली टमाटर आदि) समेतको खेती गर्ने गरिन्छ । प्रसस्त जंगल क्षेत्र भएकोले आहार ब्यावस्थापन गर्न सकेमा पशुपालनका लागि समेत यो गाउँपालिका क्षेत्र अत्यन्त सम्भावना भएको क्षेत्र हो । गाई, भैसी र बाख्रा यस क्षेत्रका मुख्य पशुधन हुन । कृषि तथा पशु विकासका हिसावले प्रचुर सम्भावना भएको यस गाउँपालिकामा प्रविधि प्रसारको अभाव, प्राविधिक जनशक्तिको कमी, सिंचित क्षेत्रको कमी, परम्परागत निर्वाहमुखी खेती पद्धति र कृषिमा व्यसायिकरणको अभाव लगायतका कारण कृषि क्षेत्रको विकासमा खासै प्रगति हुन सकेको छैन । उपरोक्त अभावहरुलाई सम्बोधन गर्दै कृषिलाई ब्यावसायिकरण तर्फ उन्मुख हुन सकेमा प्रांगारिक कृषि उपजको निर्यात समेत गर्न सकिने अवसर तथा सम्भावनालाई मध्य नजर गर्दै कृषि क्षेत्रमा लगानी गरी विकास गर्ने यस गाउँपालिकाको प्रमुख प्राथमिकताको क्षेत्रमा राख्नु पर्दछ ।
कुनै पनि स्थान र ठाउँको नाम कुनै प्रसंगवाट मिलाएर राखेको पाइन्छ । कतै प्राकृतिक सम्पदाका नामबाट नामाकरण गरिएको छ भने कतै देवी देवताका नामबाट नामाकरण गरिएको पाईन्छ । कुनै पनि स्थानको पूर्ण अध्ययनका लागि ऐतिहासिक पृष्ठभुमिको बिश्लेषण गर्न जरुरी रहन्छ । भगवतीमाई गाउँपालिकाको नामाकरणका सन्दर्भमा निम्नानुसार भनाईहरु रहेको पाइन्छ । यस गाँउपालीकालाइ भगवतिमाइ मन्दीरको नाम बाट नामकरण गरिएको छ । यसरी अन्य विभिन्न स्थानको पनि निम्न बमोजीम नामकरण गरेको पाइन्छ ।
बि.सं. २०७३ साल फागुन २७ गते नेपाल सरकारले स्थानीय तहहरुलाई नेपाल राजपत्रमा सूचना प्रकाशित भए बमोजिम स्थानीय तह निर्धारण तथा शिफारिस आयोगको २०७३ सालको शिफारिसका आधारणमा नेपाल सरकारले देशभरी ७५३ र दैलेख जिल्लामा ११ वटा स्थानीय तह घोषणा गर्दा भगवतीमाई गाउँपालिकालाई ७ वटा वडामा बिभाजन भई साबिकको मेहेल्तोली गाबिसमा पर्ने प्रसिद्ध भगवतीमाईको मन्दिरको नामबाट यस क्षेत्रमा वरपरि रहेका साविकका पगनाथ, रुम, मेहेलतोली, जगनाथ, कट्टी, र बडाभैरव गा.वि.स.हरु मिलाएर भगवतीमाई गाउँपालिका नामाकरण भएको हो ।
यो गाउँपालिका रहेको स्थान पगनाथको नामाकरण सम्वन्धमा स्थानीय वासीसंगको छलफल गर्दा वडा नं. १ मा पर्ने धारा खोला भन्ने स्थानमा एउटा जोगी राती बास बसीरहेको बखत त्यहाँका वासिन्दाले जोगीको बास स्थानमा पानीको कुलो लगाई दिएछन् । आफ्नो बास स्थानमा पानी लगाएको देखेर जोगी त्यो स्थानवाट अन्तै जान खोजेछन । जोगी बास स्थान छोडेर अन्तै जान खोज्दा नजाउ पख नाथ, पख नाथ भनेछन् । यहि पख नाथ शब्द अपभ्रंश भई पगनाथ भएको किवदन्ती पाईन्छ ।
गाउँपालीकाको केही तथ्याङ्कहरु ः
वि.सं. २०६८ सालको जनगणना अनुसार भगवतीमाई गाउँपालिको कुल घरधुुरी संख्या ३३५९ रहेको थियो भने २०७५ सालमा ३३६६ घरधुरी रहेको छ । जनगणना २०६८ अनुसार भगवतीमाई गाउँपालिको कुल जनसंख्या १८७७८ थियो भने २०७५ मा गरेको घरधुरी सर्बेक्षण अनुसार भगवतीमाई गाउँपालिको जनसंख्या २२३०६ रहेको छ । कुल जनसंख्या मध्ये महिला १०९६६ (४९.१६५) र पुरुष ११३४० (५०.८४५) रहेका छन् । यसरी यो गाउपालीका मा जम्मा जनसंख्मा र भुभागमा हेर्दा गाउाँपालीका को जनघन्त्व १५१.५२ रहेको छ ।
यस गाउँपालीका मा विभिन्न लिङ्ग जातजाति अनुसार शैक्षिक अवस्था र आर्थिक अवस्थामा पनि फरक देखिन्छ । यसरी ब्रमाण क्षेत्री हरु अलि आर्थिक रुपमा सम्पन्न देखिन्छन भने दलीत हरु न्युन वर्गका देखीन्छन । यसरी यो गाउपालीको साक्षरता अनुसार महिला साक्षरता ८१.६३ छ भने पुरुष साक्षरता ८७.३५ देखीन्छ । मैले गरेको अध्ययान र तथ्याङ्गक अनुसार यस भगवतीमाई गाउँपालिकामा खाद्यान्नको अवस्था हेर्दा १६३४ घरधुरी ४‐६ महिना सम्म खाना पुग्ने गरेको छ भने २० घरधुरी मात्र बाहै्र महिना खान पुग्ने घरधुरी रहेका छन । यसरी हेर्दा ४८.५८ प्रतिशत घरधुरीमा अहिले पनि ३ महिना खाना नपुग्ने रहेका छन । यसरी बर्षभरी खाना पुग्न गाह्रो भएको गाउपालकिा मा विकास र समृद्धि का कार्यक्रम गर्न त धेरै चुनैति पुर्ण देखिन्छ ।
यसरी यो तथ्याङ्गक र विभिन्न छलफल अनुसार यो गाउँपालीकामा उर्वर भुमि कम भएकाले गाउँपालीका मा खाध्यन्नको अभाव देखिन्छ । तर मैले पाश्र्वचित्र निर्माण गर्ने क्रममा त्याहाका केही जन्ने सुन्ने मानिसहरु संग छलफल गर्दा यो गाउँपालीका मा विभिन्न समस्याहरु रहेको बताय । उनिहरु भन्छन ६ महिना सम्मा खाना पुग्न नसक्ने गाँउपालीका मा विकास र सम्पन्न को सपना देख्न व्यर्थ छ । अहिले पनि यो गाँउपालीकाका ७० प्रतिशत युवाहरु कामकाजको सन्दर्भमा भारत जाने र अन्य खाडी मुलुकमा पनि जने प्रक्रिया चलीरहेको छ । बर्षेनि युवाहरु खाडीमुलुकमा धमाधम जाने प्रक्रिया ले भगवतिमाइ गाउँपालीकाको चुनौति रहेको देखिन्छ ।
मैले अध्यन पछि गाउँपालीकाका अध्यक्ष सँंग सोधे यो गाउँपालीको विकास को बारेमा तपाइले के सोच्नु भएको छ ? मेरो प्रश्नको उत्तर दिदै उहाँले भन्नु भो यो गाउँपालीको विकास मा कुनै समस्या नै छैन । यहाँं पर्यटकिय क्षेत्र, प्रकृति सम्पदाले पनि सम्पन्न र अन्य विकासका पुर्वधारका क्षेत्रमा पनि सुगम भएको कारणले विकास गर्न सकिने बताय । यँहा खानेपानि को पनि सुविधा रहेको सरसफाइ को क्षेत्रमा पनि अन्य स्थानिय तह को भन्दा राम्रो रहेको अध्यक्ष ले दावि गरे ।
एकातिर गाउँका केही मानिस विकास गर्न सक्दैन्नन् भन्छन भने उता अध्यक्ष विकास सम्बभ भएको दावि गर्नाले यो गाउँपालीका मा सम्भावना र चुनैति दुवै भएको गाउँपालीका देखिन्छ ।
मैले उनिहरु संग छलफल गर्दै भने विकस त्यो मात्र हाइन कि जाहाँ ठुला ठुला घरहरु बन्छन ? जहाँ बाटोघाटो बन्छ ? जाहाँ धारा हरु बन्छन ? यसरी विकास त्यो हो जँहा मानिसहरुको चेतना मा वृद्धि हुन्छ । सामाजिक सांकृतिक क्षेत्रको बिकास हुन्छ , मैलिकताको विकास हुन्छ । बनेका घरको प्रयोग हुन्छ । बनेको बाटोको प्रयोग हुन्छ । धारा पानि बिजुली , सिचाइ को प्रयोग हुन्छ र त्यँहाका नगरीका को जिवनस्तरमा सुधार हुन्छ । आर्थिक स्थिति बलीयो हुन्छ र आप्mना अधारभुत आवश्कता हरु सहजै परिपुर्ति गर्ना सक्छन । त्यो ठाउँका नागरीक हरु आप्mनो सरकार प्रति सन्तुष्ट हुन्छन र सरकार नगरीक प्रति उत्रदायी हुन्छ । यस्ता विविध कुरालाई विकास मानेर हेर्दा यस गाउँपालीकाका केही चुनौतिहरु रहेका छन ।
यस गाउँपालीकामा होटेल र लज को राम्रो ब्यवस्था नभएकाले यँहा पर्यटकहरुलाइ खान बस्न असजिलो भएको छ । यहाँ सडक सञ्जालको विकास नभएको ले पनि पर्यटकिय क्षेत्रका चुनौति रहेको छ । याहाँ का युवाहरु बिदेशिनु परेका कारण ब्यवसायिक रुपमा तरकारी खेति र बाख्रापालन गर्ने हरुको संख्या पनि कमि आएको छ । विकास निमार्णका कार्यक्रमा दक्ष जनशक्तिको अभाव भएको छ । यस गाँउपालिका मा प्ररमपरागत खेति प्रणली भएका ले यहाँका किसान हरुलाइ आधुनिक खेतिप्रणली मा आउन असजिलो भएको छ । यास गाउँपालीका मा विभिन्न खानिहरु भएको र यसको उपयोगको लागी दक्ष जनशक्ति र लगानिको अभवमा हुन नै यहाँका चुनौतिहरु हुन ।
यस्ता चुनौति सँगै यस गाँउपालीका मा प्रचुर सम्भावना रहेका छन । जाहाँ हामि अहिले पनि ‘सिरानिमा सुन राखेर नुनको खाजिमा डुली रहेका छौ’ हामी संग खानिहरु छन पर्यटकिय क्षेत्र छन हाम्रो गाँउपालीका को लगबग २१०० मि . माथि रहेको मालीका माई मन्धीर चमेरे गुफा , भगवतिमाइ मन्दीर, स्वर्गद्धरी जस्ता पर्यटकिय क्षेत्रहरु छन । जस्मा बर्षमा १५०० देखी ३००० जति अन्तरीक र बाह्य पर्यटक भित्रिने गरेका छन । यो गाउपालीका मा स्लेट खानि को निमार्ण गर्न सकिन्छ । किनकि यहाँ प्रशस्त मात्रमा स्लेट ढुङ्गा पाइन्छ । यदि यीे खानिहरु लाई ब्यवस्थीत गरी स्लेटहरु लाइ विक्रि गर्न सकियो भने गाउँपालीकाको आयमा वृद्धि गर्न सक्निछ । यो गाँउपालीका को धेरै क्षेत्र बनजङगले ढाकेको हुदाँ , यहाँ बाख्रा पालन गरी कर्णली प्रदेश लाई नै पुग्ने मासु उत्पादन गर्न सक्ने सम्भावना रहेको छ । बन पैदावर को सम्रक्षण र प्रयोगले बजारीकरण गरेर गाँउपालीकाको विकास गर्न सकिन्छ ।
यो क्षेत्र आर्गनिक कृषि उत्पादनको लागी कर्णली प्रदेश ले छनोट गरेको क्षेत्र भएको ले आरगानिक कृर्षि उत्पादन गरी प्रदेशिक तथा राष्ट्रीय बजारमा प्रर्बदन गर्न सकिन्छ । यसरी यस गाउँपालीका मा विभिन्न चुनौतिहरु हुदाँ हुदै पनि यस्ता सम्भावना ले गर्दा यस गाउँपालीकाको विकास सम्भव रहेको छ । यि माथिका सम्भावना र विकास नै समृद्ध नेपालका आधार खम्बाहरु हुन । यस्ता सम्भावना हरुलाइ मध्यनजर गदै प्रत्यक गाउँपालीका नगरपालीका हरुले योजना बद्ध तवर तरीकाले विकास का कार्यक्रम अगाडी बढाइयो भने समृद्ध नेपाल सम्भव रहेको छ । त्यसैले भगवतिमाई गाउपालीका को विकास समृद्धिको आधार हुन सक्छ ।





Leave a comment

Your email address will not be published.


*