त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते

          |   प्रकाशित मितिः आइतवार, जेष्ठ ५, २०७६     ::: 181 पटक पढिएको   |  

काठमाडौं , जेठ ५ गते । काकडभिट्टा बाट काठमाडौं आउदै गरेको ना ७ ख नम्बरको बस धादिङको गजुरी गाउँ पालिका ६ बनठे टारमा दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौँ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेका छन । दुई जनाको सनाखत हुन सकेको छैन। दुर्घटनामा २९ जना घाइते भएका छन ।   ईलाका प्रहरी कार्यालय गजुरिका प्रमुख नबराज ढुङ्गेलले उद्दार कार्य जारी रहेको जानकारी दिदै दुर्घटनाको कारण चालक निधाएको वा प्राबिधिक खुल्न बाकी रहेको बताए । 
घाइते २९ मध्य गम्भीर १४ घाइतेलाई काठमाडौं रिफर गरिएको छ । अन्य घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । गाडी सडक बाट ५० मितर तल खसेको थियो । अहिले पनि उद्दारकार्य जारी छ । गाेरखापत्र





Leave a comment

Your email address will not be published.


*